भक्तपुरमा विज्ञान प्रदर्शनी



सिवर्ड इन्टरनेसनल उच्च मावि एवम् कलेज ठिमी भक्तपुरले आफ्नो १५ औँ स्थापना दिवसमा तेस्रो जिल्लाव्यापी अन्तर विद्यालयस्तरीय विज्ञान प्रदर्शनी सम्पन्न गरेको छ। जिल्लाका १६ वटा विद्यालय सहभागी भएका सो प्रदर्शनीमा गणेश मावि प्रथम, सुप्रिम उच्च मावि द्वितीय र ‘एजे’ सेकेन्डरी स्कुल तृतीय भएका छन्।

सो अवसरमा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)का उपकुलपति प्राडा जीवराज पोखरेलले प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु सात हजार, रु पाँच हजार र रु तीन हजार नगदसहित पदक र सिल्ड प्रदान गरे।

त्रिवि विज्ञान सङ्कायका पूर्वडीन तथा कलेजका सल्लाहकार प्राडा डिल्लीदेवी शाक्य र नास्टका वैज्ञानिक पवनकुमार न्यौपानले विज्ञान प्रदर्शनीले विज्ञानलाई स्थापित गर्न सहयोग पुग्ने बताए।

उच्च माध्यमिक विद्यालय सङ्घ (हिसान)का अध्यक्ष एवम् कलेजका निवर्तमान अध्यक्ष शिवकृष्ण श्रेष्ठले विद्यार्थीले भौतिक, जीव र रसायन विज्ञानसंग सम्बन्धीत पक्षको प्रदर्शनी गरिएको बताए।

कलेज सञ्चालक समितिका उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कलेजका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले वरिष्ठ फोटोग्राफर तथा क्यामेरा विशेषज्ञ मदनबाबु बज्राचार्यलाई सम्मान गरे। रासस

प्रकाशित ११ पुस २०७३, सोमबार | 2016-12-26 08:54:10

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • मधेसका कांग्रेसी

    राजधानीमा आयोजित प्रदेश नम्बर दुईको कांग्रेस भेलामा देखिएका अनुहार। भेलामा ८ जिल्लाका सभापति, सांसद र केन्द्रीय सदस्य लगायतका अगुवाहरु सहभागी छन्।

  • ‘दोक्लमबाट भारतीय र चिनियाँ सेना फर्किनु पर्छ’

    दोक्लम क्षेत्रमा झैँ आफूखुसी त्रिदेशीय सीमाको तथ्य बदल्ने अनुमति हामी चीनलाई दिन सक्दैनौँ। चीनलाई डोको लाबाट भुटानी सेनाको क्याम्प रहेको...

  • देउवा र पौडेल ( फाइल तस्विर )

    देउवाले भनेः पार्टीभित्रका अन्तर्घातीहरुलाई निकालिन्छ

    देउवाले अन्तर्घात गर्नेलाई पार्टीबाट निष्कासित गर्ने बताउँदै भने, ‘पहिलो र दोश्रो चरणको निर्वाचनमा पार्टीभित्र ठूलो अन्तर्घात भएको छ, अन्तर्घातीलाई...

  • निर्वाचन आयोग

    यस्तो छ प्रदेश नं. २ को निर्वाचन कार्यतालिका

    निर्वाचन आयोगले प्रदेश नम्बर २ को निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। बिहीबार आयोगले एक विज्ञप्ति प्रकाशित गर्दै आगामी असोज २ गते हुने...