Max TV
Max TV

रुसी ह्याकरले इन्स्टाग्राम ह्याक गरेको विश्वभरका प्रयोगकर्ताको आरोप


Infocus


सामाजिक सञ्जाल इन्स्टाग्रामका प्रयोगकर्ताले आफ्नो एकाउन्ट ह्याक भएको विश्वभरबाट जानकारी दिएका छन्।

NIC ASIA

उनीहरुले रुसी ह्याकरहरु एकाउन्ट ह्याकमा संलग्न रहेको पनि आरोप लगाएका छन्। एकाउन्ट खोल्न खोज्दा पासवर्ड, इमेल एड्रेस तथा प्रोफाइल पिक्चर परिवर्तन भएकोे पाएपछि विश्वभरका प्रयोगकर्ताले आफ्नो एकाउन्ट ह्याक भएको भन्दै इन्टाग्रामको कार्यलयलाई खबर गरेका छन्।

उनीहरुले एकाउन्टमा रुसको भाषा, तथा रुसी संस्थाको मेल एड्रेस भेटेका कारण, रुसी ह्याकर यस्ता कार्यमा संलग्न भएको आशंका गरेका छन्। इन्स्टाले त्यस्ता सूचना पाउनासाथ विश्वभरका प्रयोगकर्तालाई उनीहरुको एकाउन्ट रिकभर गर्दै नयाँ पासवर्ड पनि पठाएका छन्। ह्याकरहरुले इन्स्टाका एकाउन्ट किन ह्याक भए त्यसको उद्देश्य पत्ता लगाउन सकेका छ्रैनन्। यसमा उनीहरुले अनुसन्धान गरिरहेका छन्। ट्वीटरका प्रयोगकर्ता एली स्कार्पाले यसै महिना अगस्टको सुरुवातमा पहिलो पटक आफ्नो एकाउन्ट ह्याक भएको खबर इन्स्टा कार्यालयलाई जानकारी गराएका थिए।

उनले भनेका छन्, ‘केही रुसी ह्याकरहरुले मेरो इन्स्टा ह्याक गरिदिएका छन्। मैले यसको सूचना इन्टा कार्यालयलाई पठाउन खोजे तर सम्भव भएन।’ स्कार्पाले आफ्नो पासवर्ड, प्रोफाइल पिक्चर परिवर्तन हुनाका साथै आफ्नो आइडी मेल आर यूमा परिवर्तन भएको पाएको जानकारी दिए। साथै उनले रुसी भाषामा केही सन्देश लेखिएको पनि जनाएका छन्।

गत शनिबारमात्र ४५ सय फलोवर भएको क्रिस्टा नामको एकाउन्ट आफै लगआउट भएको पाइयो। उनले त्यसमा आफ्नो एकाउन्ट लगइन गर्न खोज्दा पहिलेको घटनाजस्तै आफ्नो प्रोफाइल पिक्चर, पासवर्डसहित आइडी परिवर्तन भएको पाइन्। उनको आइडी पनि मेल डट आरयू परिवर्तन भएको थियो। डिजिटल मिडिया वेभसाइटसम्बन्धी अध्ययन गर्ने एक संस्था म्यासेबलको एक प्रतिवेदनले यही महिना अगस्टमा ७ सय ९८ पटक ‘ह्याक’ शब्दको प्रयोग भएको बताएको छ। गत महिना उक्त शब्द ४० पटक प्रयोग भएको पाइएको छ। यसैगरी विश्वको सबैभन्दा भरपर्दो सर्च इन्जिन मानिएको गुगलमा ‘ह्याक इन्टाग्राम’ भनेर विश्वभरबाट खोजिएको पनि देखिएको छ।

रुसी ह्याकर संलग्नताको प्रमाण

रुसी ह्याकरले इन्स्टाग्राम एकाउन्ट ह्याक गरेको भनेर पुष्टि नभएपनि यो कार्य रुसकै हुनसक्ने आशंका गरिएको छ। प्रयोगकर्ताको पासवर्ड, प्रोफाइल पिक्चर परिवर्तनहुँदा इमेल परिवर्तन भएर सबैको आइडी मेल.आरयू हुनुलाई संकास्पद मानिएको छ। किनभने यस इमेल.आरयू रुसी भाषाको इमेल होस्टिङ सर्भिस हो। तर उनीहरुले सुरक्षित मानिएको इन्स्टाग्राम कसरी ह्याक गर्न सके अझै खुल्न सकेको छैन।

यसअघि रुसले फेसबुक ह्याक भएर कयौँ महत्वपूर्ण सूचना चोरी गरेको पनि खबरहरु आएका थिए। तर रुसले सधंै त्यस्ता आरोपहरु गलत भएको भन्दै त्यसको खण्डन गर्दै आएको छ।

प्रकाशित ३० साउन २०७५, बुधबार | 2018-08-15 14:54:20
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • मौलाना खुर्सिद आलम अन्सारी

    सुनसरीका माैलाना खुर्सिद, जसले चार जना भारतीय आतंककारीलाई नेपाली नागरिकता दिलाए

    इन्डियन मुजाहिद्दिनका ४ लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको पत्ता लागेको ४ वर्षपछि सुनसरी भुटहाका माैलाना...

  • अलिबाबाको चमत्कारपछि चिनियाँ भन्छन्ः पैसा हुनुपर्छ, चीनमा नपाइने केही छैन

    सन् १९९५ मा शाङ्हाइमा पहिलोपटक इन्टरनेट जोडिएपछि चीनमा प्राविधिक क्रान्ति नै शुरू भयो। त्यसको अगुवाइ गर्ने व्यक्ति थिए, हाङ्चौका वासिन्दा एवं बियर...

  • साउदी अरब

    साउदी अरबमा ‘एक्जिक्ट पर्मिट’ को रकममा तीन गुणा वृद्धि

    यसअघि थप समय बस्नका लागि २ हजार ३ सय रियाल अर्थात् करिब ७२ हजार ४ सय ५० रुपैयाँ तिरेर पत्र लिनुपर्ने व्यवस्था थियो। सरकारले उक्त रकम बढाएर अहिले ७...

  • रिक्सा राज र सद्दे नभेटिने गाडी

    अरु कुरामा बंगलादेश हामी (नेपाल) भन्दा अघि रहेपनि ट्राफिक नियम उल्लंघन नगर्नेमा चाहिँ हामीले बंगलादेशलाई जितेका रहेछौँ।