चीनले २०२० सम्ममा बेइडु नेटवर्कमार्फत स्याटेलाइट नेभिगेसन सेवा दिने



चीनले सन् २०२० सम्ममा विश्वव्यापी स्याटेलाइट नेभिगेसन सेवा पनि दिने घोषणा गरेको छ। यसका लागि उसले ३५ ओटा स्याटेलाइटको बेइडु नेटवर्क बनाउने घोषणा गरेको छ। ‘स्टेट काउन्सिल इन्फरमेसन’ले मंगलबार जारी गरेको श्वेतपत्रमा चीनले अन्तरीक्षसम्बन्धी महत्वकांक्षी कार्यक्रम घोषणा गरेको हो।

बेइडु नेटवर्कमार्फत सिल्क रोड इकोनोमिक बेल्टका देशहरुलाई आधारभूत सेवा उपलब्ध गराउने योजना चीनले बनाएको छ। उसले बेइडु २ को क्षमतामा निरन्तर अभिवृद्धि गर्ने पनि जनाएको छ।

त्यसैगरी चीनले चन्द्रमाको सतहमा देखिने अँध्यारो पाटोमा ‘सफ्ट ल्यान्डिङ’ गर्ने पहिलो देश बन्ने योजना अघि सारेको छ। उसले सन् २०१८ सम्ममा चन्द्र अन्वेषण परियोजना प्रक्षेपण गर्ने जनाएको हो। चीनले चन्द्रमामा अनुसन्धान गर्ने परियोजनालाई ५ वर्ष निरन्तरता दिने र विभिन्न नमुना संकलन गर्ने ‘२०१६ मा चीनको अन्तरीक्ष क्रियाकलाप’नामक श्वेतपत्रमा जनाइएको छ। चीनले चन्द्रमामा यसअघि नै रोभर उतारिसकेको छ।

चीनले सन् २०२० सम्ममा आफ्नो पहिलो मंगल अन्वेषण परियोजना सुरु गर्ने बताएको छ। ‘मंगल ग्रहको परिक्रमा, अवतरण र अन्वेषणका लागि आवश्यक प्रविधिलाई बुझ्ने र आफ्नो पहिलो मंगल अन्वेषण अभियानलाई कार्यरुप दिने सोचमा छ,’ श्वेतपत्रमा भनिएको छ।

त्यसैगरी चीनले सन् २०२२ सम्ममा स्थायी अन्तरीक्ष स्टेसन बनाउने योजना पनि बनाएको छ। एजेन्सी

प्रकाशित १२ पुस २०७३, मंगलबार | 2016-12-27 17:15:03

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • मधेसका कांग्रेसी

    राजधानीमा आयोजित प्रदेश नम्बर दुईको कांग्रेस भेलामा देखिएका अनुहार। भेलामा ८ जिल्लाका सभापति, सांसद र केन्द्रीय सदस्य लगायतका अगुवाहरु सहभागी छन्।

  • ‘दोक्लमबाट भारतीय र चिनियाँ सेना फर्किनु पर्छ’

    दोक्लम क्षेत्रमा झैँ आफूखुसी त्रिदेशीय सीमाको तथ्य बदल्ने अनुमति हामी चीनलाई दिन सक्दैनौँ। चीनलाई डोको लाबाट भुटानी सेनाको क्याम्प रहेको...

  • देउवा र पौडेल ( फाइल तस्विर )

    देउवाले भनेः पार्टीभित्रका अन्तर्घातीहरुलाई निकालिन्छ

    देउवाले अन्तर्घात गर्नेलाई पार्टीबाट निष्कासित गर्ने बताउँदै भने, ‘पहिलो र दोश्रो चरणको निर्वाचनमा पार्टीभित्र ठूलो अन्तर्घात भएको छ, अन्तर्घातीलाई...

  • निर्वाचन आयोग

    यस्तो छ प्रदेश नं. २ को निर्वाचन कार्यतालिका

    निर्वाचन आयोगले प्रदेश नम्बर २ को निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। बिहीबार आयोगले एक विज्ञप्ति प्रकाशित गर्दै आगामी असोज २ गते हुने...