फेशबुक डाउन हुँदा विश्वभर हल्लीखल्ली





बुधबार साँझ फेशबुकको डेस्कटप भर्सन डाउन हुँदा विश्वभर हल्लीखल्ली मच्चिएको छ। नेपालखबरले राधाकृष्ण मैनालीको अन्तर्वार्ता बुधबार राती नौ बजेर ४५ मिनेटमा सेयर गर्न खोज्दा फेशबुकको डेस्कटप भर्सनमा समस्या देखिएको थियो।

त्यसपछि लगातार एक घण्टा १५ मिनेट डेस्कटप भर्सन डाउन भएपछि राती ११ बजेबाट चलेको छ। तर मोवाइल भर्सनमा भने समस्या देखिएको थिएन।

काठमाडौंमा कम्तिमा पाँच जनाले नेपालखबरसँग फेशबुक डाउन भएको बताएका थिए। फेशबुकको डेस्कटप भर्सन डाउन भएको भन्दै अमेरिकादेखि अफ्रिका र एसियाली देशमा समेत ठूलो चर्चा भयो। धेरैले फेशबुक पेज खोल्न खोज्दा खाली वा इरर आउने समस्या देखिएको बताएका थिए।

जर्जियाकी आन्नी ब्रान्टनले त्यहाँ फेशबुक डाउन भएको इन्टरनेटमा जनाएकी थिइन भने भारतका सौम्यज्योती मजुमदारले डाउन भएको फेशबुक फेरी चलेको उल्लेख गरेका छन्।

त्यस्तै अमेरिकाको क्यालिफोर्निया, एटलान्टा, पेन्सलभेनियामा पनि फेशबुक डाउन भएको भन्दै इन्टरनेटमा चर्चा भएको छ। इण्डोनेसिया, क्यानडा, बर्माबाट पनि फेशबुक डाउन भएको खबर आएको छ।

फेशबुकमा देखिएको यो एउटा दुर्लभ समस्या हो। तर यो समस्या विश्वभर नै देखिए पनि सबै फेशबुक प्रयोगकर्ताले भने सामना नगरेको बताइएको छ।

फेशबुकले इररको समस्या देखिएको स्वीकार गर्दै यसबारे अनुसन्धान भइरहेको जनाएको छ। 

प्रकाशित २५ असोज २०७४, बुधबार | 2017-10-11 23:08:48


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • कुलमान घिसिङ / फाइल फोटो

    कुलमानको प्रश्नः बिजुलीको बिल महँगो तिर्नु परेको त छैन?

    अहिले हामीले पूरै देशलाई लोडसेडिङमुक्त गरेका छौँ। औद्योगिक क्षेत्रमा भने रातको समयमा कहिलेकाहीँ लोडसेडिङ हुने गरेको छ। यो व्यवस्थापन गर्न सारै...

  • संविधान संशाेधनमा भारतका एजेन्डा छाेड्दै फाेरम

    प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले विश्वासकाे मत लिँदा दुई तिहाईभन्दा बढीको समर्थन पाए।

  • नेपाल एयरलाइन्सकाे जहाज

    दुई महिना थन्किएको ‘सगरमाथा’ ले हङकङबाट उडान थाल्यो

    नेपाल वायु सेवा निगमको दुई महिना थन्किएको एयरबस ३२०—२०० सिरिजको जहाज भाडाको इन्जिन जडान गरी शनिबार हङकङ उडेको छ।

  • भण्डारीलाई राष्ट्रपतिमा दोहोर्‍याउन नेपाल फकाउँदै ओली

    ओली निकट केही नेता ‘ओली र नेपाललाई पुनः एक ठाउँमा ल्याउने’ भन्दै सक्रिय देखिएका छन्। माओवादीसँग एकता भएपछि पुरानो गुटगत संरचना भत्किने र नयाँ बन्ने...