ad ad

फोटोफिचर


भाडा बढाउन माग गर्दै सडकमा बस र ट्याक्सीको जुलुस (फोटो फिचर)


सुजन श्रेष्ठ
साउन ७, २०७८ बिहिबार १३:१८,

सार्वजनिक यातायात व्यवसायी भाडा बढाउन माग गर्दै विरोधमा उत्रिएका छन्।  सार्वजनिक यातायात केन्द्रीय महासंघको आयोजनामा व्यवसायीले डिजेल, मूल्यवृद्धि, महँगी बढ्दा पनि भाडा नबढेको भन्दै आन्दोलनमा उत्रिएका हुन्। 

२० वर्षे पुराना गाडीलाई केही समय चल्न दिनुपर्ने, सडक ऐन जारी गर्नुपर्ने, मौद्रिक नीतिमा महामारीमा प्रभावित भएका सार्वजनिक यातायात क्षेत्रलाई राहतको व्यवस्था गर्नुपर्नेलगायतका माग रहेको महासंघले जनाएको छ। 

सार्वजनिक बस र ट्याक्सी व्यवसायीले विभिन्न स्थानबाट ¥याली निकालेका हुन्।  आन्दोलनको कारण काठमाडौं उपत्यकास्थित चक्रपथ हुँदै चल्ने सवारीसाधनको आवागमन बढी प्रभावित भएको छ । 

ट्राफिक प्रहरीका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले यातायात व्यवसायी  एकान्त कुनामा जम्मा भएको जानकारी दिएका छन्। ‘चक्रपथका विभिन्न ठाउँबाट र्‍याली निकालेर एकान्तकुनामा जम्मा भएका छन्’, एसपी दासले भने, ‘अब यातायात अवरोध विस्तारै हट्दै गएको छ।’

यातायात व्यवसायी राष्ट्रिय महासंघले भने आफूहरुले आन्दोलन नगरेको जनाएको छ। महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले भने, ‘यो आफूखुसी भएको आन्दोलन हो, महासंघको संस्थागत संलग्नता छैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .