Max TV
Max TV

रेडियो नेपाल अब मोबाइल एप्सबाट विश्वभर सुन्न सकिने


Kshamadevi Group


रेडियो नेपाल अब मोबाइल एप्सबाट पनि विश्वभर सुन्न सकिने भएको छ।

एण्ड्रोइड भर्सनको मोबाइलमा उपयोग गर्न सकिने एप्स शुक्रबाररेडियो नेपालमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सार्वजनिक गरे।

सञ्चारमन्त्री बास्कोटाले सरकारको आधिकारिक विषय सार्वजनिक गर्न रेडियो नेपालको मोबाइल एप्स सहयोगी सावित हुने विश्वास व्यक्त गरे। ‘रेडियो नेपालले सकारात्मक कुरा पठाउनुपर्छ, नकारात्मक कुरा होइन, दिग्भ्रमित गर्ने विषयको आयु छोटो हुन्छ,’ उनले भने, ‘यो संस्थाले राष्ट्रको प्रतिनिधित्व गर्छ, यसैले रेडियो नेपालले सरकारको मात्र नभई सबैको सही सूचना सम्प्रेषण गर्नुपर्छ।’

रेडियो नेपालमा स्वर परीक्षा नलिइ समाचार वाचन र कार्यक्रम चलाउन नदिन उनले निर्देशन दिए। महङ्गो पर्ने भए पनि गुणस्तरीय प्रविधि ल्याएर काम गर्नुपर्नेमा उनको जोड थियो।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले प्रसारण पहुँच नपुगेका स्थानमा मोबाइल एप्स प्रयोग गरी इन्टरनेट र वाइफाइका माध्यमबाट सुन्न सकिने बताए। एप्सबाट तीन वर्षअघिदेखिको अडियो सुन्न सकिने जनाइएको छ। हाल २१ भाषामा प्रसारण भइरहेको रेडियो नेपालमा केही प्रदेशबाट भाषा थपको माग आएको उनले जानकारी दिए।

नायब कार्यकारी निर्देशक अशोक बाँस्कोटाले रु पाँच लाखको लागतमा मोबाइल एप्स तयार भएको जानकारी दिए। रेडियो नेपालले कतिले सुन्छन् भन्ने वास्तविक तथ्य पत्ता लगाउन प्राविधिक सर्वेक्षणसमेत गर्ने तयारी गरिरहेको जानकारी पनि उनले गराए।

विसं २०५२ देखि अनलाइनमा गएको रेडियो छिट्टै डिजिटल प्रविधिमा जाने जनाइएको छ। आइफोन चलाउनेका लागि छिट्टै आइओएस प्रविधिको अर्को एप्स ल्याइनेछ। इष्ट लिङ्क डेभलपर कम्पनीले मोबाइल एप्स निर्माण गरेको हो।

प्रकाशित १ भदौ २०७५, शुक्रबार | 2018-08-17 17:16:53
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।