Max TV
Max TV

बेइजिङले दियो चालक रहित कारलाई अस्थायी लाइसेन्स




बेइजिङको सडकमा चालक रहित कार
बेइजिङको सडकमा चालक रहित कार
सिन्ह्वा

बेइजिङले पहिलो चालक रहित कारलाई बिहिबार सडकमा परिक्षण ड्राइभ गर्न अस्थाइ लाइसेन्स प्लेट दिएको छ।

NIC ASIA

चालक रहित कार परिक्षण ड्राइभका लागि चीनको राजधानी बेइजिङले पाँचौं रिङरोड बाहिरका ३३ वटा सडकमा १०५ किलोमिटर सडक छुट्टयाएको छ।

सिन्ह्वाका अनुसार गुगललाई टक्कर दिँदै चीनको इन्टरनेट कम्पनी पाइतुले निर्माण गरेको चालक रहित कार बिहिबार बेइजिङमा पहिलो पटक परिक्षण ड्राइभ गरिएको हो।

तोकिएको क्षेत्रमा पाँच हजार किलोमिटर ड्राइभ गरेपछि मात्र उक्त कारलाई सार्वजनिक साडकमा आउन अनुमति दिइने छ। ३० दिनका लागि दिइएको लाइसेन्स परिक्षण ड्राइभमा सफल भए मात्र नविकरण गरिने छ।

परिक्षण ड्राइभ जाँच गर्न कारमा यन्त्र जडान गरिएको छ।

पाइतुको प्राविधिक निर्देशक ताओ जीका अनुसार सुरक्षा र सडकको नियम पालना गर्नका लागि सुरुमा कारको ड्राइभ गति कम हुनेछ।

‘एक जना ड्राइभरले जसरी ड्राइभिङ स्कुलमा भन्दा सडकमा कसरी राम्रोसँग ड्राइभ गर्ने भनेर सिक्न सक्छ, स्वचालित कारले पनि त्यही गर्नेछ’, बेइजिङ ट्राफिक इन्स्टिच्यूटका अध्यक्ष गुओ जिफुले भने।

प्रकाशित ९ चैत २०७४, शुक्रबार | 2018-03-23 10:31:18
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • काठमाडौँ आइपुग्नासाथ पशुपतिनाथमा बाजपेयी, साथमा मन्त्री वाग्ले (पछाडि) र रतीन्द्र क्षेत्री (दायाँ-कालो भादगाउँले टोपीमा)

    बाजपेयीले नगरकोट रिट्रिट जान नमानेपछि

    मुसर्रफसँग हात मिलाउनु परेको घटनाका कारण आफ्नो भन्दा मुसर्रफको व्यक्तित्व बढेको र आफूले सम्बोधन गर्दैगर्दा धर्मराएको घटनाले बाजपेयीलाई नर्भस बनायो।...

  • काेशी ब्यारेज

    काेशी ब्यारेजलार्इ काेबाट खतरा: अातंककारी समूह कि स्वयं भारत?

    सन् २०१६ को जुलाई महिनामा एउटा खबर भारतीय मिडियामा आयो। त्यसको सारांश थियो, ‘कोशी ब्यारेज बमले उडाउने अन्तर्राष्ट्रिय आतंकवादी संगठन आईएसको धम्की।’

  • नेपालमा पहिलो पटक म्याच फिक्सिङ सम्बन्धी कानुन, यस्तो हुनेछ सजाय

    नेपालमा पहिलोपटक म्याच फिक्सिङ(खेल मिलोमतो) सम्बन्धी कानुन लागु भएको छ।

  • नख्खु कारागार

    थुनामुक्त भएकाे डेढ वर्षसम्म पनि कारागारमै गौबहादुर

    उनी हरेक दिन आफूलाई लिन आउने परिवारका सदस्यको बाटो रुघेर बस्छन्। ब्लकका अन्य कैदीबन्दीलाई उनी ‘आजै आफू घर जाने’ भनेर सुनाउँछन्। तर, उनलाई लिन कोही...