नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध काठमाडौंको त्रिचन्द्र कलेज अघि मसाल जुलुश प्रदर्शन गरेको छ।
त्रिचन्द्र कलेजबाट मसाल लिएर बाहिर निस्कने क्रममा प्रहरी र विद्यार्थीहरुबीच सामान्य झडपसमेत भएको थियो। त्यसक्रममा प्रहरीले केही विद्यार्थी नेताहरुलाई नियन्त्रणमा लिएको छ।
संसद विघटनलगायत सरकारका असंवैधानिक कदमको विरोध गर्दै नेविसंघलगायत विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गर्दै आइरहेका छन्।
आजै पाँच विद्यार्थी संगठनले राजधानीमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेका थिए।
15
Shares
प्रतिक्रिया