फिल्मदेखि पर्यटनसम्म उपयोगी ड्रोन अब नेपालमै



डिजेआइले ग्राहकलाई अब नेपालमै ड्रोन खरिद गर्न सक्ने सुविधा दिने भएको छ। नेपालका लागि कम्पनीको आधिकारिक विक्रेता ओलिज स्टोरले मङ्गलबार एक कार्यक्रमका बीच ड्रोनलगायत ओस्मो मोबाइल, ओस्मो प्लस लगायतका इलेक्ट्रोनिक सामान सार्वजनिक गरेको हो।

ओस्मो मोबाइल, ओस्मो प्लस मोसन विथ जुम क्यामरा, क्यामरा स्ट्यान्ड पनि सार्वजनिक गरेको छ। ओस्मो मोबाइलको मूल्य चाहिँ २ सय ९९ अमेरिकी डलर पर्छ। त्यस्तै ओस्मो प्लस मोसन विथ जुम क्यामराको बजार मूल्य ६ सय ४९ अमेरिकी डलर रहेको छ।
कार्यक्रममा सार्वजनिक ड्रोनको फ्यान्तम–४ मोडलको ९ सय ९९ अमेरिकी डलर पर्छ भने फ्यान्तम– ४ प्रो मोडलको १ हजार ४ सय ९९ डलर रहेको छ।

यो ड्रोनले भिडियो, सिनेमा, पर्यटनलगायतका क्षेत्रमा उपयोगी हुने जनाइएको छ। नायक जीवन लुइँटे्ल र नायिका वर्षा सिवाकोटीसमेतको उपस्थितिमा सार्वजनिक गरिएको ड्रोन र अन्य सामग्रीबारे ब्लगर सिजन बानियाले जानकारी दिएका थिए। उनले ड्रोनको उपयोग गरी बाढी पहिरो तथा भूकम्पजस्ता प्राकृतिक विपदमा समेत महत्वपूर्ण सूचना सङकलन गर्न सकिने बताए।

सिनेमाको गुणस्तर वृद्धिमा प्रविधिको विशेष महत्व हुने भन्दै लुइँटेलले यस्ता प्रविधि नेपालमा भित्रिनु ठूलो उपलब्धी भएको बताए। उनले एउटा ओस्मो बुकसमेत गरे। 

सिवाकोटीले फिल्म सुटिङ गर्दा कतिपय जटि ठाउँमा काम गर्नै समस्या पर्ने अनुभव साटिन्। प्राविधिक समस्याकै कारण कतिपय बेला अभिनयमा समेत बाधा सिर्जना हुने भन्दै उनले नयाँ प्रविधिले कलाकारलाई समेत राहत दिने बताइन्।
कार्यक्रममा ड्रोनको प्रयोग सार्वजनिक संवेदनशील भएकाले सेना प्रहरी, विमानस्थल, धार्मिक तथा सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्रमा ड्रोन प्रयोग गर्न नपाइने जानकारी समेत गराइयो।

प्रकाशित २८ मंसिर २०७३, मंगलबार | 2016-12-13 23:39:14

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • मधेसका कांग्रेसी

    राजधानीमा आयोजित प्रदेश नम्बर दुईको कांग्रेस भेलामा देखिएका अनुहार। भेलामा ८ जिल्लाका सभापति, सांसद र केन्द्रीय सदस्य लगायतका अगुवाहरु सहभागी छन्।

  • ‘दोक्लमबाट भारतीय र चिनियाँ सेना फर्किनु पर्छ’

    दोक्लम क्षेत्रमा झैँ आफूखुसी त्रिदेशीय सीमाको तथ्य बदल्ने अनुमति हामी चीनलाई दिन सक्दैनौँ। चीनलाई डोको लाबाट भुटानी सेनाको क्याम्प रहेको...

  • देउवा र पौडेल ( फाइल तस्विर )

    देउवाले भनेः पार्टीभित्रका अन्तर्घातीहरुलाई निकालिन्छ

    देउवाले अन्तर्घात गर्नेलाई पार्टीबाट निष्कासित गर्ने बताउँदै भने, ‘पहिलो र दोश्रो चरणको निर्वाचनमा पार्टीभित्र ठूलो अन्तर्घात भएको छ, अन्तर्घातीलाई...

  • निर्वाचन आयोग

    यस्तो छ प्रदेश नं. २ को निर्वाचन कार्यतालिका

    निर्वाचन आयोगले प्रदेश नम्बर २ को निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। बिहीबार आयोगले एक विज्ञप्ति प्रकाशित गर्दै आगामी असोज २ गते हुने...