Max TV
Max TV

नासाको लेजर उपग्रह प्रक्षेपण, हिउँ र समुद्री सतहको अध्ययन गर्ने

नयाँ लेजरले एक सेकेन्डमा १० हजार पटक तस्वीर लिन सक्छ


Infocus



अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) ले पृथ्वीको सतहबाट हिउँ पग्लनेक्रम र समुद्री सतहको उचाइमा भइरहेको वृद्धिका सम्बन्धमा अध्ययन गर्न शनिबार अत्याधुनिक लेजर उपग्रह प्रक्षेपण गरेको छ।

NIC ASIA

करिब १ अर्ब अमेरिकी डलरको यो उपग्रह क्यालिफोर्नियास्थित भान्डेनबर्ग हवाई अखडाबाट प्रक्षेपण गरिएको हो। करिब आधा टन भारबहन क्षमताको आइसस्याट–२ नामको उपग्रहले खासगरी ध्रुवीय क्षेत्रको हिउँको अवस्थाबारे अध्ययन गर्ने नासाले जनाएको छ।

यसअघि सन् २००३ मा प्रक्षेपण गरिएको आइसस्याटको समयावधि सन् २००९ मा समाप्त भएको थियो। पहिलो मिसनले समुद्रको हिउँको पत्र पातलिँदै गएको र ग्रीनल्यान्ड तथा अन्टार्टिकाको तटीय क्षेत्रबाट हिउँको पत्र हराउँदै गएको पत्ता लगाएको थियो।

तर पछिल्ला ९ वर्षमा अपरेशन आइसब्रीज नामको हवाई अभियान सञ्चालनमा थिया । यी हवाईजहाज उत्तरी र दक्षिणी ध्रुवको माथि उडाइएको थियो र यसबाट बदलिँदो हिउँको उचाइ मापन गरिन्थ्यो।

तर नवीनतम प्रविधिका साथ अन्तरिक्षबाट लिइने तस्वीर र जानकारी बढी यथार्थपरक हुनेछ। नयाँ लेजरले एक सेकेन्डमा १० हजार पटक तस्वीर लिन सक्दछ जबकी पहिलो मिसनमा समाविष्ट आइसस्याटले प्रति सेकेन्ड ४० पटक मात्र फायर गर्दथ्यो।

यो अन्तरिक्ष अभियान तीन वर्ष चल्नेछ, यद्यपी यसमा १० वर्षका लागि पुग्ने इन्धनको व्यवस्था गरिएको छ। यदि व्यवस्थापनले यसलाई अझ लामो अवधिसम्म प्रयोग गर्न चाह्यो भने अवधि बढाउन सकिनेछ।

रासस/एफपी

 

प्रकाशित ३१ भदौ २०७५, आइतबार | 2018-09-16 14:42:05
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नवीन न्यौपाने

    सफल खेलाडीको काँधमा टोली च्याम्पियन बनाउने जिम्मा

    ‘मणि दाईहरुको पुस्तालाई मनाङको पहिलो स्वर्णिम पुस्ता भनिन्छ’ मणि शाहको बर्हिगमनसँगै टोलीमा भित्रिएका नवीनले सम्झिए, ‘त्यसपछि मनाङलाई उचाईमा...

  • भुटानका नेपाली भाषी सांसद

    भुटानमा सांसद बने नौ जना नेपाली भाषी, मन्त्री पनि बन्लान?

    नेपाली भाषी सांसदको यो संख्या डिएनटीका ३० जना सांसदको करिब एक तिहाइ हो भने प्रत्यक्ष निर्वाचित ४७ जना सांसद संख्याको करिब २० प्रतिशत।

  • ग्रेटवाल

    बेइजिङको ग्रेटवालका भित्तामा भेटियो नेपाली गौरव– रञ्जना लिपि

    ग्रेटवालको भित्तामा कोरिएको नेपाल भाषा अर्थात् रञ्जना लिपि नेपाली मात्रैले गर्व गर्न पाउने ऐतिहासिक अवसर हो। इतिहासले कोरेको यो सुनौलो अवसरबाट...

  • नोबेल पुरस्कारमा 'उपनिवेश' अन्त्यका सर्तहरु

    यस वर्षको भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई महिलाले पाउँदा विज्ञान समाजका धेरैले खुशीयाली मनाए।