Max TV
Max TV

चीनलाई काउन्टर दिनेगरी भारतले स्थापना गरेको स्याटलाइट प्रयोग गर्ने नेपालको तयारी




फाइल फोटो
फाइल फोटो

चीनको बढ्दो प्रभावलाई रोक्न भारतले सामरिक उद्देश्यका साथ स्थापना गरेको साउथ एशिया स्याटलाइटको स्पेशलाई प्राकृतिक प्रकोपको आपतकालिन सूचना आदान–प्रदानमा प्रयोग गर्ने गरी तयार नेपाल सरकारले गरेको छ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गृहमन्त्रालय मार्फत् तीनै तहबीच प्राकृतिक विपदका आपतकालिन सञ्चार तथा सूचना अदानप्रदानका लागि यसको प्रयोग गर्न लागेको हो।

त्यसका लागि केन्द्र, प्रदेश तथा स्थानीय तह सबैलाई उपयोग हुने संयन्त्र स्थापना गरेर आपतकालिन सेवाका लागि स्याटलाइटको स्पेश प्रयोग गर्ने तयारी गरिँदैछ।

‘स्याटलाइटमा प्राप्त भएको स्पेशलाई प्रयोग गरेर काम गराउने कुनै संयन्त्र छैन’, सञ्चार मन्त्रालय अन्तर्गतको फ्रिक्वेन्सी म्यानेजमेन्ट डिभिजन प्रमुख अनुप नेपालले भने, ‘त्यसलाई गृहमन्त्रालय अन्तर्गत राखेर आपतकालीन सूचना आदान प्रदानमा प्रयोग गरिनेछ।’

भारतले डेढ वर्षअघि छाडेको साउथ एशिया स्याटलाइटको स्पेशमा ३६ मेगाहर्ज ब्यान्डविथ प्रयोग गरी नेपाललाई निःशुल्क उपलब्ध गराएको हो। त्यसको व्यापारिक मूल्य वार्षिक रुपमा एक अर्ब डलर भन्दा बढी छ। यस सम्बन्धमा नेपाल–भारतबीच २०७२ फागुनमा द्विपक्षीय सहमतिमा हस्ताक्षर भएको थियो।

भारतले उपलब्ध गराएको स्पेश नेपालले प्रशारण, सञ्चार, प्राकृतिक विपत्तिको व्यवस्थापनदेखि टेलि–मेडिसिनसम्ममा प्रयोग गर्न सक्नेछ। तर भारतीय स्याटलाइटको प्रयोगमा डेटा सम्बन्धमा सुरक्षा विषयले विवाद ल्याउन सक्ने देखिएपछि अहिलेका लागि प्राकृृतिक विपत्तिको आपतकालिन सूचना अदान प्रदानमा मात्र प्रयोग गर्ने तयारी नेपाल सरकारले गरेको हो।

साउथ एशिया स्याटलाइट प्रयोगका लागि नेपालले छुट्टै ग्राउन्ड स्टेसन स्थापना गर्नुपर्ने हुन्छ। ५ देखि ६ करोड भारतीय रुपैयाँ लाग्ने ग्राउण्ड स्टेसन निर्माणमा समेत सहयोग गर्ने प्रस्ताव भारतले गरेको छ। भारतले साउथ एशिया स्याटलाइटको त्यस्ता ग्राउन्ड स्टेसन नेपालसहित भुटान, बंगलादेश, श्रीलंका, माल्दिभ्समा निर्माण गर्ने तयारी रहेको छ।

‘हामीले रकम उपलब्ध गराउने हो भने त्यस सम्बन्धी प्राविधिकहरु उपलब्ध गराउन सक्ने प्रस्ताव भारतले गरेको छ,’ नेपालले भने, ‘भारतले स्याटलाइटमा उपलब्ध गराएको भाग प्रयोगका लागि आवश्यक पर्ने ग्राउन्ड स्टेसन निर्माण गरेर तीन महिनाभित्रै काम गराउन सकिन्छ।’

भारतले नेपाल आफैले बनाउन नसक्ने भए त्यसका लागि रकम उपलब्ध गराउने प्रस्ताव गरेको हो। ग्राउण्ड स्टेसनले स्याटलाइटमा सूचना लिने र पठाउने काम गर्छ।

