विचार


बालेनले काठमाडौंमा के गर्न सक्छन्? पूर्वाधारविद सूर्यराजका ४ ‘टिप्स’

बालेनले काठमाडौंमा के गर्न सक्छन्? पूर्वाधारविद सूर्यराजका ४ ‘टिप्स’

फाइल फोटो


डा. सूर्यराज आचार्य
जेठ ११ , काठमाडौँ

जापानमा उच्च शिक्षा अध्ययन गरेका डा. सूर्यराज आचार्य नेपालका चिरपरिचित पूर्वाधारविद् हुन्। काठमाडौं उपत्यकालाई कस्तो बनाउने भन्नेबारे डा. आचार्यसँग प्रष्ट दृष्टिकोण छ। यसबारे उनले लेख्दै र बोल्दै आइरहेका छन्।

इञ्जिनियरिङ पृष्ठभूमिका बालेन शाहले काठमाडौं महानगरपालिकाको नेतृत्व सम्हाल्ने पक्कापक्की जस्तै देखिएको छ। यसै सन्दर्भमा हामीले डा. आचार्यसँग बालेन शाहलाई दिने तपाईंका सुझाव के छन् भनेर सोधेका छौँ।

नेपालखबरले पूर्वाधारविद डा. आचार्यसँग कुराकानी गरेर तयार पारेको सामग्री जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिएको छ।   

बालेन शाहले मेयरका रुपमा गर्नुपर्ने कामहरु :

बालेनजीले भनेको जस्तो ‘महानगरमा विकास भइसक्यो, अब व्यवस्थापन’ मात्र भन्ने अवस्था अलि होइन। त्यो स्टेटमेन्ट उहाँको मिल्ने खालको पनि देखिँदैन।

विकास र निर्माणको कुरा एकपटक बनाएपछि सधैँलाई अजम्मरी भन्ने हुँदैन। त्यसको एउटा सीमित आयु हुन्छ। काठमाडौंको असन इन्द्रचोकमा नयाँ बिल्डिङ बनिरहेका हुन्छन्, त्यसलाई कसरी व्यवस्थित गरेर शहरीकरणको ढाँचामा कसरी ढाल्ने? भन्ने मुख्य विषय हुन्छ।

काठमाडौं उपत्यकाको यातायातका लागि नागरिकका तर्फबाट नेटवर्क बनाउने काम बालेन साहले गर्नुपर्छ। मेट्रो रेलको कुरा सधैं आउने गर्छ। हिजोमात्र नीति तथा कार्यक्रममा पनि आएको छ। हरेक वर्ष डीपीआर भएर त्यो छाड्ने गरिन्छ। त्यसलाई नागरिकका तर्फबाट केन्द्रीय सरकारलाई दबाव र चासो दिने काम मेयरका रुपमा उहाँले गर्नुपर्छ।

पहिलो, प्रशासनिक सेवाको कार्यविधिमा सुधार
महानगरपालिका अन्तर्गतका वडाबाट नगरवासीलाई प्रवाह हुने सेवामा विशेष ध्यान दिनुपर्छ। जस्तो कि– नक्सापास, नामसारी लगायतका विभिन्न सिफारिसहरू हुन्छन्, ती सेवालाई सहज र सुलभ बनाउने काम पहिलो हुनुपर्छ। पहिलो त, हाम्रो पारम्परिक ब्युरोक्र्याटिक कल्चर भनेको चाँहि जनतालाई सेवा दिनेभन्दा पनि शासन गर्ने फिलोसफीबाट मिश्रित भएका कार्यविधि छन्।

वडा पनि जानुपर्ने, नगरपालिका पनि जानुपर्ने, सिफारिस चाहिने, बैंकको भौचर आवश्यक पर्ने लगायतका धेरै लफडाहरु छन्। त्यसलाई नै सुधार गरेर सरलीकृत र जनतालाई कमभन्दा कम झन्झट हुने गरेर समीक्षा गर्दै सेवाप्रवाहमा सुधार गर्न सकिन्छ।

सँगसँगै आइटीको प्रयोगमा विशेष ध्यान दिनुपर्छ। सूचना प्रविधिको प्रयोगबाट अझ उल्लेख्य रुपमा सुधार गर्न सकिन्छ। अहिले कतिपय कुराहरु, जस्तो कि– डिजिटल हस्ताक्षर, डिजिटल प्रक्रियाबाट नै प्रमाणीकरण हुने प्रविधि मिलाएर अघि बढ्नुपर्छ।

काठमाडौं भनेको क्यापिटल सिटी हो। यहाँका सिटीले पाउने मेयर आफैंमा इन्जिनियरसमेत हुनुहुन्छ। उहाँले लागू गरेका सेवा प्रवाहका कार्यविधिबाट अरु नगरपालिका र केन्द्रीय सरकारले पनि सिकोस् भन्नेमा ध्यान दिनुपर्छ।

डिजिटाइलेजसनलाई आइटीको प्रवाहबाट सेवा प्रवाहमा सुधार गर्नुपर्छ।

दोस्रो, भौतिक तथा सामाजिक पूर्वाधारको व्यवस्थापनमा सुधार
महानगरपालिकाभित्रका पूर्वाधार र खानेपानी, सडक, पार्क, हरियाली, मठ मन्दिर, पुरातात्विक विभागका धरोहर, लाइब्रेरी, शिक्षा, स्वास्थ्य लगायतका कुराहरुमा अहिले जे भइरहेको छ, त्योभन्दा फरक सोच्नुपर्छ। मेयरको तहबाट त्यसलाई समन्वय गरेर सुधार गर्न सकिन्छ। यसमा केही गृहकार्य गरेर, विज्ञहरुको सुझाव लिएर अघि बढ्नुपर्छ।

उदाहरणका लागि–हाम्रा बाटाघाटाहरुमा जुन खाल्डा छन्, जसलाई अहिले चारवटा एजेन्सीले हेर्छन्। सडक विभाग, सहरी विकास विभाग, काठमाडौं विकास प्राधिकरण र नगरपालिका। वडापालिकाले कुनै २ किलोमिटर नमुना सडक बनाएर ती सडकहरूको फुटपाथ पनि सफा, बाटोघाटो चिल्ला र बर्खामा पानी पर्दा समस्या नहुने गरी २ किलोमिटर मात्र बाटो बनाइदिएको खण्डमा सफल भइन्छ। उहाँ (बालेन) आफैंमा इन्जिनियर पनि हुनुहुन्छ, त्यति गर्यो भने त्यसैमा वाही! वाही! हुन्छ। नारायण चौरमा एउटा पार्क बन्दा सबैले वा!वा! पाएका थिए।

सहरी विकासको सन्दर्भमा मठ मन्दिर, पार्क लगायतका क्षेत्रमा उल्लेख्य सुधार गर्न सक्ने ठाउँ छन्। त्यसमा केही लगानीको पनि आवश्यक पर्न सक्छ। अहिले लाजिम्पाटको बाटो हिँड्दा त्यहाँ फुटपाथमा सिँढी देखिन्छन्। यो कुरा कुनै सामान्य विदेशीले हेर्दा पनि यो देश कति धेरै अव्यवस्थित रहेछ भनेर प्रश्न उठाउँछ।

हामी वैदेशिक लगानी आउने भनेर विभिन्न सेमिनार गर्छौं, त्यो लगानीकर्ता होटलबाट बाहिर निस्कँदा फुटपाथमा सिँढी देख्दा यो देश कानुनबाट चल्ने देश होइन रहेछ भन्छन्।

हेर्दा सामान्य भए पनि यस्ता कुराहरु अत्यन्तै प्राथमिकताका साथ हेर्नुपर्ने कुराहरु हुन्।

तेस्रो, पूर्वाधारको सुधार र बनेका संरचनालाई व्यवस्थित शहरीकरणमा ढाल्ने
काठमाडौं महानगरपालिकाको सम्पूर्ण भूगोल हेर्ने हो भने नयाँ विकास वा शहरीकरण भएका ठाउँ छैनन्। नयाँ विस्तार भएका ठाउँहरु महानगरको क्षेत्रभित्र पर्दैन। यसमा व्यवस्थित शहरीकरणको कुरालाई उनले मुख्य ध्यान दिनुपर्छ।

