Max TV
Max TV

हुवावेसँगको सहकार्यबारे सूचना चुहाएको आरोपमा वेलायती रक्षामन्त्री बर्खास्त



विलियमसन
विलियमसन

वेलायत सरकारले रक्षामन्त्री गाभिन विलियमसनलाई पदबाट बर्खास्त गरेको छ।

राष्ट्रिय सुरुक्षा परिषद्को सूचना चुहाएको आरोपमा उनलाई पदबाट हटाइएको हो।

अमेरिकाद्वारा प्रतिबन्धित प्रविधि कम्पनी हुवावेसँग सहकार्य गरेर वेलायतमा फाइभजी नेटवर्क स्थापना गर्ने योजनाहरु विलियमसनले चुहाएको उनीमाथि आरोप लागेको छ।

महत्वपूर्ण सूचना खुलाएपछि रक्षामन्त्रीले सरकारको विश्वास गुमाएको जनाइएको छ। प्रधानमन्त्री टेरिजा मेले उनले सूचना चुहाएको प्रमाण भएको जनाएका छन्।

पदबाट बर्खास्त भएका विलियमसनले भने आफूले हुवावेसँग सम्बन्धित कुनै सूचना नचुहाएको बताएका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार अब पेनी मोर्डन्टले रक्षामन्त्रीको भूमिका निर्वाह गर्नेछन्।

प्रधानमन्त्री टेरिजा मेको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्ले विवादित मानिएको चिनियाँ प्रविधि कम्पनीलाई वेलायतमा सहकार्यको स्थान दिन कि नदिने भन्नेबारे छलफलहरु गरेको थियो।

सरकारले देशमा फाइभजी नेटवर्क स्थापना गर्ने विषयमा हुवावेसँग पछिल्लोपटक लचकता अपनाएको थियो। सोही समयमा यस योजनाहरु चुहिएको खबर आएको हो।

हुवावेका प्राविधिक सामाग्रीहरु चीनको जासुसीको माध्यम भएको आरोपहरु लागेका छन्।

विशेषगरी अमेरिकाले हुवावेको सामाग्रीहरु प्रतिबन्ध गर्न सबै देशलाई आग्रह गरेको छ।

अमेरिकी आग्रहमा हाल हुवावेकी वित्त प्रमुख मेङ्ग वान्जु क्यानडामा पक्राउ परेकी छन्।

हुवावेले पछिल्लो पुस्ताको सबैभन्दा अत्याधुनिक फाइभजी नेटवर्क प्रविधिको विकास गरेको छ।

विश्लेषकरुले अमेरिकाले हुवावेको प्रविधि कमजोर बनाउन यस खेल खेलेको आरोप लगाउने गरेका छन्।

पछिल्लो समय विभिन्न देशले हुवावेलाई बहिस्कार गरिरहँदा वेलायतले हुवावेलाई स्वीकार गर्ने संकेत गरेको छ। एजेन्सी

प्रकाशित १९ बैशाख २०७६, बिहिबार | 2019-05-02 13:05:17
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...