Max TV
Max TV

भूउपग्रह सञ्चार गर्न ग्राउन्ड स्टेशन बनाउँदै नास्ट (भिडियाे)



नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–वान’। तस्विर: बर्डस् परियोजना
नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–वान’। तस्विर: बर्डस् परियोजना

नेपालको पहिलो नानो स्याटलाइट ‘नेपाली स्याट वान’को प्रक्षेपणको मिति र समय तोकिएसँगै नेपाल विज्ञान तथा प्राविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले ग्राउन्ड स्टेसन निर्माण प्रक्रिया शुरु गरेको छ।

त्यसका लागि सामग्री खरिद गर्न चैत १९ मा २१ दिने बोलपत्र आह्वान गरी प्रक्रिया अघि बढाएको छ।

‘अर्को साता बोलपत्र आवेदनहरु मूल्यांकन गरेर ग्राउण्ड स्टेसन निर्माण साम्रगी आपूर्ति गर्ने कम्पनीको निर्धारण गर्दैछौं,’ नाष्ट प्रवक्ता डा. सुरेश ढुंगेलले भने, ‘सार्वजनिक खरिद ऐनअनुसार सामान खरिद गर्नुपर्ने हुन्छ। अहिले सबै काम योजनाअनुसारै भइरहेको छ। ढिलो हुँदैनौं।’

भूउपग्रहसँग सञ्चार गर्न सक्ने ग्राउण्ड स्टेसन निर्माणका लागि २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ। आफ्नो छुट्टै अन्तरीक्ष कार्यक्रम नभएको देशहरुका लागि भूउपग्रह बनाउन सघाउने जापानको बड्र्स कार्यक्रम अन्तर्गत नेपाली स्याट वान तयार भइसकेको छ। बिहीबार नेपाल स्याट वान अन्तरीक्षमा प्रक्षेपण हुँदैछ।

‘छानिएको कम्पनीले हामीलाई १५ दिनभित्र सामग्री उपलब्ध गराउनेछ,’ ढुंगेलले नेपालखबरसँग भने, ‘सामान आएको २–४ दिनमै ग्राउण्ड स्टेसन बनाउन सक्छौं। अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्र(आइएसएस)बाट स्याटलाइट छाड्ने र हाम्रो ग्राउण्ड स्टेसन निर्माण सम्पन्न हुने समय एकै जस्तो हुनेछ।’

नेपाली समयअनुसार बिहीबार बिहान २ः३१ बजे अमेरिकाको भर्जिनियास्थित वल्लोप्स टापुमा रहेको नासाको प्रक्षेपण केन्द्रबाट नेपाली वान स्याट अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्र (आइएसएस)मा रकेटमार्फत पठाइँदैछ। नेपालसँगै श्रीलंका र जापान भूउपग्रहरु पनि पठाउन लागिएको छ। आइएसएसमा एक महिनाभन्दा बढी समय राखेपछि त्यो अन्तरिक्षमा छोडिनेछ।

जापानले ग्राउन्ड स्टेसन निर्माणका लागि नाष्टका इन्जिनियर रोशन पाण्डेलाई तामिल दिइसकेको छ। उनी एक साता लामो तालिम लिएर माघमै नेपाल फर्केका हुन्।

नास्टले तयार पार्ने ग्राउन्डबाट नेपालसहित बड्र्स कार्यक्रममा जोडिएका विभिन्न देशहरुका नानो भूउपग्रहसँग सञ्चार सम्पर्क स्थापित गर्न सकिनेछ।

 एमेच्योर रेडियोका अपरेटरहरुले समेत ४३७ मेगाहर्जबाट नेपाली स्याट वानका सिंग्नल प्राप्त गर्न सक्ने छन्।

प्रकाशित ३ बैशाख २०७६, मंगलबार | 2019-04-16 21:09:07
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।