एउटा, जुन वर्षाको पानी निकासको कुरा छ, हाम्रो महानगरलाई हेर्दा पूर्वाधारको पुनः अध्ययन गरेर योजना बनाउनुपर्ने देखिन्छ। व्यवस्थित शहरीकरणका लागि अर्को भनेको ‘हाउस कुलिङ’ वा ‘अर्बन रिजेनेरेशन’ पनि भनिन्छ। त्यो भनेको व्यवस्थित शहरीकरणको योजना हो।

सुरुमै व्यवस्थित सहर बनेको भए त्यहाँ सजिलो हुन्थ्यो। हाम्रो काठमाडौंमा भने निर्माण भइसकेका अधिकांश सहरमा बनेका भवनहरूको आयु सकिएको अवस्था छ। ती भवन भत्काएर नयाँ बनाउने बेलामा ‘अर्बन रि जेनेरेशन’ को मौका हुन्छ।

जस्तो– अहिले बानेश्वरमा हेर्ने हो भने अधिकांश भवनहरु चार आना, पाँच आना वा एक रोपनीसम्मको जग्गामा बनेका छन्। त्यसमा दुईवटा, तीन वटासम्म घर बनेका छन्। लगभग ती घरहरु ४०/५० वर्ष पुराना पनि भइसकेका छन्।

बानेश्वरको घर जग्गा किन्दा घरको पैसा तिर्न नपर्ने जस्तो भएको छ। यो अवस्था भनेको सहरी विकासका हिसाबले हस्तक्षेप गर्न मिल्ने परिस्थिति हो। त्यस्तोलाई महानगरपालिकाले ‘ल्याण्ड पुलिङ’ गरेर ४०/५० रोपनी जग्गाको दायरा बनाई निजी क्षेत्रलाई बस्ती विस्तार गर्ने जिम्मा दिनुपर्छ। त्यहाँ राम्रा अपार्टमेन्ट बिल्डिङ बनाउनुपर्छ। त्यहाँ कमर्सियल बिल्डिङका लागि ‘अर्बन रि जेनेरेशन’लाई कसरी व्यवस्थित गर्ने? त्यसमा महानगरको चासो हुनुपर्छ।

किनभने, नयाँ विकासको कुरा चाँहि छैन, पुराना कुरालाई मात्र हेरेर हुँदैन।

चौथो, शहरको सौन्दर्यीकरण
काठमाडौंमा बन्ने विकासलगायतका अधिकांश काम संघीय सरकारबाट हुन्छ। जस्तो कि– यातायात व्यवस्थापनको कुरा एउटा विषय बन्छ।

काठमाडौंमा राति चल्ने रेस्टुरेन्टहरुलाई आवश्यक हुने ट्याक्सी वा बस सेवाको आधारभूत कुराहरु हुन्छन्। यातायातको कुरा संघीय सरकारले हेर्छ। ती सेवाहरु व्यवस्थापन गर्नका लागि मेयरको रुपमा नगरवासीको तर्फबाट लविङ गर्नुपर्छ।

त्यस्तै, इन्टरनेटको विषय काठमाडौंमा कमसल छ। कुनै विकसित सहरको भन्दा पनि महंगो तर सर्भिस क्वालिटी भने छैन। त्यसका लागि दुरसंचार प्राधिकरण नियमनकारी संस्था छ। त्यहाँ नियमन हुने हो भने अर्बौंको रकम इन्टरनेट कम्पनीहरुलाई जरिवाना हुनुपथ्र्यो। त्यो भएको छैन।

इन्टरनेटका तारहरुका कारण सहरको सौन्दर्यमा देखिएको ह्रासलाई व्यवस्थित बनाउनुपर्छ। फाइबर अप्टिकबारे बेसिक इन्जिनियरिङ समेत भएको छैन। ती कुराहरु राजधानीका नागरिकको तर्फबाट मेयरले लविङ गर्ने काम गर्नुपर्छ।

महिनाको एकचोटि दुरसंचार प्राधिकरणको मान्छेलाई भेटेर काठमाडौंमा दिने इन्टरनेटको अवस्था कस्तो छ भनेर दबाव दिइसकेपछि धेरै समस्या समाधान हुन सक्छन्। 

नेपालखबरकर्मी रुपक चौलागाईंले गरेको कुराकानीमा आधारित

जेठ ११, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad