Max TV
Max TV

कारसहितको 'हेभी' रकेट अन्तरीक्षमा प्रक्षेपण (भिडियाे)




७० मिटर लामो अर्थात २३ तला अग्लो रकेटमा स्टेला कार पनि राखिएको छ।

अमेरिकी उद्यमी इलोन मस्कले 'द फल्कन हेवी' नामको नयाँ रकेट प्रक्षेपण गरेका छन्। अमेरिकाको फ्लोरिडास्थित केन्नडी अन्तरिक्ष केन्द्रबाट स्थानीय सयमअनुसार मंगलबार यो रकेट प्रक्षेपण गरिएको हो।

NIC ASIA

यो त्यहीँ ठाउँ हो जहाँबा पहिलो पटक मानिस चन्द्रमा जान उडेका थिए।

यो रकेटको भार बोक्ने क्षमता ६४ हजार किलोग्राम रहेको छ। यस्ताे गह्राैँ रकेट प्रक्षेपण गरिनुलाइ धेरैले 'क्रेजी' भन्दै टिप्पणी गरेका थिए। तर रकेट सफलतापूर्वक प्रक्षेपण भएकाे छ।

प्रक्षेपण गर्नुपूर्व रकेट

प्रति सेकेन्ड एघार किलोमिटरको दरमा आकाशतिर लागेको यो रकेट निजी कम्पनी 'स्पेसएक्स'ले प्रक्षेपण गरेको हो। आन्ध्र महासागरमाथि हुँदै अन्तरीक्षतर्फ गएको रकेटको प्रक्षेपण हेर्ने करिब दस हजार मानिस फ्लोरिडा पुगेका थिए। जसमा चन्द्रमा पुग्ने दोस्रो व्यक्ति बज एडरिन पनि रहेका थिए। उनी पनि सोही लञ्च प्याडको प्रयोग गर्दै निल आर्मस्टोङसँगै चन्द्रमामा गएका थिए।

सफलतापूर्वक प्रक्षेपण गरिएकाे रकेट

यसअघि ठूलो रकेट सोभियत संघसँग शीत युद्ध चुलिएकाे बेला अमेरिकाले स्याट्रन भी पठाएको थियो।

स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत मस्कले सफलतापूर्वक प्रक्षेपणको संभावना आधा मात्रै रहेको बताउँदै अाएका थिए। ७० मिटर लामो अर्थात २३ तला अग्लो रकेटमा स्टेला कार पनि राखिएको छ। जसको सीटमा अन्तरिक्षयात्रीको पहिरन एकमा हुनेछ।

रकेटभित्र राखिएकाे स्टेलाकाे कार

योजना गरेअनुसार रकेटले सबै चरण सफलतापूर्वक पार गरेमा यो कारलाई सूर्य नजिकैको कक्षमा छाडिने छ। योसँग अन्तरिक्षमा पुग्ने पहिलो कार बन्नेछ।  त्यो स्थान भनेकाे पृथ्वीबाट मंगलग्रह जति नै टाढा हो। स्पेसएक्स र स्टेला दुवै कम्पनी अरबपति व्यवसायी मस्ककै हो।

मस्क फल्कन हेवी जस्तो ठूलो रकेटको प्रयोग मंगलग्रहका अभियानका लागि प्रयोग गर्न चाहान्छन्। २७ इन्जिन रहेको यो ठूलो रकेट बनाउने घोषणा मस्कले सात वर्षअघि गरेका थिए। उनले सन् २०१३ मै यो प्रक्षेपण घोषणा गरेका थिए।

फल्कन एक्सको एक पटको प्रक्षेपणको मूल्य ९ करोड अमेरिकी डलर अर्थात ९ अर्ब १८ करोड रुपैयाँ छ। रकेटको प्रक्षेषणपछि मस्कले नयाँ अन्तरिक्ष दौड शुरु होस् भन्ने चाहेको बताएका छन्।

बीबीसीले तयार पारेकाे भिडियाे

प्रकाशित २५ माघ २०७४, बिहिबार | 2018-02-08 19:41:49
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • चिनी

    भारतीय र पाकिस्तानी चिनीकाे मारमा नेपाली उद्योग

    नेपाल चिनी उत्पादन संघकाअनुसार यो वर्ष नेपालमा गत सिजनमा १ लाख ७४ हजार मेट्रिक टन चिनी उत्पादन भएकोमा उद्योगीसँग हालसम्म १ लाख २४ हजार मेट्रिक टन...

  • जाे जापानबाट फर्काइए

    जापानको अध्यागमनबाटै किन फर्काइए यी पाँच नेता?

    काठमाडौंबाट भिषा लिएर गएकाहरू जापान पुगेर अध्यागमनबाटै यसरी पटक पटक किन फर्काइन्छन्? नेपालखबरले यो प्रश्न काठमाडौंस्थित जापानी दूतावासलाई सोधेको छ।

  • वित्तीय साक्षरता किन?

    जब एक नेपाली जन्मन्छ उसको थाप्लोमा २९ हजार बराबरको ऋण थोपरिन्छ भन्ने जानकारी तीनै तहका जनप्रतिनिधिलाई हुनु आवश्यक छ। यसका लागि वित्तीय साक्षरता...

  • बन्द भएको हेटौँडा कपडा उद्योग

    हेटाैंडा कपडा उद्याेग सञ्चालन गर्न पाँच विकल्प

    हेटौंडा कपडा उद्योग सञ्चालन प्रतिवेदन तयार भएको छ।