Max TV
Max TV

हुवावेले सार्वजनिक गर्‍यो एआईमा आधारित डाटाबेस र फ्युजनस्टोरेज



...

चर्चित स्मार्टफोन निर्माता तथा दूरसञ्चार सामग्री उत्पादक कम्पनी हुवावेले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित डाटाबेस गुआस–डीबी र उच्च प्रस्तुति दिनसक्ने स्टोरेज फ्युजनस्टोरेज ८.० चीनको राजधानी बेइजिङमा सार्वजनिक गरेको छ।

डाटा पूर्वाधारलाई पुर्नपरिभाषित गर्न डाटा र इन्टेलिजेन्सलाई समाहित गरिएको कम्पनीले जनाएको छ।

सार्वजनिक कार्यक्रममा बोल्दै हुवावेको बोर्ड कार्यकारी निर्देशक डेभिड वांगले मानव समुदाय कृत्रिम प्रतिभाको संसारमा प्रवेश गरेको बताए। उनले पछिल्लो समय नयाँ उत्पादनशीलताको तथ्य नै डाटा भएको बताए।

कम्पनीको डाटाबेस टेलिकम सेवाप्रदायक, सरकारी र समग्र वित्तीय क्षेत्रको महत्वपूर्ण पूर्वाधार हुने पनि उनले बताएका थिए। आईसीटी पूर्वाधार र स्मार्ट डिभाइसमा हुवावे अग्रणी कम्पनी हो।

एआईको क्षेत्रमा कम्पनीले लगानी बढाइरहेको छ। एआईमा आधारित डाटाबेस गुआसडीबीले कम्पनीको क्लाउड क्षमतामा अभिवृद्धि गर्ने जनाएको छ।

कार्यक्रममा वांगले भने,‘एक्स८६, एआरएम, जीपीयू तथा एनपीयू जस्ता कम्प्युटिंग सिस्टममा पनि डाटाबेस गुआस–डीबी र फ्युजनस्टोरेज ८.० महत्वपूर्ण हुनेछ।’

हुवावेका अनुसार एआईमा आधारित डाटाबेस गुआस–डीबीले एआईका पुरा सामथ्र्यलाई समाहित गर्नेछ। यसबाट सेल्फ–ट्यूनिङ एल्गोरिदमको सुविधा मिल्नेछ। जसले अनलाईन कार्यहरु गर्नका लागि सजिलो अवस्थाको निर्माण गर्नेछ।

गुआस–डीबी र फ्युजनस्टोरेज ८.० वर्तमान विश्वमा निकै फलदायी छन्। जसरी गुआस–डीबीले एआईको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्नेछ। फ्युजन स्टोरेजले एआईलाई नै सहयोग हुनेगरी हाइपर्फमेन्समा सहयोग प्रदान गर्नेछ।

यसबाट वित्तीय क्षेत्र, शिक्षा, विभिन्न उद्योगहरुले फाइदा लिन सक्नेछन्। किनभने यसमा हाइपर्फमेन्स डाटा प्रदान गरिएको छ। जसले डिजिटल कार्य सम्पादन चाँडो हुनेछ।

यसमा ३ नयाँ फिचर प्रदान गरिएको छ। पहिलो यसले १ मिलिसेकेन्डमै धेरै कार्य गर्ने क्षमता राख्दछ।

दोस्रो एकै स्टोरेज प्रणालीमा सारा डाटा प्रणालीलाई व्यवस्थापन गर्दछ। तेस्रो यसले जोखिमको पूर्व जानकारी गराउँदछ।

प्रकाशित २ जेठ २०७६, बिहिबार | 2019-05-16 13:03:05
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...