Max TV
Max TV

फेसबुक र इन्स्टामा कति समय बिताउने? अब आफैँ तय गर्न सकिने


Kshamadevi Group


फेसबुक र इन्स्टा
फेसबुक र इन्स्टा

सामाजिक सञ्जाल हाम्रो दैनिक गतिविधिको अभिन्न अंग बनिसकेको छ।

सार्वजनिक यातायातमा यात्रा गर्दा होस् अथवा कामकै बेला फेसबुक र इन्स्टाग्राममा झुन्डिनेको संख्या विश्वमै ठूलो छ। सबैलाई थाहा छ। यसले हाम्रो महत्वपूर्ण समय बर्बाद गरिरहेछ। यसले मानसिक रुपमा असर गरेको थाहा पाए पनि याे लत छुटाउन सकिरहेका छैनौं।

अब फेसबुक र इन्स्टाग्रामले यी कुराहरुलाई मध्य नजर गर्दै चाँडै एक नयाँ फिचर आफ्नो एप्लिेकेसनमा समावेश गर्दैछन्। यो फिचरले प्रयोगकर्ताको बानीमा सुधार ल्याउने अपेक्षा छ। सो फिचरको सहयोगमा फेसबुक र इन्स्टामा कति समय बिताउने भनेर तय गर्न सकिनेछ। याे फिचरले स्क्रोलिङ तथा सामाजिक सञ्जालमा कति समय बिताउने समय निश्चित गर्ने विकल्प दिनेछ। 

१, २, ३ भनेर त्यहाँ विकल्पहरु राखिएका हुन्छन्। अथवा हामी आफैँले चाहिएको समय राख्न सकिनेछ। तय भएको समय सकिएसँगै हामीलाई नोटिफिकेसन मार्फत खबर आउनेछ। प्रयाेगकर्तालार्य त्याे नोटिफिकेसन बन्द गर्ने सुविधा पनि हुनेछ। केही समूहले याे फिचर खासै प्रभावकारी नहुने तर्क गरेका छन्। अक्सफोर्ड इन्टरनेट इन्स्टिट्यूटले फेसबुक र इन्स्टाले ल्याउन लागेको यो फिचर ठूलो परिवर्तन ल्याउने बताएको छ।

फेसबुक र इन्स्टामा यो सेवा कसरी सुचारु गर्ने ?
इन्स्टाग्राममा यस फिचरलाई सुचारु गर्न सेटिङमा गएर ‘योर एक्टिभिटी’ मा क्लिक गरेपछि आफूले त्यसमा आफ्नो समय तय गर्न सकिनेछ। यसैगरी फेसबुकमा यो फिचर प्रयोग गर्न सेटिङमा गई ‘योर टाइम अन फेसबुक’ क्लिक गरेपछि समय तय गर्न सकिनेछ। डिसेम्बर २०१७ मा फेसबुकले एक ब्लगमा धेरै समय सामाजिक चलाउँदा हुने बेफाइदाको वारेमा जानकारी दिएको थियो। त्यतिबेलै फेसबुकले यस प्रविधिको विकास गर्ने घोषणा गरेको थियो।

 

प्रकाशित २० साउन २०७५, आइतबार | 2018-08-05 12:25:38
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।