Max TV
Max TV

एप्पलले ल्यायो अहिलेसम्मकै उत्कृष्ट ‘तीन आइफोन’ र ‘स्मार्ट वाच’


Infocus



अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले एकै पटक तीन किसिमका आइफोन बुधबार सार्वजनिक गरेको छ।

आइफोन ‘एक्सएस, एक्सएस म्याक्स र एक्सआर’ मोडेलका तीन आइफोन कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कूकले सार्वजनिक गरेका हुन्।

साथै एप्पलले नयाँ एप्पल स्मार्ट वाचपनि सार्वजनिक गरेको छ। जसले मुटुको चालको जानकारी दिन्छ। सबै आइफोनमा कोरिने समस्या नहुने बताइएको छ।

मुख्यगरी यसपटक तीनै फोनमा फेस डिटेक्सन सुविधा उत्कृष्ट दिइएको छ। एचडी क्वालिटीका भिडियोहरु ४ हजारभन्दा बढी खिच्न सकिनेछ भने यस पटक सबै फोनमा दुईटा सिमकार्डको सुविधा छ।

उपभोक्ताले यसअघि आइफोनका स्क्रिन साना भएको र फोटो भिडियो खिच्न अप्ठ्यारो भएको गुनासो गरेपछि नयाँ आइफोनका स्क्रिनलाई ठूलो बनाइएको बताइएको छ।

एक्सएस म्याक्स र एक्सआर मोडेलका आइफोनको स्क्रिन एक्सएसभन्दा ठूला छन्। बुधबार आइफोन र स्मार्ट वाच सार्वजनिकगर्दै कुकले भने, ‘बिक्रीमा सामान्य कमी आइरहेको समयमा एप्पलले बजार विस्तार गर्ने उद्देश्यले नयाँ मोडलका साथै सर्वाधिक महङ्गा आइफोन बजारमा ल्याएको हो।’

आइफोन एक्सएस म्याक्स

आइफोन एक्सएस म्याक्सलाई ११०० डलरदेखि १४५० डलरसम्म (नेपाली मूल्य १ लाख २६ हजार देखि १ लाख ६७ हजारसम्म) पर्दछ। यसको स्क्रिन ६.५ इन्चको छ, जुन आइफोनको अहिलेसम्मकै ठूलो स्क्रिन भएको फोन हो।

यसमा भिडियो तथा फोटो हेर्न खिच्न निकै सहज हुने जनाइएको छ। यसमा दुई सिम कार्डको सुविधा दिइएको छ। आइफोन एक्सएस म्याक्स स्पेस ग्रे र चाँदी रङमा अर्थात मेटालिक ग्रेमा उपलब्ध हुनेछ।

म्याक्समा इन्टरनल मेमोरी २ सय ५६ देखि ५ सय १२ जिबीको छ। यस फोन ७.७ एमएम पातलो छ। जुन हेर्दा निकै आकर्षक देखिन्छ। यस फोन २०८ ग्रामको छ। यस फोन धुवा, धुलो र पानीबाट सजिलै बच्न सक्छ। यस फोनलाई डेढ घण्टासम्म पानीमा चलाउन सकिनेछ।

आइफोन एक्सएस

आइफोन एक्सएस मोडलको मूल्य मेमोरी स्टोरेज हेरेर १००० अमेरिकी डलर देखि १३ सय ४९ अमेरिकी डलरसम्म पर्ने बताइएको छ।  जसकाे नेपाली मूल्य नेपाली १ लाख १५ हजारदेखि १ लाख ५५ हजारसम्म पर्दछ।

यसको स्क्रिनभने आइफोन एक्सकै जस्तो छ। ५.८ इन्च स्क्रिन भएको यस फोनपनि म्याक्सकै रङमा उपलब्ध हुनेछ। एक्सएसमा इन्टरनल मेमोरी पनि म्याक्सकै बराबरको अर्थात २ सय ५६ देखि २ सय १२ जिबी क्षमताको छ।

यस्तै यस फोन म्याक्स जस्तै ७.७ एमएम पातलो छ। यस फोन १ सय ७७ ग्रामको छ। यस फोनमा पनि धुलो र पानीबाट बच्ने क्षमताको छ। घण्टौसम्म यस फोन पानीमुनि नबिग्रने एप्पलले जनाएको छ।

आइफोन एकसआर

यसैगरी एप्पलले बुधबारनै आइफोन एक्सआर मोडेल पनि सार्वजनिक गरेको छ।  यसको मूल्य करिब ७५० अमेरिकी डलरदेखि ९०० डलर (नेपाली ८६ हजारदेखि १ लाख ३ हजारसम्म)सम्मको छ।  

यस फोनको इन्टरनल मेमोरी ६४ जिबी, १ सय २८ जिबी र २ सय ५६ जिबीमा उपलब्ध हुनेछ। यस फोन ८.३ एमएम पातलो छ। यस फोन १ सय ९४ ग्रामको छ। धुवाँ र पानीबाट सजिलै बच्न सक्ने यस फोन पानी मुनि ३० मिनेटसम्म बिग्रदैन।

नयाँ सुविधासहित आइफोन वाच

एप्पलले नयाँ सुविधा सहित आइफोन वाच ४ लन्च गरेको छ। यस पटकको आइफोन वाचमा मुटुको चाल थाहा पाइने सुविधा दिइएको छ।

यसलाई स्वास्थ्य अवस्थाको अभिभावकको संज्ञा दिइएको छ।

एजेन्सी 

प्रकाशित २८ भदौ २०७५, बिहिबार | 2018-09-13 15:35:18
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली र प्रचण्ड

    नेकपाका ४ नेताको ‘एक्सन’ ले प्रचण्डलाई कति फाइदा, ओलीलाई कति बेफाइदा?

    आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक कक्षमा त ओलीले समयमै पुगेर बैठक सुरुवात गर्दैनन् भने धुम्बाराही पुगेर समयमा बैठक सञ्चालन गर्ने भन्ने...

  • बिगब्यासबाट नेपालको नाम अझै उँचो बनाउन सकूँः सन्दीप लामिछाने (अन्तर्वार्ता)

    केहीदिन अघिमात्रै यूएईमा भएको टी–१० फ्रेन्चाइज लिग खेलेर आएका नेपाली लेगस्पिनर बलर सन्दीप लामिछाने यसबीच नेपालमा जारी एभरेष्ट प्रिमियर लिगमा...

  • मिस नेपाल श्रृंखला खतिवडा

    शृंखलाले पार गर्न नसकेको त्यो घुम्ती

    ‘यो साह्रै अन्याय भयो। श्रृंखला खतिवडा टप ५ मा पुग्न डिजर्भ गर्थिन्।’

  • मदन खरेल, कार्यकारी अध्यक्ष, नेपाल वायु सेवा निगम

    चीनले सम्झौताभन्दा बढी तौलका विमान पठाएको छः मदन खरेल, अध्यक्ष, नेवानि (अन्तर्वार्ता)

    निगमलाई इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएशन (अाएटा) मापदण्डमा पुर्याउने योजना छ। त्यसका लागि आएटामा आबेदन पनि दिइसकेका छाैं