अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसले कति प्रभाव पार्यो? फेसबुकको नयाँ तथ्यांकले यस्तो भन्छ



२०१६ को अमेरिकी राष्ट्रपतिय निर्वाचन प्रभावित पार्न रुसको भूमिका रहेको भनाईलाई बल पुग्नेगरी फेसबुकले नयाँ तथ्यांक सार्वजनिक गरेको छ।

डोनाल्ड ट्रम्पले हिलारी क्लिन्टनलाई पराजित गरेको निर्वाचनमा सामाजिक सञ्जालको माध्यमबाट नतिजा प्रभावित पार्न खोजेको आरोप रुसमाथि लाग्दै आएको थियो।

रुसले भने उक्त आरोपको खण्डन गर्दै आएको छ। तर फेसबुकले भर्खरै सार्वजनिक गरेको तथ्यांकले रुसबाट उत्पादित फेसबुक सामाग्रीले अमेरिकी निर्वाचन प्रभावित पारेको तथ्यलाई बल पुगेको छ।

फेसबुकले सार्वजकि गरेको तथ्यांकमा पछिल्लो दुई वर्षमा १ सय २६ मिलियन अमेरिकन फेसबुक प्रयोगकर्ताहरुले रुसबाट आएका फेसबुक सामाग्रीहरु हेरेका छन्।

राष्ट्रपतिको चुनाव अघि र पछि मात्रै ८० हजार फेसबुक पोस्टहरु रुसबाट अमेरिका लक्षित गरी उत्पादन भएको फेसबुकको भनाइ छ।

अधिकांश ती पोस्टहरुमा सामाजिक तथा राजनैतिक मुद्याको पक्ष र विपक्षमा केन्द्रित थिए। जुन २०१५ देखि अगष्ट २०१७ सम्म राखिएका ती पोस्टहरु रुसका केर्लिम शहरस्थित एक कम्पनीले उत्पादन गर्दै सेयर गरेको फेसबुकले जनाएको छ। एजेन्सी

प्रकाशित १५ कार्तिक २०७४, बुधबार | 2017-11-01 13:20:03


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • मनबीर छन्त्याल

    महिला भलिबलका मानक मानवीर

    मानवीर छन्त्याल अर्थात नेपालकै ठूलो महिला लिग भलिबलका जन्मदाता। उनले सुरु गरेको ढोरपाटन महिला भलिबल लिगको बिहीबार(आज)बाट १३औं संस्करण सुरु भएको छ।

  • प्रदेशका अस्थायी राजधानीमा पनि भागबण्डा!

    मन्त्री परिषद बैठकबाट नियुक्त गरिएका ७ वटा प्रदेश प्रमुखहरु जसरी राजनीतिक भागबण्डाका आधारमा तय गरिए, त्यसैगरी प्रदेशका अस्थायी राजधानी पनि...

  • जाडोमा मुटु जोगाउन यसो गर्नुहाेस्

    जनमानसको सोचाइ के छ भने अलि उमेर पुगेपछि मुटु रोगको जोखिम बढ्छ भन्ने लाग्छ। तर त्यस्तो होइन। युवाअवस्थामा पनि यसको जोखिम रहन्छ।

  • किरियापूत्री एम्बुलेन्स चालक हरिशरण गोदार

    एम्बुलेन्स हुँइक्याएर अस्पताल आउने यी किरियापूत्री

    सेतो पछ्यौरा ओढेका र कछाड बेरेका तालुखुइले किरियापूत्री बुधबार एम्बुलेन्स हुँइक्याएर अस्पताल परिसर आइपुगेपछि गोरखा अस्पतालका स्वास्थ्यकर्मीहरु...