Max TV
Max TV

अन्तरिक्षको फोहोर बटुल्न पृथ्वीको ३ सय किमीमाथि आकासमा जाल बिछ्याइयो


Infocus



वेलायतको एक उपग्रहले पृथ्वीको कक्षमा जाल विछाएको छ। जसले अन्तरिक्षको फोहर बटुल्ने जनाइएको छ। परीक्षणका लागि सुरु गरिएको यस कोशिस अनुसन्धानको एक हिस्सा हो।

NIC ASIA

अंतरिक्षमा भएका फोहोर मुक्त बनाउने हिसाबले उक्त परिक्षण सुरु गरिएको जनाइएको छ। यस जाललाई मृथ्वीभन्दा ३ सय किलोमिटर उचाइमा राखिएको छ।

बीबीसीका अनुसार करिब ७ हजार टन फोहोरहरु अन्तरिक्षमा तैरिरहेको छ। फोहरहरु उपग्रह तथा पृथ्वीकालागि खतरा भएपछि फोहोर व्यवस्थापन गर्ने प्रयास सुरु भएको हो।

यस जाल प्रयोगको उपग्रहको माध्यमबाट भिडियो समेत बनाइएको बताइएको छ। जसमा एक जुत्ताको डिब्बा आकारको अन्तरिक्षका फोहोरलाई जालले बटुलेको देखाइएको छ।

वेलायतको ‘सर्रे स्पेस सेन्टर’का निर्देशक तथा प्रोफेसर गगलाइलमो अगलिती भन्छन्, ‘हाम्रो जस्तो सोच थियो जालोले त्यस्कै कार्य गरिरहेको छ।’ उनका अनुसार जालले अन्तरिक्षको फोहोरलाई व्यवस्थित गर्नेछ।

अब के हुन्छ?

जालोको प्रयोग एक परीक्षण थियो। जसमा एक जुत्ताको डिब्बा आकारको फाेहरलाई दोस्रो उपग्रहको मद्तमा पृथ्वी तिर फ्याँक्दा जालाेमा फँसेको थियो।

यदी वास्तवमै यस्तो भएमा फोहर जालमा फसेपछि उपग्रहको मदतमा जालले यसलाई पृथ्वीको कक्षभन्दा बाहिर फालि दिनेछ। पृथ्वी वरिपरी तैरिरहेको फोहरहरु हटाउने बारम्बार छलफल भएको थियो।

केहीले फोहर व्यवस्थापन गर्ने विभिन्न परीक्षण समेत गरेका थिए। तर अहिलेको प्रयासलाई सफल परीक्षण मानिएको छ। अब छिट्टै नै दोस्रो चरणको प्रयोग हुनेछ। जसमा एक क्यामेरा समेत जडान हुनेछ।

यसले वास्तविक फोहोरलाई हटाउन सजिलो हुनेछ। सन् २०१९ देखि यस कार्यलाई प्रभावकारी बनाउने बताइएको छ।

आकाशे फोहोर कति हानिकारक?

पृथ्वीको कक्षमा लाखौ फोहरहरु तैरिरहेका छन्। उपग्रहका टुक्राहरु अन्तरिक्षमा फोहर भएर बसेका छन्। अन्तरिक्ष यात्रीका गल्तीका कारण त्यस्ता फोहर भएका हुन्।

यदी फोहर हटाइएन भने अन्तरिक्षमा अध्ययनमा लागि रहेको उपग्रहलाई यसले क्षती पुर्याउनेछ। साथै यसले पृथ्वीलाई समेत क्षति पुयाउने संभावना रहन्छ।

यस प्रोजेक्टमा काम गरिरहेका इन्जिनियर अलस्टेयर वैमैनले भने, ‘यदी त्यस्ता टुक्राहरु आपसमा ठोक्किए भने अन्तरिक्षमा अझ फोहर जम्मा हुनेछ। यस्तो समस्याले दिनदिनै फोहोर बढ्ने खतरा हुन्छ।

जसले समस्या सृजना गर्ने निश्चित छ।’ फोहर व्यवस्थापन गर्ने हिसाबले जालोलाई उपग्रहसँगै चाँडै अन्तरिक्ष पठाइने छ। यदी फोहर व्यवस्थापन गर्न नसके यस उपाय अर्थ विहिन हुनेछ। बीबीसी

प्रकाशित ११ असोज २०७५, बिहिबार | 2018-09-27 16:23:15
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...

  • करण चौधरी र विद्यात्री पोखरेल

    यी मारवाडी युवा उद्यमी, जो दशैंको टीका थाप्न पहिलो पटक ससुराली जाँदैछन्

    नाताले विनोद चौधरीका भतिज करण चौधरी चौधरी समूहको निर्देशकको रुपमा व्यवसायलाई नयाँ उचाई दिन तल्लिन छन्। अरु बेला सधैँ काममा व्यस्त रहने उनी यो...

  • झुप्प झुप्प निद्राः 'नार्कोलेप्सी' पो भयो कि?

    अधिकांश मानिसहरुलाई निद्रा निकै प्यारो लाग्छ। खासगरी बिदाका दिन बिहान अबेरसम्म निदाउन सबैलाई मन पर्छ।

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...