डेढ वर्षअघि भारतीय अन्तरिक्ष अनुसन्धान कार्यक्रमले निर्माण गरेको स्याटलाइट भारतले २०७४ बैशाख २२ गते छाडेको हो। 

भारतले मंसिरको अन्तिम साता दिल्लीमा सो स्याटलाइट प्रयोग सम्बन्धमा बैठक आयोजना गरेको थियो, जसमा स्याटलाइट उपयोगका लागि कुन कुन कार्यक्रम आयोजना गर्न सकिन्छ भनेर छलफल भएको थियो।

भुटानमा तयारी अवस्थामा रहेको ग्राउन्ड स्टेसन आगामी बुधबारबाट प्रयोगमा आउने बताइएको छ। भुटानले टेलिभिजन प्रशारणमा यो स्याटलाइटको प्रयोग गर्ने तयारी गरेको छ।

टाइम्स अफ इन्डियाले भने थिम्पुको ग्राउन्ड स्टेसनबाट चीनले तिब्बतमा बनाएको स्याटलाइट ट्र्याकिङ पूर्वाधारलाई काउन्टर गर्न सकिने उल्लेख गरेको छ। दिल्लीका सञ्चार माध्यमहरुले ‘भारतले स्पेश डिप्लोमेसी अनुसार दक्षिण एशियाली स्याटलाइटको प्रयोग गरिरहेको’ जनाएका छन्।

‘यो स्पेश कार्यक्रम भारत सरकारको छिमेक पहिलो नीति अन्तर्गत आएको हो, जुन चीनको प्रभावलाई काउन्टर दिन उपयोगी हुनेछ’, टाइम्स अफ इन्डियाले लेखेको छ, ‘यसले क्षेत्रीय सहकार्यलाई बढावा दिनुका साथै ट्र्याकिङ र रिसिभिङ केन्द्रहरुले भारतको सामारिक सम्पत्ति ती मुलुकमा राख्न सहयोग पुग्नेछ।’

भारत सरकारले भुटानपछि माल्दिभ्स र बंगलादेशमा परियोजना शुरु गर्ने तयारी गरेको छ। त्यसपछि नेपाल र श्रीलंकामा ग्राउण्ड स्टेसन निर्माणको तयारी गरेको छ।

पाकिस्तानले भने भारतले स्याटलाइट प्रयोग गर्न गरेको प्रस्ताव अस्वीकार गरेको छ।

प्रकाशित २१ पुस २०७५, शनिबार | 2019-01-05 09:58:46
Max TV
Max TV
Zen Travels
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युट्युबबाट कसरी मालामाल हुन्छन् युट्युबर?

    ‘सालको पातको टपरी हुनी’ गीत युट्युवमा २ करोडभन्दा धेरैपटक हेरिएको छ। उक्त भिडियोका कारण उनको युट्युवलाई सस्क्राइब गर्नेको संख्या पनि १ लाख ८६ हजार...

  • पक्राउ परेका लोप्साङ लामा (अगाडि कालो ज्याकेट, ग्रे ट्राउजर लगाउने) दिल्ली प्रहरी अधिकारीसँग

    खुंखार मानव तस्कर लोप्साङलाई दिल्ली प्रहरीले पानीमुनिबाट समात्यो

    नेपाली युवतीलाई भारतीय बाटो हुँदै खाडी देशमा बेचबिखन गर्ने खुंखार मानव तस्कर लोप्साङ लामालाई नयाँ दिल्ली प्रहरीले पक्राउ गरेको छ

  • २०७२ को भूकम्पबाट हिमाली क्षेत्रमा भएको क्षति

    नेपालको हिमाली क्षेत्रमा महाभूकम्प जान्छ, तयारी गरौंः नयाँ अध्ययन

    हिमाली क्षेत्रहरु भूकम्पीय दृष्टिले खतरनाक छन्। अनुमान अनुसार ८ दशमलब ७ म्याग्निच्यूडको भूकम्प गएर १५ सय ५ पटक झट्का अथवा पराकम्पन गए त्यसले ६...

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?