Max TV
Max TV

संसारकै सबैभन्दा ठूलो लिथियम-आयोन ब्याट्रीले बिजुली वितरण थाल्यो


Infocus



रोयटर्स

साउथ अष्ट्रेलियामा संसारकै सबैभन्दा ठूलो लिथियम-आयोन ब्याट्रीले विद्युत वितरण थालेको छ। एक सय मेगावाटको सो ब्याट्री टेस्ला कम्पनीले निर्माण गरेको हो।

NIC ASIA

शुक्रबारबाट यसको औपचारिक उद्घाटन गरिएको हो।

पछिल्लो समय साउथ अष्ट्रेलिया विद्युत कटौतीको मार खेपिरहेको थियो। यस विषयलाई लिएर टेस्लाका प्रमुख कार्यकारी एलन मस्कले एक सय दिनभित्र यो समस्या समाधान गर्ने वाचा गरेका थिए। उनले सो अवधिमा ब्याट्री निर्माण पूरा गर्न नसके त्यो ब्याट्री साउथ अष्ट्रेलियालाई सित्तैमा प्रदान गर्ने पनि बताएका थिए।

३० सेप्टेम्बरमा नियामक निकायबाट ब्याट्री निर्माणको अनुमति पाएको टेस्लाले ६० दिनभित्रै काम सम्पन्न गरेको छ।

यो ब्याट्रीले ३० हजार घरलाई एक घण्टासम्म यो ब्याट्रीले विद्युत आपूर्ति गर्न सक्ने बताइएको छ। तर यसलाई विद्युत कटौतीको समस्या समाधानका लागि उपयोग गरिनेछ।

एडिलेडबाट २०० किलोमिटर उत्तरमा रहेको जेम्सटाउनमा सो ब्याट्री प्लान्ट राखिएको छ। यसलाई नियोन नामक फ्रान्सेली उर्जा कम्पनीको हावाबाट विद्युत उत्पादन गर्ने केन्द्रसँग जोडिएको छ।

टेस्लाले कार उत्पादनसँगै ब्याट्री उत्पादन पनि बढाइरहेको छ। एजेन्सी

प्रकाशित १५ मंसिर २०७४, शुक्रबार | 2017-12-01 11:33:44
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...

  • भुटानमा चुनावः थिम्पुको सत्ता नजिक पुगेको नयाँ पार्टी दिल्लीसँग कति टाढा?

    बाह्य विश्वले चासो साथ हेरिरहेको भुटानको अन्तिम चरणको निर्वाचनका लागि बिहीबार मतदान हुँदैछ।

  • पाइलट जाेडी माेनिका र सुरज

    पाइलट जोडीको योजनाः दशैँमा काम, पछि घुमघाम

    दशैँ भन्ने बित्तिकै धेरैको दिमागमा लामो विदा, आफन्तसँगको भेटघाट र उल्लासका दृष्य नाच्छन्। विमानलाई आकाशमा उडाउने पाइलटको कथा भने फरक छ। उनीहरुका...

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्