Max TV
Max TV

विदेशी प्रविधि कम्पनी प्रतिबन्ध गर्न ट्रम्पको निर्देशन, निशानामा हुवावे



ट्रम्प
ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी प्रविधि कम्पनीलाई अमेरिकामा प्रतिबन्ध गर्न निर्देशन दिएका छन्।

कम्पनीहरु जो अमेरिकी सुरक्षाका लागि खतराको रुपमा हेरिएका छन्। त्यस्ता कम्पनीलाई राष्ट्रपति ट्रम्पले अमेरिकामा प्रतिबन्ध गरिनुपर्ने पत्रमा हस्ताक्षर गरेका छन्।

ह्वाइट हाउसले जारी गरेको एक वक्तव्यका अनुसार ट्रम्पको आदेशले ूसक्रिय र बढ्दो रूपमा सूचना प्रविधि पूर्वाधार र सेवाको क्षेत्रमा रहेका कमीकमजोरीहरूको फाइदा उठाउने विदेशी प्रतिद्वन्द्वीहरूको प्रभावबाट अमेरिकालाई बचाउनेू उद्देश्य लिएको जनाइएको छ।

ट्रम्पले सो क्रममा सूचना प्रविधिलाई लिएर अमेरिकामा संकटकालको घोषणा भएको समेत बताए। ट्रम्पको कार्यकारी निर्देशनमा कुनै कम्पनीको नाम नखुलाईए पनि यो संभवत चिनियाँ कम्पनी हुवावेलाई लक्षित गरिएको जनाइएको छ।

हुवावेले यसअघि हुवावेका सामाग्री अमेरिकामा प्रतिबन्ध भए यसले अमेरिकी कम्पनी र उपभोक्तालाई घाटा पुग्ने बताएको थियो।

Related image

अमेरिकाले यस वर्षको सुरुवातदेखि हुवावेका सामाग्री चीनको जासुसीको माध्यम भएको बताउँदै आएको छ। जुन हुवावेले अस्वीकार गर्दै आएको छ।

अमेरिका हुवावेको फाइभ जी नेटवर्कलाई कसैले प्रयोग गर्न नहुने पक्षमा उभिएको छ। हुवावे अमेरिकामा प्रतिबन्ध गरिने कम्पनीको सूचीमा पहिल्यैदेखि भएको बताइएको छ।

विदेशी प्रविधि कम्पनीलाई अमेरिकामा प्रतिबन्ध गर्ने निर्णयले अमेरिका र चीनबीच जारी व्यापार युद्ध झनै उत्कर्षमा पुग्ने खतरा बढेको छ।

गतवर्षदेखि जारी व्यापार युद्धमा चिनियाँ कम्पनी हुवावे अमेरिकाको निशानमा पर्दै आएको छ। एजेन्सी

प्रकाशित २ जेठ २०७६, बिहिबार | 2019-05-16 12:40:53
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...