नेपाली बजारमा आइफोन ७



.

शुक्रबारदेखि नेपालमा आइफोन ७ र आइफोन ७ प्लसको बिक्री सुरु भएको छ। नेपालमा इभोस्टोरले आइफोन ७ सार्वजनिक गरेको हो।

आजैदेखि बजारमा उपलब्ध हुने आइफोन ७ को मूल्य ९१ हजार रुपैँयादेखि १ लाख १९ हजार रुपैँयासम्म पर्दछ। त्यसैगरी आइफोन ७ प्लसको मूल्य १ लाख ८ हजारदेखि १ लाख ३६ हजार रुपैँयासम्म पर्दछ।

आइफोन ७ किस्ताबन्दीमा समेत किन्न सकिन्छ। किस्तामा किन्नका लागि आइफोनको मूल्यको १२ प्रतिशत सुरुमै बुझाउने र बाँकी एक वर्षभित्र बुझाइसक्नुपर्छ। सार्वजनिक गरिनुअघि प्रिबुकिङको समयमा नेपालमा ७ सय आइफोन बुकिङ भएको जनाइएको छ।

आइफोन ७ र ७ प्लस ब्ल्याक, जेट ब्ल्याक, सिल्भर, रोज गोल्ड र गोल्ड गरी पाँच रङमा उपलब्ध छन्।

प्रकाशित ३ मंसिर २०७३, शुक्रबार | 2016-11-18 16:59:14

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • मधेसका कांग्रेसी

    राजधानीमा आयोजित प्रदेश नम्बर दुईको कांग्रेस भेलामा देखिएका अनुहार। भेलामा ८ जिल्लाका सभापति, सांसद र केन्द्रीय सदस्य लगायतका अगुवाहरु सहभागी छन्।

  • ‘दोक्लमबाट भारतीय र चिनियाँ सेना फर्किनु पर्छ’

    दोक्लम क्षेत्रमा झैँ आफूखुसी त्रिदेशीय सीमाको तथ्य बदल्ने अनुमति हामी चीनलाई दिन सक्दैनौँ। चीनलाई डोको लाबाट भुटानी सेनाको क्याम्प रहेको...

  • देउवा र पौडेल ( फाइल तस्विर )

    देउवाले भनेः पार्टीभित्रका अन्तर्घातीहरुलाई निकालिन्छ

    देउवाले अन्तर्घात गर्नेलाई पार्टीबाट निष्कासित गर्ने बताउँदै भने, ‘पहिलो र दोश्रो चरणको निर्वाचनमा पार्टीभित्र ठूलो अन्तर्घात भएको छ, अन्तर्घातीलाई...

  • निर्वाचन आयोग

    यस्तो छ प्रदेश नं. २ को निर्वाचन कार्यतालिका

    निर्वाचन आयोगले प्रदेश नम्बर २ को निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। बिहीबार आयोगले एक विज्ञप्ति प्रकाशित गर्दै आगामी असोज २ गते हुने...