Max TV
Max TV

रुसले प्रक्षेपण गरेको मौसमसम्बन्धी स्याटेलाइट सम्पर्कविहीन


Infocus



भोस्तोच्नीबाट प्रक्षेपण गरिएको यान
भोस्तोच्नीबाट प्रक्षेपण गरिएको यान
एएफपी

रुसले प्रक्षेपण गरेको नयाँ स्याटेलाइट अन्तरीक्षमा प्रवेश गरेको केही समयपछि सम्पर्कविहीन भएको बताएको छ। रुसको नयाँ भोस्तोच्नी कोस्मोड्रोमबाट प्रक्षेपण गरिएको मौसमसम्बन्धी स्याटेलाइट मंगलबार सम्पर्कविहीन भएको हो।

NIC ASIA

भोस्तोच्नीबाट गरिएको यो दोस्रो मात्रै प्रक्षेपण भएको जनाइएको छ। रुसले मुख्यतया कजाकस्तानको बैकानुर कस्मोड्रोमबाट स्याटेलाइट प्रक्षेपण गर्ने गर्छ।

रुसी अन्तरीक्ष एजेन्सी रोस्कोस्मोसले स्याटेलाइट आफ्नो कक्षमा नरहेका कारण सम्पर्क स्थापित हुन नसकेको बताएको छ।

यो स्याटेलाइट रुसको मौसम एजेन्सीका लागि पाँच वर्षसम्म आवश्यक सूचना प्राप्त गर्न अन्तरीक्षमा पठाइएको थियो।

सो अन्तरीक्षयानमा अन्य सानासाना स्याटेलाइट पनि रहेको रोस्कोस्मोसले जनाएको छ।

भोस्तोच्नीबाट २०१६ को अप्रिलमा पहिलो प्रक्षेपण गरिएको थियो। त्यहीँबाट अगामी डिसेम्बर २२ मा तेस्रो प्रक्षेपणको तयारी भइरहेको छ। एजेन्सी

प्रकाशित १२ मंसिर २०७४, मंगलबार | 2017-11-28 16:28:35
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...

  • भुटानमा चुनावः थिम्पुको सत्ता नजिक पुगेको नयाँ पार्टी दिल्लीसँग कति टाढा?

    बाह्य विश्वले चासो साथ हेरिरहेको भुटानको अन्तिम चरणको निर्वाचनका लागि बिहीबार मतदान हुँदैछ।

  • पाइलट जाेडी माेनिका र सुरज

    पाइलट जोडीको योजनाः दशैँमा काम, पछि घुमघाम

    दशैँ भन्ने बित्तिकै धेरैको दिमागमा लामो विदा, आफन्तसँगको भेटघाट र उल्लासका दृष्य नाच्छन्। विमानलाई आकाशमा उडाउने पाइलटको कथा भने फरक छ। उनीहरुका...

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्