Max TV
Max TV

काठमाडौंमा अन्तर्राष्ट्रिय सूचना तथा संचार प्रविधि सम्मेलन हुने



यही असार ३ र ४ गते काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको सूचना तथा संचार प्रविधि सम्मेलन आयोजना हुने भएको छ।


कम्प्युटर एशोसिएशन नेपाल महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय स्तरको सूचना तथा संचार प्रविधि सम्मेलन गरिने जानकारी दिएको हो।

देशका विभिन्न भागमा स्मार्ट सिटी बनाउने सरकारको परिकल्पनालाई आवश्यक सुझाव दिने उद्देश्यका साथ सूचना र प्रविधिसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको महासंघका महासचिव रञ्जित पोदारले बताए।

२ दिनसम्म चल्ने सम्मेलनमा चीन, भारत, मलेसिया, सिंगापुर, श्रीलंका, बंगलादेश, दक्षिण कोरिया, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका विषयगत विज्ञहरु सहभागी हुनेछन्। अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्नेे सम्मेलनमा स्थानीय र प्रदेश सरकारका प्रतिनिधिहरुको पनि उल्लेख्य सहभागिता हुने अपेक्षा गरिएको छ।

सम्मेलनले नेपाललाई आधुनिक सूचना प्रविधिको क्षेत्रबारे विस्तृत जानकारी दिने महासंघको दावी छ।

 

प्रकाशित २८ जेठ २०७५, सोमबार | 2018-06-11 15:31:55
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...

  • परीक्षाकै सूचना हराएको त्रिवि

    पत्रकारिता तेस्रो सेमेस्टर अन्तिम परीक्षा आइरहेकाले भर्खरै बिग्रिएको मोबाइलको डिस्प्ले बनाउन मन लागेन।

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...