Max TV
Max TV
Exclusive

चीनमा अब रोबर्टले पढ्नेछ टिभी समाचार



समाचार भन्ने राेबाेट
समाचार भन्ने राेबाेट

टेलिभिजन स्टुडियोमा बसेर रोबोटले समाचार पढिरहेको दृश्य आफैँमा एउटा अपत्यारिलो घटना हो।

तर चीनको सरकारी न्यूज च्यानलमा अब यस्तै अपत्यारिलो दृश्य देखिन सक्छ। चीनको सरकारी न्यूज एजेन्सीले आफ्नो स्टुडियोमा भर्चुवल न्युज एंकर तयार पारेको छ।

टाइसुट लगाएको न्युजएंकरको आवाज भने कुनै रोबोटको जस्तो कृत्रिम हुनेछ। ‘यो न्युज प्रजेन्टरले ठिक त्यही ढंगले समाचार पढ्छ जसरी प्रोफेसनल समाचार वाचकले प्रम्टरमा हेरेर समाचार पढ्छन्’, चिनियाँ समाचार संस्था सिन्ह्वाले भनेको छ।

‘हेलो, तपाइँ अहिले अंग्रेजी समाचारको कार्यक्रम हेरिरहनुभएको छ’, अंग्रेजी बोल्ने यो रोबोटले यही शैलीमा समाचार भन्नेछ।

सोगो एउटा चिनियाँ सर्च इन्जिन कम्पनी हो। यो सिस्टम विकसित गर्न सोगोको महत्वपूर्ण भूमिका छ। पहिलो भिडियोमा यो प्रेजेन्टरले भन्छ, ‘म तपाइँलाई जानकारी दिन हर्दम काम गर्नेछु। मेरो अगाडि निरन्तर टेक्स्ट टाइप भइरहनेछ। म तपाइँ समक्ष सूचनाको एक फरक नयाँ तरिका पेश गर्नेछु जसले तपाइँलाई नयाँ अनुभव दिनेछ।’

यसको अर्को भर्सन पनि छ। यो चिनियाँ भाषामा छ। सिन्ह्वाको दाबी छ, ‘यस किसिमको आर्टिफिसियल इन्टेलिजेन्स सिस्टमको प्रयोगले टेलिभिजन कार्यक्रमको उत्पादन खर्च बचत हुनेछ।’

समय समयमा ब्रेकिङ समाचार प्रसारण गर्न यो प्रविधि विशेष रुपमा उपयोगी सावित हुनेछ। यो प्रविधि विकसित गर्न आर्टिफिसियल इन्टेलिजेन्स प्रणाली प्रयोग गरिएको छ। यसमा मौलिक प्रस्तुतकर्ताको आवाज, ओठको चाल, भावभंगिमा नक्कल गरिएको छ। तर तपाइँले यसलाई मान्छेको थ्री डी मोडल सोचिरहनु भएको छ भने त्यस्तो होइन। यो प्रविधि त्योभन्दा विल्कुल फरक हो।

अक्सफोर्ड विश्वविद्यालयका मिसेल वुल्ड्रिज भन्छन्, ‘यस किसिमको कृत्रिम प्रस्तोतलाई प्राकृतिक रुपमा पेश गर्न निकै गाह्रो छ।’ उनका अनुसार अनुहारमा कुनै भाव भंगिमा नहुने यस किसिमको कृत्रिम एंकरलाई केही मिनेटभन्दा बढी देख्दा दर्शकलाई दिक्क लाग्नसक्छ।

टेलिभिजनमा समाचार वाचक आउँदा दर्शकले उसलाई पहिचान गर्छन्। उनको अनुहार तथा मुखाकृतिमा ध्यान दिन्छन्। पहिचान एउटा विश्वसनियताको आधार पनि हुने गर्छ। समाचारको यो परम्परा रोबोर्टले तोड्न कठिन छ।

‘तपाइँ कुनै व्यक्तिसँग सम्पर्क बनाउन सक्नुहुन्छ तर एनिमेटेड समाचार प्रस्तोतासँग त्यस्तो दोस्ती बनाउन सम्भव हुँदैन’, उनी भन्छन्।

यसअघि जापानले पनि एरिका नाम गरेको रोबोर्टलाई महिला टेलिभिजन प्रस्तोता बनाउन प्रयास गरेको थियो।

रोबटिक्स र आर्टिफिसियल इन्टेलिजेन्समा काम गरिरहेकाहरु भने यसलाई सकारात्मक ठान्छन्। उनीहरुको भनाइ छ, ‘प्रविधिमा कमजोरी भए त्यो सुधार गरिनेछ।’

प्रकाशित २५ कार्तिक २०७५, आइतबार | 2018-11-11 14:38:52
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।

  • सर जिम र्‍याटक्लिफे

    बेलायतका सबैभन्दा धनी व्यापारी ६ खर्ब कर जोगाउन देश छोड्दै

    युरोपेली संघबाट बेलायत अलग्गिने (ब्रेक्जिट) दिन नजिकिइरहेका बेला बेलायतकै सबैभन्दा धनी एक व्यक्ति भने आफ्नो व्यवसाय र सम्पत्तिसहित अर्कै देश सर्न...

  • केपी शर्मा ओली र कमल थापा

    कमल थापासँग ओलीले भने: ‘कांग्रेसले धोका दिन्छ है’ भनेको थिएँ, नपत्याउँदा नराम्रोसँग हार्नुभयो

    ‘गन्तव्य भए पो कम्पास काम लाग्छ, तर कांग्रेसको गन्तव्य नै छैन, कम्पासले कहाँ जाने भन्ने बाटो देखाउँछ, कहाँ जाने भन्ने नै थाहा नभएपछि कम्पासको के काम?’