Max TV
Max TV

फेसबुकको ‘वाच सर्भिसले’ युट्युबलाई चुनौती दिने



फेसबुकले विश्वभर आफ्नो पाँच भिडियो–स्ट्रिमिङ सेवा सुचारु गर्न गइरहेको जनाएको छ। अमेरिकामा भने यस सेवा एक वर्ष अघिदेखि नै चलिरहेको छ।

यस ‘वाच सर्भिस’ सेवाले फेसबुक प्रयाकर्तालाई धेरै विकल्प दिने बताइएको छ। प्रयोगकर्ताले यस सेवामार्फत आफूले चाहेको कार्यक्रमहरु छानेर हेर्न सक्छन्।

यसमा ठुला ब्राण्ड साथै नयाँ रुचाइएका भिडियो दुवै हेर्न सकिन्छ। यसबाहेक यस सेवामार्फत न्यूज फिडमा सेभ गरिएका भिडियो क्लिपहरु पनि हेर्न सकिनेछ। फेसबुकका अनुसार दर्शकले जुन भिडियोलाई धेरै रुचाउँछन्, त्यसले विज्ञापन समेत पाउनेछ।

यसले उनीहरुको आय आर्जनमा सहयोग पु¥याउनेछ। अहिलेसम्म फेसबुकमा प्रख्यात पब्लिसरले मात्र यो सुविधा पाइरहेका छन्।

सुरुवाती चरणमा वेलायत, अमेरिका, आयरल्याण्ड, अष्ट्रेलिया र न्यूजिल्याण्डमा मात्र यस भिडियो सेवाको सुविधा दिइने फेसबुकले जनाएको छ। भिडियोबाट हुने फाइदा फेसबुक पेज, ग्रुप अथवा पब्लिसर तथा फेसबुक दुवैलाई बाँडिनेछ।

फाइदा भिडियो निर्माताले ५५ प्रतिशत पाउनेछन् भने फेसबुकले ४५ प्रतिशत पाउनेछ। फेसबुकले बुधबारनै यस सेवा कहिलेबाट लागू हुने भन्नेबारे सार्वजनिक गर्ने योजना बनाएको थियो। तर यस जानकारी लिक भएका कारण फेसबुकले केही दिनमा यस सेवा लागू हुने मिति घोषणा गर्नेछ।

युट्यूबलाई चुनौती

फेसबुकको यस ‘वाच सर्भिस’लाई यूट्यूबको प्रतिद्वन्द्वी मानिएको छ। यद्यपि जानकारहरुले फेसबुकको नयाँ भिडियो सेवा युट्युबको मात्र प्रतिद्वन्द्वी नभइ टेलिभिजन च्यानल, अनलाइन आउटलेट जस्तै नेटफ्लिक्स, अमेजन भिडियो, बीबीसी आइ प्लेयर साथै फेसबुककै आफ्नो इन्स्टाग्राम टिभीलाई यसले टक्कर दिने बताइएको छ।

 

गत हप्ता एक अध्ययनले अमेरिकामा एक वर्षअघि सुरु भएको यस सेवाले अमेरिकीलाई सुरुवाती वर्षमा मात्र आकर्षण गर्न सकेको बताएको थियो। डिफ्यूजन समूहले १ हजार ६ सय ३२ वयस्क फेसबुक प्रयोगकर्तासँग यसबारे प्रश्न गरेका थिए। जसमध्ये ५० प्रतिशतले यस सेवाको बारेमा थाहा नभएको बताए। २४ प्रतिशतले थाहा पाएको बताएपनि सेवाको प्रयोग नगरेको बताए। यस्तै १४ प्रतिशतले मात्र एक पटक यस सेवाको प्रयोग गरेको बताएका थिए। यद्यपि अर्को अध्ययनले फेसबुकको वाच सर्भिसबाट केही कार्यक्रम लाखौले हेरेको बताएको छ। फेसबुक भिडियोका उप–प्रमुख फुड्जी सिमोले भने, ‘भिडियो सामग्रीको बारेमा तपाईं आफ्नो साथी, अन्य प्रयोगकर्ता तथा भिडियोको निर्मातासँग समेत कुरा गर्न सक्नुुहुन्छ।

अन्तक्र्रियाको उपयुक्त माध्यम

फेसबुकले आफ्नो नयाँ सेवा अन्तक्र्रियाको उपयुक्त माध्यम बन्ने दावी गरेको छ। फेसबुक भिडियोका उप–प्रमुख फुड्जी सिमोले भने, ‘भिडियो सामग्रीको विषयमा तपाईं आफ्ना साथी, अन्य प्रयोगकर्ता तथा भिडियोको निर्मातासँग कुराकानी गर्न सक्नुहुन्छ।’

सिमोले यस वाच सर्भिसका लागि केही सर्त हुनुपर्ने उल्लेख गरेका छन्।

–निर्माताले तीन मिनेटको भिडियो बनाउनु पर्नेछ।
–दुई महिनाभित्र तीस हजारले कम्तिमा भिडियो एक मिनेट हेर्नुपर्नेछ।
–निर्मातालाई दश हजारले फ्लो गरेको हुनुपर्नेछ।
–निर्माताको कार्यालय एड ब्रेक सुविधा भएको देशमा हुनुपर्नेछ।

यस सुविधाले स्वतन्त्र भिडियो निर्मातालाई फाइदा हुने बताइएको छ। भिडियो निर्माताहरु युट्युबको नियमले हैराइ भइरहेको समयमा फेसबुकले उनीहरुका लागि अवसर खडा गरिदिएको छ। युट्युबले आफ्नो विज्ञापन युट्युबका भिडियोमा हालेपछि उनीहरु कमाइको अन्य विकल्प खोजिरहेको अवस्थामा फेसबुकको यस सेवाबाट उनीहरु लाभान्वित हुनेछन्। फेसबुले फ्रान्स, जर्मनी, नर्वे, मेक्सिको र थाइल्याण्डमा सेप्टेम्बरमा एड ब्रेकको सुविधा दिइसक्ने बताएको छ। विस्तारै यो सुविधा अन्य देशहरुमा पनि स्थापित हुनेछ।

(एजेन्सीको सहयोगमा) 

प्रकाशित १४ भदौ २०७५, बिहिबार | 2018-08-30 14:32:18
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।