ad ad

फोटोफिचर


एन्फा कम्प्लेक्स मैदानमा फुटबल खेलाडीको प्रशिक्षण (फोटो फिचर)


सुजन श्रेष्ठ
असार २३, २०७८ बुधबार २०:२३,

साफ च्याम्पियनसिप तथा एएफसी एशियन कप क्वालिफायरका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली यतिबेला बन्द प्रशिक्षणमा व्यस्त छ। 

राष्ट्रिय टोलीले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सका मैदानमा प्रशिक्षण सुरु गरेको हो। राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रारम्भिक टोलीमा ५० जना खेलाडीलाई डाकेका छन्।

फिफा विश्वकप तथा एशियन कप छनोटमा बोलाइएका खेलाडीमा थप गर्दै अलमुताइरीले टोली घोषणा गरेका हुन्। मुख्य प्रशिक्षक अलमुताइरीले नेपाल सुपर लिग (एनएसएल) मा गरेको प्रशिक्षणलाई आधार मान्दै खेलाडी थपेका हुन्। 
गत बिहीबारबाट प्रशिक्षण सुरु गर्ने भनेपनि खेलाडीसहित १९ पदाधिकारीमा कोरोना सक्रमण पुष्टि भएपछि एक साताका लागि प्रशिक्षण स्थगित भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको थियो। तर त्यसको भोलिपल्ट नै रिपोर्ट नेगेटिभ आएपछि सूचना दिएभन्दा अगाडि नै टोलीले प्रशिक्षण सुरु गरेको हो।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .