Max TV
Max TV

विश्वभर सुख्खा र बाढी ल्याउने ‘एल निनो’ को प्रभाव फेरि देखिँदै


Infocus



विश्व मौसम संगठनले मध्य पुसअघिनै ‘एल निनो’ मौसम पुनः शुरु हुने संभावना अत्याधिक बनेको जनाएको छ।

पछिल्लो पटक ‘एल निनो’ को प्रभाव सन् २०१५-१६ मा देखिएको थियो। त्यसले विश्वभरका मौसमलाई प्रभाव पारेको थियो।

‘एल निनो’ को समयमा प्रशान्त महासागरको सतह प्रभावित हुन्छ, जसले संसारमा असन्तुलित मौसमी अवस्था सिर्जना गर्छ।

अर्थात्, कतै धेरै सुख्खा सिर्जना गर्छ भने कतै अत्याधिक वर्षा भएर बाढीको संभावना बढाउँछ।

अनुसन्धानकर्ताहरुले यसपटकको ‘एल निनो’ को प्रभाव २०१५-१६ को जस्तै अत्याधिक नहुने अपेक्षा गरेका छन्।

संगठनका अनुसार लामो समयदेखि चल्दै आएको यो गतिशील मौसमी घटनाक्रमले जलवायु परिवर्तनमा समेत प्रभाव देखिन थालेको छ।

सन् २०१५-१६ को ‘एल निनो’ अहिलेसम्म मापन गरिएकमध्ये सबैभन्दा सशक्त मानिएको छ।

त्यसको प्रभाव विश्वभरको तापक्रममा परेको थियो, जसका कारण सन् २०१६ विश्वको सबैभन्दा गर्मी वर्षको रुपमा रह्यो।

तापको साथसाथै यसले अफ्रिकामा सुख्खापन सिर्जना गर्‍यो, त्यही कारण कारण धेरै अफ्रिकी देशमा खाद्यान्नको उत्पादनमा गिरावट आयो।

उता, दक्षिण अमेरिकामा भने बाढीको प्रकोप बढ्यो। ब्राजिल, अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा बाढीले आक्रान्त भए।

सन् १९८० पछि यो हुन लागेको दशौँ पटक हो ।

यो वर्षको शुरुवात भने ‘एल निनो’ को उल्टो ‘ला निना’ को चरणमा थियो, यो अवस्थामा प्रशान्त महासागरको सतहमा पानी औसत भन्दा चिसो हुन्छ, मौसमी अवस्थामा सामान्य हुन्छ।

अहिले यो विस्तारै कमजोर हुँदै गएको छ। तर अर्को वर्षको मध्य पुससम्ममा अर्को ‘एल निनो’ विकास हुने संभावना ७० प्रतिशत छ।

‘एल निनो’ स्पेनी भाषाबाट लिइएको शब्द हो, यसको अर्थ ‘सानो केटा’ हो भने ‘ला निना’ भनेको ‘सानी केटी’ हुन्छ।

यसपटको ‘एल निनो’ को प्रभाव एशिया–प्रशान्त क्षेत्र, युरोप, उत्तर अमेरिका, अफ्रिका र दक्षिण अमेरिका तटीय क्षेत्र सबैतिर पर्ने र तापक्रम बढाउने अनुमान गरिएको छ।

प्रकाशित २६ भदौ २०७५, मंगलबार | 2018-09-11 10:55:48
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली र प्रचण्ड

    नेकपाका ४ नेताको ‘एक्सन’ ले प्रचण्डलाई कति फाइदा, ओलीलाई कति बेफाइदा?

    आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक कक्षमा त ओलीले समयमै पुगेर बैठक सुरुवात गर्दैनन् भने धुम्बाराही पुगेर समयमा बैठक सञ्चालन गर्ने भन्ने...

  • बिगब्यासबाट नेपालको नाम अझै उँचो बनाउन सकूँः सन्दीप लामिछाने (अन्तर्वार्ता)

    केहीदिन अघिमात्रै यूएईमा भएको टी–१० फ्रेन्चाइज लिग खेलेर आएका नेपाली लेगस्पिनर बलर सन्दीप लामिछाने यसबीच नेपालमा जारी एभरेष्ट प्रिमियर लिगमा...

  • मिस नेपाल श्रृंखला खतिवडा

    शृंखलाले पार गर्न नसकेको त्यो घुम्ती

    ‘यो साह्रै अन्याय भयो। श्रृंखला खतिवडा टप ५ मा पुग्न डिजर्भ गर्थिन्।’

  • मदन खरेल, कार्यकारी अध्यक्ष, नेपाल वायु सेवा निगम

    चीनले सम्झौताभन्दा बढी तौलका विमान पठाएको छः मदन खरेल, अध्यक्ष, नेवानि (अन्तर्वार्ता)

    निगमलाई इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएशन (अाएटा) मापदण्डमा पुर्याउने योजना छ। त्यसका लागि आएटामा आबेदन पनि दिइसकेका छाैं