Max TV
Max TV

सपनालाई चलचित्रझैँ कहिले रेकर्ड गर्न सकिएला?


Infocus


फिल्म इन्सेप्सनको एक दृश्यमा मरियन कोटिल्लार्ड र लियोनार्डो डिक्याप्रियो
फिल्म इन्सेप्सनको एक दृश्यमा मरियन कोटिल्लार्ड र लियोनार्डो डिक्याप्रियो
NIC ASIA

लगभग हामी सबै नै रातमा चारदेखि आठ ओटा सपना देख्छौँ र सपना समाप्त भएको १० मिनेटपछि ९० प्रतिशतजति बिर्सिन्छौँ।

‘सपना बिर्सिनका लागि देखिन्छ,’ युनिभर्सिटी डे मोन्टरियलका मनोविज्ञान प्राध्यापक एन्टोनियो जाद्रा भन्छन्, ‘सपनाको अनुभवलाई यथार्थमा मिसमास नपार्नु निकै महत्वपूर्ण हुन्छ।’

विज्ञहरु बताउँछन्, धेरैजसो याद राख्न नसके पनि सपना देख्नु निकै महत्वपूर्ण छ। अन्य विज्ञ सपना महत्वपूर्ण छ भन्ने कुरामा सहमत हुँदैनन्। ‘अनुसन्धानकर्ताहरुबीच सपनाको कामबारे एकमत छैन, बरु थुप्रै प्रतिस्पर्धात्मक सिद्दान्त छन्,’ हर्वार्ड मेडिकल स्कुलकी प्राध्यापक डेड्री ले ब्यारेट बताउँछिन्।

सिगमण्ड फ्रायडले दाबी गरेका थिए, सपनाले हामीलाई पूरा नभएका चाहना पूरा गर्ने अनुमति दिन्छ। हार्वार्ड मेडिकल स्कुलकै रोबर्ट स्टिकगोल्डको मतमा सपनाले ‘हामीलाई एउटा प्रयोगात्मक ढाँचाभित्र घटना र तिनका परिणाम परिकल्पना गर्ने मौका दिन्छ।’

हार्वार्ड विश्वविद्यालयका मनोवेत्ता जोन एलेन हब्सन र रोबर्ट म्याक्कर्लीले भने ‘एक्टिभेसन सिन्थेसिस’ को परिकल्पना अघि सारेका छन्। जसको अर्थ वास्तवमा हामी सपनै देख्दैनौँ। बरु हामी जेलाई सपना भन्छौँ त्यो त सुतेको बेला उत्पन्न भएका अनेकौँ विद्युतीय संवेगहरुका माझ ब्युँझँदा हाम्रो दिमागले चेतना खोज्ने प्रयास गरेको हो।

कतिपयले छोटो अवधिका स्मृतिलाई लामो अवधिको स्मृतिमा सार्ने प्रक्रिया सपना भएको तर्क गरेका छन्। कतिपय वैज्ञानिकहरु चाहिँ हामीले प्राप्त गर्ने अत्याधिक सूचनालाई तह लगाउने माध्यमका रुपमा सपनाको व्याख्या गर्छन्।

सपना जे भए पनि हाम्रो दिमागले सिर्जना गर्ने यी स्वप्निल संसारबाट भने मानिसहरु पहिलेदेखि नै मोहित भएका छन्। थुप्रै मानिस सपनाका कुरा मात्र लेख्न ‘ड्रिम जर्नल’ राख्ने गर्छन्। कोही महत्वपूर्ण निर्णय लिन सपनालाई मार्गदर्शनका रुपमा लिने गर्छन् भने कोही सपना देखिरहँदा त्यसलाई नियन्त्रण गर्ने प्रयास गर्छन्।

र प्राविधिको विकाससँगै धेरै मानिस सपनालाई रेकर्ड गर्न लालायित भएका छन्। वैज्ञानिकहरु पनि सपना रेकर्ड गर्ने प्रयासमा छन्। ‘हामी सहस्राब्दीदेखि सपनाबाट मोहित भइरहेका छौँ र अहिले आएर हामी यसबारेमा केही गर्न सक्ने भएका छौँ,’ नर्थवेस्टर्न युनिभर्सिटीका मोरान सर्फ भन्छन्।

सपना कसरी रेकर्ड गर्न सकिन्छ त?
‘हामी बिर्सिनकै लागि सपना देख्छौँ,’ वैज्ञानिक फ्रान्सिस क्रिकले लेखेका छन्। तर यसलाई बिर्सिनुनपर्ने भए चाहिँ? चिट्ठा हात पारेको, मनपर्ने सेलिब्रेटी भेटेको, आकाशमा उडेको कुराहरुलाई फेरि देख्न पाए कस्तो हुन्थ्यो? विश्वभरका वैज्ञानिक सपनाको सामग्री, बिम्ब, हलचल र आवाजलाई खुट्याउने प्रविधिको विकास गर्न लागिपरेका छन्।

एक स्वतन्त्र अनुसन्धानकर्ता तथा ‘द लुसिड ड्रिम मेनिफेस्टो’ का लेखक डेनियल ओल्डिस अस्टिनस्थित युनिभर्सिटी अफ टेक्सासका डेविड एम स्चिनरसँग मिलेर सपनामा हुने गतिविधि र बोलचाली रेकर्ड गर्ने कार्यमा जुटेका छन्। सो युनिभर्सिटीमा स्चिनरले ‘कग्निटिव न्युरोसाइन्स ल्याब’ सञ्चालन गरेका छन्, जसले इलेक्ट्रोमायोग्राम (इएमजी) को सहयोगमा निदाएको बेला मांसपेशीसम्म पुग्ने स्नायु संवेगको मापन लिन्छ।

‘सपना देखिरहँदा हामी वास्तवमा हलचल नगरे पनि स्नायु संवेग भने मांसपेशीसम्म पुगिरहेको हुन्छ,’ ओल्डिस भन्छन्, ‘हात, गोडा र चिउँडोमा लगाइएको इलेक्ट्रोड्सले त्यसको माप लिन सक्छ।’

त्यस्तै ओल्डिस र सो ल्याबले ओठ र घाँटीमा इलेक्ट्रोड्स राखेर सपनाको बोलीचालीलाई पनि खुट्याउने कोसिस गरिरहेका छन्।

‘हरेक अध्ययनमा दुई विद्यार्थीलाई प्रयोग गरिन्छ। सुत्नुअघि उनीहरुलाई अंग्रेजीका ध्वनि उच्चारण गर्न लगाइन्छ,’ ओल्डिस भन्छन्। र उनीहरुको मांसपेशीको गतिविधि माप गरिन्छ। यसलाई उदाहरणका रुपमा लिएर सपनामा उनीहरुले बोल्दा मांसपेशीको हलचल मापन गरेर उनीहरुले के बोले भन्ने खुट्याइन्छ।

यसमा सहभागीले देखेको सपना र उसको स्मृति तथा यन्त्रले लगाएको अर्थबीचको फरक छुट्याउनु अनुसन्धानकर्ताहरुका लागि मुख्य चुनौती हुने पनि ओल्डिस बताउँछन्।

उता जापानको क्योटो युनिभर्सिटीका प्राध्यापक युकियासु कामितानी चाहिँ सपनामा देखिएका आकृतिहरु खुट्याउन लागिपरेका छन्। उनले हालै एफएमआरआइ (फंक्सनल म्याग्नेटिक रिजोनेन्स इमेजिङ, जसले रक्तप्रवाहको अध्ययन गरेर दिमागको गतिविधि पत्ता लगाउँछ) को प्रयोगबाट जागै रहेका मानिसको दिमागमा उत्पन्न हुने आकृतिसम्बन्धी एक अध्ययन प्रकाशित गरेका छन्।

‘यो विधिलाई सहभागीको भ्रान्ति, सपनाजस्ता कुराहरुको पुनर्रचना गर्न प्रयोग गर्न सकिन्छ,’ कामितानी भन्छन्।

हामी निदाउँदा र जागै रहँदा समेत हाम्रो दिमागमा उही ढाँचाबाट दृश्यहरु उत्पन्न हुन्छन् भन्ने उनको अध्ययनको निष्कर्ष छ। यसले सैद्दान्तिक रुपमा सपनामा के देखियो भन्ने अनुमान गर्न वैज्ञानिकहरुलाई अनुमति दिएको छ।

अर्कोतिर सर्फ र उनको टोली पनि दिमागको शल्यक्रिया गरिएका बिरामीहरुमा दिमागमै इलेक्ट्रोड्स राखेर त्यसको गतिविधि नियालिरहेका छन्। ‘यो अध्ययनबाट हामी तिमीले आफ्नो आमा र बुबाको बारेमा सपना देख्यौ भन्न त सक्छौँ तर तिम्रो आमाले कस्तो कपडा लगाएकी थिइन् भन्ने चाहिँ स्पष्ट भन्न सक्दैनौँ,’ सर्फ भन्छन्।

‘हाम्रो उद्देश्य भनेको यी सबै पक्षहरुलाई जोडेर सपनाको बारेमा एक चलचित्र बनाउने हो,’ ओल्डिस भन्छन्।

भविष्यको सपना
सपना रेकर्ड गर्ने कुरा साइन्स–फिक्सन फिल्मजस्तो लाग्छ तर मनोरञ्जनभन्दा अझ बढी मानेर हेर्ने हो भने यसका धेरै फाइदा हुनसक्छन्। ‘सपनाको अध्ययन गरेर हामी आफैँबारे धेरै कुरा जान्न सक्छौँ,’ ब्यारेट भन्छिन्।

तर सपनाको बढी व्याख्या गरिने वा यसैमा परिने खतरा रहेको पनि स्टिकगोल्ड चेताउँछन्।

सपना रेकर्ड गर्न सफल भए त्यसलाई सजिलै ह्याक गर्न पनि सकिनेप्रति सर्फ सचेत छन्। सायद विज्ञापनदाताहरुले तपाईं सुतेको बेला सुक्ष्म सन्देश पठाएर तपाईंलाई लोभ्याउन सक्नेछन्। आफ्नो ब्लकबस्टर फिल्म ‘इन्सेप्सन’ मा क्रिस्टोफर नोलन यसको उत्तर खोज्न सक्थेः के तपाईं कोलगेट वा एप्पलका उत्पादन किन्ने मनसाय लिएर ब्युँझने सम्भावना छ?

ओल्डिस यसलाई अझ एक कदम अगाडि लैजान्छन्, ‘यदि तपाईं आफ्नो सपना रेकर्ड गर्न सक्नुहुन्छ भने अरुले तपाईंको सपना रेकर्ड गर्नबाट के ले रोक्नसक्छ?’

के साँच्चै भविष्यमा सोधपुछ र अनुसन्धानका क्रममा सूचनाका लागि कैदीको सपना ह्याक गर्ने दिन आउला?

हामी आफ्नो सपना कहिलेबाट रेकर्ड गर्न सक्छौँ?
‘एलेक्सा, रातीको सपना रिप्ले गर त!’ यो कुरा अहिले अविश्वसनीय सुनिन सक्छ। तर सायद यो प्रविधिको भविष्य यस्तो हुनसक्छ। यद्यपि अझै हामी यसबाट वर्षौँ टाढा छौँ।

बरु यथार्थसँग निकट कुरा के हो भने एउटा यस्तो यन्त्र बन्नसक्छ, जसले तपाईंले सपना देखेको र त्यसको सामान्य विषयवस्तु चाहिँ बताउन सक्छ। यस्तो यन्त्र केही महिनादेखि वर्षदिनभित्रै देख्न सकिने सर्फ दाबी गर्छन्। यद्यपि यसले कुनै दृश्य रेकर्ड गर्नसक्ने छैन।
यस्तो यन्त्र निर्माणमा गुगल, माइक्रोसफ्टजस्ता कम्पनी लागिपरेको पनि जानकारी छैन।

ओल्डिस र अरुहरु एक वा दुई दशकपछि सपनालाई पूरा चलचित्रझैँ रेकर्ड गरेर हेर्न सकिने विश्वास गर्छन्।

ओल्डिसको परिकल्पनामा उपभोक्ताले परिष्कृत उत्पादनका रुपमा मसल–सेन्सरयुक्त कपडा र टोपी लगाएर सपनाको गतिविधि र बोलीचाली रेकर्ड गर्न सकिनेछ। त्यस्तो टोपीले दृश्य रेकर्ड गर्नेछ। ती सबै तथ्यांकलाई प्रशोधन गरेर स्वप्न चलचित्रका रुपमा तपाईंको कम्प्युटर वा फेसबुकमा स्ट्रिम गर्न सकिनेछ, ताकि तपाईंका सबै साथीहरुले त्यसलाई हेर्न र सेयर गर्न सकून्।

यस्तो रेकर्डिङले आकर्षक सम्भावना देखाउँछ तर अहिलेलाई भने यो कुरा अप्राप्य सपना मात्रै हो। सिएनएन

प्रकाशित २२ चैत २०७४, बिहिबार | 2018-04-05 17:05:59
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • रक्सौल-काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनका लागि भएको सहमति पत्र आदान-प्रदान

    जम्मु-कश्मीरमा रेलमार्ग बनाउने कम्पनीलाई रक्सौल-काठमाडौं रेलमार्गको जिम्मा

    भारतको आर्थिक लागतमा निर्माण हुने यो रेलमार्गको निर्माण चाहिँ भारतीय रेल मन्त्रालय अन्तर्गतको ‘इष्ट सेन्ट्रल रेलवे’ ले गर्नेछ। कोंकणलाई पूर्व...

  • जयपुरी (बायाँ) र ओनसरी २०७४ को निर्वाचनमा बामगठबन्धनको विजयपछि

    रोल्पाका दुई नेतृलाई फापेको एमाले-माओवादी एकता

    पहिलो संविधान सभा कालमा दुबै जना छोटो समयका लागि मन्त्री बने। ओनसरी युवा तथा खेलकुद मन्त्री बनिन् भने जयपुरी महिला बालबालिका तथा समाज कल्याणमन्त्री।

  • मौलाना खुर्सिद आलम अन्सारी

    सुनसरीका माैलाना खुर्सिद, जसले चार जना भारतीय आतंककारीलाई नेपाली नागरिकता दिलाए

    इन्डियन मुजाहिद्दिनका ४ लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको पत्ता लागेको ४ वर्षपछि सुनसरी भुटहाका माैलाना...

  • अलिबाबाको चमत्कारपछि चिनियाँ भन्छन्ः पैसा हुनुपर्छ, चीनमा नपाइने केही छैन

    सन् १९९५ मा शाङ्हाइमा पहिलोपटक इन्टरनेट जोडिएपछि चीनमा प्राविधिक क्रान्ति नै शुरू भयो। त्यसको अगुवाइ गर्ने व्यक्ति थिए, हाङ्चौका वासिन्दा एवं बियर...