Max TV
Max TV

‘मोबाइलमा बढी समय बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव’



अनुसन्धाताहरुले प्रारम्भिक तथ्यांकहरुको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा ‘भिन्न संरचना’ भेटिएको बताएका छन्।

आधुनिक यस्ता उपकरणबाट बाल मस्तिष्कमा पर्ने प्रभावका बारेमा हाल संयुक्तराज्य अमेरिकामा गहन अध्ययन भइरहेको छ।

राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच) को प्रारम्भिक अध्ययनमा दिनमा सात घण्टाभन्दा बढी समय मोबाइल चलाउने र भिडियो खेल खेल्ने नौ र दश वर्ष उमेरका बालबच्चाको मस्तिष्कको बाहिरी आवरण (कोर्टेक्स) चाँडै पातलिने सङ्केत पाइएको छ।

कोर्टेक्स भन्नाले बाह्य जानकारी प्रशोधन गर्ने मस्तिष्कको सबैभन्दा बाहिरी पत्र हो, र यस पत्र हुँदै सूचना एवं जानकारी मस्तिष्कको भित्री तहमा पुग्छन्।

भिडियो च्याटिङ बाहेक डिजिटल मिडियाको प्रयोग रोक्न सुझाव

‘बालबच्चाले बढी समय स्क्रीनमा बिताएकै कारण यस्तो भएको हो भन्ने सुस्पष्ट भइसकेको छैन।

यो बाहिरी पत्र पातलिनु ठीक हो वा होइन भन्ने पनि अझै निक्र्यौल भइसकेको छैन,’ एनआईएचमा कार्यरत चिकित्सक गाया डाउलिङले भने,‘आजसम्म प्राप्त भएको विवरण प्रारम्भिक तथ्य मात्र हो।’

‘हामी के मात्र भन्न सक्छौं भने स्क्रीनमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा भिन्नता देखिएको छ। यो एउटा भिन्न संरचना मात्र पनि होइन,’ सीबीएसको समाचार कार्यक्रम ६० मिनेटलाई दिएको अन्तर्वार्तामा डाउलिङले बताए।

दिनको दुई घण्टाभन्दा बढी समय स्क्रीनमा व्यतित गर्ने बालबच्चाको भाषा र तार्किकता जाँचमा ज्यादै कमजोर अवस्था देखिएको छ। उक्त नतिजा चार हजार ५ सय बालबच्चाको मस्तिष्क स्क्यान गरेर प्राप्त भएको हो।

वैज्ञानिकहरुले स्क्रीनमा बढी समय व्यतित गर्ने बालबच्चामा पर्ने नकारात्मक असरका बारेमा अझ लामो समयावधिको अध्ययन आवश्यक पर्ने बताएका छन्।

अध्ययनका प्रारम्भिक तथ्याँकहरु सन् २०१९ को प्रारम्भबाट अध्येताहरुका लागि उपलब्ध गराइनेछ।

अमेरिकी बालस्वास्थ्य एकेडेमीले १८ देखि २४ महिनाभन्दा साना बालबच्चालाई भिडियो च्याटिङ बाहेक डिजिटल मिडियाको प्रयोग रोक्न सुझाव दिएको छ। रासस/एएफपी

प्रकाशित २४ मंसिर २०७५, सोमबार | 2018-12-10 14:49:27
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर सुदर्शनकाे गन्तव्य खाेज्दै प्रहरी

    दुई प्रमुख सहयोगीसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई पक्राउ...

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...

  • चट्टाने पहाडभित्र यस्तो बन्दैछ देशलाई झन् उज्यालो बनाउने आयोजना (३५ तस्बिर)

    तिब्बतको सिमा नजिकै निर्माण भइरहेको यो आयोजना नै सायद नेपाल सरकारले बनाइरहेको यस्तो एउटा विकास आयोजना होला, जहाँ अमेरिकी, भारतीय, चिनियाँ र...