Max TV
Max TV

भट्टेडाँडाको इनरुट राडार सञ्चालनमा

नेपाली आकाशमा उडान अझ सुरक्षित




ललितपुरको भट्टेडाँडामा राखिएको इनरुट मोनोपल्स सेकेन्डरी सर्भिलेन्स राडार (इएमएसएसआर) माघ १८ देखि सञ्चालनमा आएको छ। जापानी सहयोग नियोग (जाइका) को ९५ करोड र नागरिक उडड्यन प्राधिकरणको १५ करोड गरी १ अर्ब १० करोडको लगानीमा बनेको इनरुट राडार ललितपुरको भट्टेडाँडामा जडान गरिको हो।

NIC ASIA

भट्टेडाँडाँमा राखिएको इनरूट राडारले २ सय ५० नटिकल माइल रेडियस अर्थात ४ सय ५० किलोमिटर दूरीसम्मको आकाशमा उडेका विमानको निगरानी गर्न सक्ने उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिएका छन्। 

पश्चिममा सुर्खेत र पूर्वका सबैक्षेत्रका विमानलाई यो राडरले समेटन सक्ने प्रवक्ता श्रेष्ठले बताए। यो राडरले नेपालका उच्च हिमाली क्षेत्रलाई भने समेट्न सक्दैन।

‘भट्टेडाँडामा राखिएको राडारले ४ सय ५० किलोमिटर दूरीसम्मको रेडियसमा उडिरहेको विमान, विमानको गति, विमानको अवस्थिति र उचाइ थाहा पाउँछ,’ परियोजना निर्देशक संजीवसिंह कठायतले भने, ‘नयाँ राडार सञ्चालनमा आएपछि उडिरहेका जहाजहरूबीचको दूरी घट्न जाने तथा पाँचदेखि नौ किलोमिटरसम्मको अन्तर राखेर विमानले उडान, अवतरण गर्न सक्ने छ।’

नयाँ राडार जडान गर्नु पूर्व २० देखि २८ किलोमिटर अन्तरमा अन्तर्राष्ट्रिय उडान हुँदै आएको उनले बताए। यो राडार निमार्णका लागि सन् २०११ मा सम्भाव्यता अध्ययन गरेर निमार्ण थालिएको राडार ६ वर्ष लगाएर निमार्ण भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको टर्मिनल राडारले २०० नटिकल माइल अर्थात ३ यस ६० किलोमिटरसम्म निगरानी गर्न सक्छ। यी राडारहरु सञ्चालनमा आउनु पहिले प्राइमरी राडारले ६० नटिकल माइल अर्थात् ८० किलोमिटर सम्म मात्र कभर गर्ने गरेको उनले जानकारी दिए। भट्टेडाँडामा जडित इनरूट राडार र विमानस्थलको टर्मिनल राडारले विमान उडानलाई सुरक्षित र व्यवस्थित बनाउने प्रवक्ताले बताए। यो राडारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवतजावत गर्ने सबै विमानको जानकारी दिन सक्ने प्रवक्ता श्रेष्ठले बताए।

भट्टेडाँडाको इनरूट राडार र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल राडारको मंसिर २ गते परीक्षण भएको प्रवक्ता श्रेष्ठले बताए। संयुक्त राज्य अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेसनबाट आएको जहाजले नयाँ राडार परीक्षण गरेको हो।

प्राइमरी राडार पुरानो भएको र स्पेयर पार्ट्स पनि बिग्रन लागेको हँुदा नयाँ राडार सञ्चालनमा ल्याएको प्राधिकरणले जनाएको छ। नेपाली आकाशलाई सुरक्षित बनाउन सन् १९९७ मा पहिलोपटक जापान सरकारको सहयोगमा ६० नटिकल माइल अर्थात ८० किलोमिटरसम्म निगरानी गर्न सक्ने राडार जडान गरिएको थियो। यो पुरानो राडर नयाँ राडार जडान भए पनि विस्थापन नगर्ने प्राधिकरणले जानकारी दिएको छ।

प्रकाशित १८ माघ २०७४, बिहिबार | 2018-02-01 13:36:30
Max TV
Max TV
Zen Travels

author photo

बबिता तामाङ नेपालखबर संवाददाता हुन्

@BabitaGhising


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • काठमाडौँ आइपुग्नासाथ पशुपतिनाथमा बाजपेयी, साथमा मन्त्री वाग्ले (पछाडि) र रतीन्द्र क्षेत्री (दायाँ-कालो भादगाउँले टोपीमा)

    बाजपेयीले नगरकोट रिट्रिट जान नमानेपछि

    मुसर्रफसँग हात मिलाउनु परेको घटनाका कारण आफ्नो भन्दा मुसर्रफको व्यक्तित्व बढेको र आफूले सम्बोधन गर्दैगर्दा धर्मराएको घटनाले बाजपेयीलाई नर्भस बनायो।...

  • काेशी ब्यारेज

    काेशी ब्यारेजलार्इ काेबाट खतरा: अातंककारी समूह कि स्वयं भारत?

    सन् २०१६ को जुलाई महिनामा एउटा खबर भारतीय मिडियामा आयो। त्यसको सारांश थियो, ‘कोशी ब्यारेज बमले उडाउने अन्तर्राष्ट्रिय आतंकवादी संगठन आईएसको धम्की।’

  • नेपालमा पहिलो पटक म्याच फिक्सिङ सम्बन्धी कानुन, यस्तो हुनेछ सजाय

    नेपालमा पहिलोपटक म्याच फिक्सिङ(खेल मिलोमतो) सम्बन्धी कानुन लागु भएको छ।

  • नख्खु कारागार

    थुनामुक्त भएकाे डेढ वर्षसम्म पनि कारागारमै गौबहादुर

    उनी हरेक दिन आफूलाई लिन आउने परिवारका सदस्यको बाटो रुघेर बस्छन्। ब्लकका अन्य कैदीबन्दीलाई उनी ‘आजै आफू घर जाने’ भनेर सुनाउँछन्। तर, उनलाई लिन कोही...