Max TV
Max TV

पृथ्वीबाट अन्तरिक्षको भू–उपग्रह खसाउने भारतको कार्य खतरनाकः नासा



क्षेप्यास्त्र
क्षेप्यास्त्र

भारतले गतहप्ता मात्र पृथ्वीबाट अन्तरिक्षमा रहेको भू–उपग्रह खसाउने प्रविधिको विकास गरेको बताएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत हप्ताको बुधबार राष्ट्रको नाममा संवोधन गर्दै भारतले अन्तरीक्षमा रहेको भू–उपग्रह पृथ्वीबाट क्षेप्यास्त्र हानी खसाएको दाबी गरेका थिए।

उनले भारतले एन्टी सेटेलाइट मिसाइलको विकास गरेसँगै भारत अन्तरीक्षमा एक शक्तिशाली राष्ट्र बनेको बताएका थिए।

भारतले भू–उपग्रह खसाएर खुशी मनाइरहँदा नासाले भने चिन्ता व्यक्त गरेको छ। नासाले अन्तरिक्षको भू–उपग्रह खसाउने भारतको कार्यलाई खतरनाक भनेको छ।

नासाका अनुसार भारतले भू–उपग्रहलाई अन्तरिक्षमा ध्वस्त बनाएसँगै त्यसको ४ सय टुक्रा अन्तरिक्षमा छरिएको छ।

Image result for satellite in orbit

जसले अन्तरिक्षयात्रीलाई अप्ठ्यारो बनाउने छ। त्यस टुक्राहरु अन्तर्राष्ट्रिय स्पेस स्टेसन तिर गइरहेको समेत जनाइएको छ।

नासाका अनुसार अन्तरिक्षमा हाल दश सेन्टी–मिटरभन्दा लामो २३ हजार टुक्राहरु छरिएका छन्। तीमध्ये १० हजार अन्तरिक्षमा पहिल्यैदेखि थिए।

३ हजार टुक्राहरु चीनको एन्टी सेटेलाईट टेस्टलेगर्दा छरिएका हुन्। सन् २००७ मा चीनले ५ सय ३० माइल टाढा पृथ्वीबाट अन्तरिक्षको भू–उपग्रह खसाएको थियो।

Image result for space rubbish

नासाले यी कार्यहरु बन्द गरिनुपर्ने बताएको छ। अमेरिका र रुससँग समेत यस प्रविधि छ। यस्तो कार्य अगाडि बढे अन्तरिक्षमा अन्तरिक्षयात्री पठाएर ब्रम्हान्ड र अन्तरिक्षको अनुसन्धान गर्न नसकिने नासाले बताएको छ।

ती टुक्राहरु रकेट दुर्घटनाको कारण बन्नसक्ने जनाइएको छ। द गार्जेन

 

 

प्रकाशित १९ चैत २०७५, मंगलबार | 2019-04-02 12:57:25
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...