यस्तो छ चीनले बनाएको विश्वकै ठूलो उभयचर विमान

अग्नि नियन्त्रण, सामुद्रिक उद्धार र सैन्य कार्यका लागि उपयोगी



एजी ६०० विमान
एजी ६०० विमान
सिन्ह्वा

चीनमा जमिन र पानी दुवै स्थानबाट उडान भर्नसक्ने ठूलो उभयचर विमानको पहिलो परीक्षण उडान सफल भएको छ। कुनलोङ नाम दिइएको यो एजी ६०० विमान चीन आफैँले बनाएको हो।

दक्षिणी प्रान्त गुवाङडोङको जुहाइ सहरबाट आइतबार बिहान ९ः३९ बजे पहिलो पटक उडेको सो विमान करिब एक घण्टाको उडानपछि अवतरण गरेको थियो।

परीक्षण उडानको सरकारी सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए। विमान अवतरण गर्दै गर्दा सैन्य धुनका साथ झण्डा हल्लाएर स्वागत गरिएको थियो।

झण्डै बोइङ ७३७ जत्रै आकारको यो विमानमा चार टर्बोप्रप इन्जिन राखिएको छ।

३९.६ मिटर लामो यो विमानको दुवै पखेटाको लम्बाइ भने ३८.८ मिटर छ। सरकारी स्वामित्वको एभियसन इन्डस्ट्री कर्पोरेसन अफ चाइनाले निर्माण गरेको यो विमान करिब १२ घण्टासम्म लगातार उड्न सक्छ। यो विमानले ५० जना मानिस बोक्न सक्छ भने ५३.५ टन तौल उठाउन सक्छ।

तत्कालका लागि यो विमानलाई अग्निनियन्त्रण तथा सामुद्रिक उद्दारमा प्रयोग गरिने जनाइएको छ।

तर यसको सैन्य उपयोगिता पनि निकै फराकिलो छ। खासगरी दक्षिण चीन सागरमा यो विमान चीनका लागि निकै उपयोगी हुने अनुमान गरिएको छ। यो विमान दक्षिण दिशामा चीनले दाबी गरेको जुनसुकै स्थानमा पनि पुग्न सक्छ। त्यसबाहेक अत्यन्त कमजोर धावनमार्ग भएको जमिनमा पनि यसलाई अवतरण गर्न सकिन्छ।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले यसलाई ‘समुद्र, टापु र चट्टानको रक्षक’ भनेको छ। यसले तीव्र गतिमा आधुनिकीकरण भइरहेको चिनियाँ जनमुक्ति सेनाको शक्ति अझ बढाउने विश्वास गरिएको छ।

यससँगै ठूला उभयचर विमान बनाउन सक्ने केही देशहरुको सूचीमा चीन पनि परेको छ।

यो विमान बनाउन करिब ८ वर्ष लागेको थियो।

अहिलेसम्म यस्ता १७ ओटा विमानका लागि चीनभित्रै बाट माग आइसकेको छ।

यद्यपि यो विमान अमेरिकी अर्बपति हावर्ड ह्युजको विमानभन्दा आकारमा सानो हो। उनको स्प्रस गुज नाम दिइएको एच–४ हर्कुलस विमानको पखेटाको लम्बाइ ९७.४५ मिटर थियो। तर त्यो विमानले सन् १९४७ मा मात्र एक पटकका लागि करिब २६ सेकेण्डको उडान भरेको थियो। त्यसपछि कहिल्यै नउडेको सो विमानलाई हाल आरेगनस्थित संग्रहालयमा प्रदर्शनीमा राखिएको छ।

त्यस्तै दोस्रो विश्वयुद्धमा अमेरिकी नौसेनाले प्रयोग गरेको समुद्री विमानको पखेटाको लम्बाइ पनि ६१ मिटर थियो। ग्लेन एल मार्टिन कम्पनीले बनाएको सो विमानले विश्वयुद्धमा सामान ओसारेको थियो। तीमध्ये केहीलाई पछि क्यानडामा आगो निभाउन प्रयोग गरिएको थियो।

उता रुसले बनाएको अर्को उभयचर विमान बेरियभ ए–४० को पनि ४१.६२ मिटर लामो पखेटा थियो। तर यो मोडलको विमान दुई ओटा मात्रै बनाइएको थियो। पहिलो उडान १९८६ मा भरेको सो विमानको उत्पादन नै बन्द गरिएको थियो।

त्यसैले उत्पादन र प्रयोगमा रहेकामध्ये यो सबैभन्दा ठूलो उभयचर विमान बन्न पुगेको छ। एजेन्सी

प्रकाशित १० पुस २०७४, सोमबार | 2017-12-25 12:52:47


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रदेश प्रमुखको शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री देउवा

    देउवा सहभागी प्रदेश प्रमुखको शपथमा ओली र प्रचण्ड किन गएनन्?

    जतिबेला राष्ट्रपति भवनमा प्रदेश प्रमुखहरुको शपथग्रहण कार्यक्रम सकियो, ठ्याक्कै त्यही समय बालकोटमा ओली–प्रचण्डबीचको तीन घण्टा लामो वार्तापनि सकियो।

  • नेपालगञ्जस्थित सोल्टी होटलमा शाह

    एक्लै काठमाडौं फर्के पूर्वराजा ज्ञानेन्द्र शाह

    मध्यपश्चिम र सुदुर पश्चिमको भ्रमण भनिएपनि शाहको यसपटकको भ्रमण धार्मिक–व्यापारिक प्रयोजनका लागि थियो।

  • मुख्यमन्त्री र सभामुख साटासाट गर्न एमालेलाई माओवादी प्रस्ताव

    राष्ट्रिय सभाको सिट संख्या बाँडफाँट टुङ्ग्याएपछि एमाले माओवादी केन्द्रले प्रदेश प्रमुख चयनको गृहकार्य सुरु गरेका छन्। मुख्यमन्त्रीलाई प्रमुख पद...

  • राष्ट्रपतिद्वारा सातै प्रदेश प्रमुखलाई सपथ

    राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नियुक्त भएका साट वटै प्रदेशका प्रदेश प्रमुखहरुलाई शपथ गराएकी छिन्।