धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुधारको माग राख्दै नागरिक अगुवाहरुले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन्।
प्रतिष्ठानका चिकित्सक, विद्यार्थी एवं कर्मचारीहरूले विगत २५ दिनदेखि जारी राखेको आन्दोलनको समर्थनमा नागरिक अगुवाहरुले प्रदर्शन गरेका हुन्।
नागरिक समाजका अभियान्ताहरुले सरकारले प्रतिष्ठान डुबाउने काम गरेको, नातावाद तथा कृपावादपूर्ण नियुक्ति बदर गरिनुपर्ने लगायत नारासहितका प्लेकार्ड बोक्नुका साथै कविता बाचन गरेका थिए।
3
Shares
प्रतिक्रिया