Max TV
Max TV

चीनले चन्द्रमामा विरुवा उमार्यो



चीनले चन्द्रमामा विरुवा उमारेको दावी गरेको छ। चीनको अन्तर्राष्ट्रिय अन्तरिक्ष प्रशासनले मंगलबार चाङ–४ मिसन अन्तर्गत चन्द्रमा पुगेको आफ्नो रोवोटिक यानले छरेको बिउबाट विरुवा उम्रिएको जनाएको हो।

 योसँगै चीन चन्द्रमामा जैविक कुरा उमार्ने पहिलो राष्ट्र बनेको छ।

चाङ–४ अन्तर्गत चन्द्रमामा पुगेको यान पृथ्वीबाट देख्न सकिँदैन। अन्तरिक्षमा रहेको अन्तरिक्ष केन्द्र (स्पेस स्टेसन)मा विरुवा उमार्न सफल भएपनि वैज्ञानिकले चन्द्रमामा विरुवा उमार्न सकेका थिएनन्।

अब अन्तरिक्ष यात्री आफैंले चन्द्रमामा खेती गर्नसक्ने चिनियाँ वैज्ञानिकहरुको दाबी छ। यसअघि पृथ्वीबाट अन्तरिक्ष यानमार्फत अन्तरिक्ष यात्रीलाई खाना पठाइन्थ्यो भन यो सँगै अब चन्द्रमामै खान उमार्न सम्भावना बढेको हो।



जनवरी ३ मा चन्द्रमा अवतरण गरेको यानले पृथ्वीबाटै माटो, आलुका बिउ, कपासका बिउ तथा कीराका अण्डाहरु लगेको थियो। वैज्ञानिकका अनुसार अब विरुवाहरु सिल गरिएका कन्टेनरमा विकास हुनेछन्। ती विरुवाहरुले आफ्नै वातावरण बनाउँनेछन्।

चिनियाँ अन्तरिक्ष प्रशासनले मंगलबार कपासको विरुवा पलाएको जनाएको हो। चिनियाँ सञ्चार माध्यम पिपुल्स डेलीले ट्वीट गर्दै चन्द्रमामा पलाएको विरुवाको फोटोसमेत सार्वजनिक गरेको छ।

यस समाचारसँगै अष्ट्रेलियाको खगोल पर्यवेक्षकका खगोलशास्त्री फ्रेड वाटसनले चन्द्रमामा विरुवा उम्राउनु राम्रो समाचार भएको प्रतिक्रिया जनाएका छन्। बीबीसी

यो पनि।

अन्तरिक्षमा सुपर पावर बन्ने चीनका अस्त्र

प्रकाशित १ माघ २०७५, मंगलबार | 2019-01-15 17:53:07
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...