Max TV
Max TV

खगोल विज्ञानबारे चेतना जगाउन सातै प्रदेशमा कार्यक्रम



विश्वव्यापी रुपमा बिहीबारबाट शुरु हुने ‘खगोल विज्ञानका १०० घण्टा’ अभियानअन्तर्गत नेपालमा पनि विभिन्न कार्यक्रम हुने भएको छ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले नेपालका सातवटै प्रदेशमा खगोल विज्ञानसँग सम्बन्धित कार्यक्रम गर्ने जनाएको छ।

जसअनुसार प्रदेश १ को दमक, प्रदेश २ को जनकपुर तथा सिमरा, प्रदेश ३ को काठमाडौँ उपत्यका, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल, कर्णाली प्रदेशको मङ्गलगढी(सुर्खेत) तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम हुने नासोले जनाएको छ।

अन्तर्राष्ट्रिय खगोल युनियन स्थापनाको एक शताब्दी पुगेको अवसर पारेर खगोल विज्ञानमा एक सय घण्टा अभियान चलाउन थालेको हो। ‘कार्यक्रममार्फत खगोल विज्ञानप्रति जनचेतना बढाउने र नयाँ पुस्तालाई आकर्षित गर्ने गरी कार्यक्रम चलाउने तयारी रहेको छ,’ नासोका अध्यक्ष सुरेश भट्टराईले भने, ‘त्यसका लागि सातै प्रदेशमा नासोको स्वयमसेवक परिचालन गरेका छौं।’

सोही कार्यक्रम अन्तर्गत अमेरिकी अन्तरिक्ष संस्था नासाको अन्तरिक्ष मिसन ‘न्यु होराइजन’को बारेमा तथा यसको यम तथा भर्खरै भएको ‘अल्टिमा ठुले’ को यात्राको विषयमा सोमबारका दिन बसुन्धरास्थित साउथवेस्टर्न स्टेट कलेजमा कार्यक्रम आयोजना गरिने बताइएको छ।

सो कार्यक्रममा अमेरिकी संस्था प्लानेटरी साईन्स इन्स्टिच्युटका बरिष्ठ वैज्ञानिक डा. हेनरी थ्रुपले भिडियो कन्फरेन्समार्फत अन्तरक्रिया गर्ने कार्यक्रम तय गरेको भट्टराईले जानकारी दिए।

प्रकाशित २५ पुस २०७५, बुधबार | 2019-01-09 16:49:07
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...

  • चट्टाने पहाडभित्र यस्तो बन्दैछ देशलाई झन् उज्यालो बनाउने आयोजना (३५ तस्बिर)

    तिब्बतको सिमा नजिकै निर्माण भइरहेको यो आयोजना नै सायद नेपाल सरकारले बनाइरहेको यस्तो एउटा विकास आयोजना होला, जहाँ अमेरिकी, भारतीय, चिनियाँ र...

  • कञ्चनपुरमा बरामद १८ किलाे सुन

    बत्तीस केजी सुनका अभियुक्तविरुद्ध मुद्दा

    कञ्चनपुरबाट बरामद ३२ केजी अवैध सुनका सम्बन्धमा राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दर्ता गरेको छ।