Max TV
Max TV

सूचना सुरक्षित राख्न नसकेको भन्दै फेसबुकमाथि करोडौं जरिवाना


Infocus



..
..

सूचना सुरक्षित राख्न नसकेको भन्दै फेसबुकलाई ७५ करोड ६५ लाख जरिवाना गरिएको छ।

बेलायतको सूचना सुरक्षा हेर्ने निकाय ‘सूचना आयुक्तको कार्यालय’ आइसीओले ‘क्याम्ब्रिज एनलाइटिका डाटा’ प्रकरणमा फेसबुकलाई जरिवाना गरेको हो।

आइसीओले फेसबुकले सूचना सुरक्षित राख्न नसकेका कारण जरिवाना गरिएको जनाएको छ। आइसीओले फेसबुकले विभिन्न एप्लिकेशनलाई फेसबुक प्रयोगकर्ताको सूचना स्पष्ट रुपमा उल्लेख नगरी प्रदान गरेको आरोप लगाएको छ।

यसैवर्षको मे महिनाभन्दा अगाडिका समयमा फेसबुकले प्रयोगकर्ताका सूचना सुरक्षित राख्न नसकेको जनाएको छ। मे महिनापछि फेसबुकले नयाँ फिचरमार्फत सूचनाहरु सुरक्षित रुपमा राखेको बताइएको छ।

जुलाइ महिनामा आइसीओले फेसबुकलाई जरिवाना गर्ने बताएको थियो। आइसीओले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २००७ देखि २०१४ सम्म फेसबुकले प्रयोगकर्ताको व्यक्तिगत जानकारी र सूचनाहरु विभिन्न एप्लिकेशन विकासगर्ने संस्थाहरुलाई प्रयोगकर्तालाई नभनी बाँडेको छ।’

फेसबुकले त्यस्ता एप्लिकेशनको जाँच नगरेका कारण प्रयोगकर्ताको सूचना समेत सुरक्षित नभएको आइसीओको भनाइ छ। फेसबुकले भने आइसीओको निर्णयलाई अध्ययन गरिरहेको जनाएको छ। फेसबुकले आइसीओको सबै अध्ययन सही नभएको पनि बताएको छ। 

क्याम्ब्रिज एनलाइटिका डाटा प्रकरण के हो?

खोजकर्ता डाक्टर एलेक्साण्ड्र कोगान र उनका कम्पनी जीएसआरले मानिसको व्यक्तित्व बताउने ’पर्सनालिटी क्विज’ एप्लिकेशन बनाएका थिए।

उनीहरुले एपबाट फेसबुकका ८७ कारोड प्रयोगकर्ताको सूचना हात पारेका थिए। केही सूचनाहरु क्याम्ब्रिज एनलाइटिकालाई हात पारेपछि ‘राजनीतिक विज्ञापन’का लागि सो सूचनाहरु प्रयोग भएको पत्ता लागेको थियो।

आइसीओका अनुसार सन् २०१५ मा फेसबुकमा राजनीतिक विज्ञापनहरु देखिन थालिएपछि समेत फेसबुकले त्यस समस्या हटाउन तदारुकता नदेखाएको बताइएको छ। एजेन्सी

प्रकाशित ८ कार्तिक २०७५, बिहिबार | 2018-10-25 17:13:04
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • देउवा र पौडेल

    कांग्रेस नेतृत्व कब्जा गर्न देउवा र पौडेलका तीन दाउपेच

    पदाधिकारी संख्या बढाएर विभिन्न गुट-उपगुटका अगुवाहरुको व्यवस्थापन गर्नुपर्ने जुन ‘दुख’ पौडेललाई छ, देउवा त्यो ‘दुख’ बाट मुक्त भएपनि समस्यामुक्त...

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री

    सुन तस्करलाई सटर सुम्पन क्षेत्रीद्वारा प्राधिकरण नियमको ठाडो उल्लंघन

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले नेपाल नागरिक उड्डयन प्राधिकरण नियम उल्लंघन गरी सेटिङ मिलाएर सुन तस्करलाई सटर...

  • केपी शर्मा अाेली

    सचिवमार्फत् मन्त्रीहरुको ‘परीक्षा’ लिँदै प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको मनोमानी र कर्मचारीको ढिलासुस्ती रोक्न सचिवमार्फत् प्रत्येक मन्त्रालयको रिपोर्ट लिन थालेका छन्।

  • नारायणकाजी श्रेष्ठ

    पार्टीले जनता-कार्यकर्तासँग माफी माग्नुपर्छः नारायणकाजी श्रेष्ठ (अन्तर्वार्ता/भिडियाे)

    ‘जब सरकार पार्टीको एजेण्डा बन्दैन भने पार्टीले के गर्छ? सरकारको एजेण्डा पार्टीमा राखिएको छ, तर त्यसबारे छलफल भएको छैन। त्यसैले पार्टीले धेरै कुरा...