Max TV
Max TV
Exclusive

चन्द्रमामा चीनले उमारेको बिरुवा मर्‍यो



चन्द्रमामा टुसाएको कपासको बिरुवा
चन्द्रमामा टुसाएको कपासको बिरुवा

चीनले चन्द्रमामा उमारेको बिरुवा मरेको छ। चन्द्रमाको रातको तापक्रम अत्यन्त चिसो भएपछि बिरुवा मरेको चिनियाँ वैज्ञानिकहरुले बताएका छन्।

चीनको अन्तर्राष्ट्रिय अन्तरिक्ष प्रशासनले गत मंगलबार चाङ–४ मिसन अन्तर्गत चन्द्रमाको परको क्षेत्रमा पुगेको आफ्नो रोवोटिक यानले छरेको कपासको बिउको बिरुवा चन्द्रमामा उम्रिएको जनाएका थिए।

वैज्ञानिकहरुका अनुसार चन्द्रमामा सूर्यको किरणका कारण उक्त कपासको बिउ टुसाएको थियो। तर जब रात पर्यो।

टुसाएको बिरुवाले चन्द्रमाको चिसो खेप्न सकेन। माइनस १ सय ७० सेन्टिग्रेड चिसोका कारण उक्त बिरुवा मरेको चिनियाँ वैज्ञानिकलाई उदृतगर्दै द गार्जेनले जनाएको छ।

अन्तरिक्षमा रहेको स्पेस स्टेसनहरुमा बिरुवा उमार्न सफल भएपनि वैज्ञानिकले चन्द्रमामा यसअघि बिरुवा उमार्न सकेका थिएनन्।

चन्द्रमामा बिरुवा उमारे लगत्तै अन्तरिक्ष यात्री आफैले चन्द्रमामा आफ्नो खान खेती गर्नसक्ने चिनियाँ वैज्ञानिकहरुले दाबी गरेका थिए।

तर चीन कुनैपनि जैविक कुरा चन्द्रमामा फलाउने पहिलो राष्ट्र बनेपनि त्यसलाई हुर्काउन भने असफल भएको छ।

Related image

यसै वर्षको जनवरी ३ मा चन्द्रमा अवतरण गरेको चाङ–४ मिसनको यानले पृथ्वीबाटै माटो, आलुका बिउ, कपासका बिउ तथा किराका अण्डाहरु लगेको थियो।

वैज्ञानिकहरुले ती बिउहरु विकासगर्न विशेष कन्टेनरहरु समेत चन्द्रमामा लगेका थिए। त्यस कन्टेनरमा बिउ विकासको कृतिम वातावरण निर्माण गरिएको छ।

यद्यपी चन्द्रमाको चिसोले कृतिम वातावरणलाई समेत प्रभाव पारेको छ। तर वैज्ञानिले यस प्रयासलसाई निरन्तरता दिनेछन्। एजेन्सी

 

प्रकाशित ३ माघ २०७५, बिहिबार | 2019-01-17 13:57:05
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...