Clear TV
Clear TV

गुगलको इयरफोनबाट नेपालीसहित ४० भाषाको अनुवाद




ब्लुमबर्ग

बुधबार गुगलले आफ्नो नँया स्मार्टफोन पिक्सेल २ सार्वजनिक गर्‍यो। तर त्यो स्मार्टफोनसँगै सार्वजनिक गरिएको वायरलेस इयरफोनले भने बढी चर्चा पाएको छ। यसको खास कारण हो, त्यो इयरफोनको अनुवाद क्षमता। सो इयरफोनको सहयोगमा एकअर्काको भाषा नजानेका दुई व्यक्तिले सहजै कुराकानी गर्न सक्नेछन्।

NIC ASIA

‘पिक्सेल बड्स’ भनिएको सो इयरफोनले उही समयमै ४० भाषाको अनुवाद गर्न सक्दछ। र अर्को सुखद् पक्ष के छ भने भाषाहरुको सूचीमा नेपाली पनि अटाएको छ।

बुधबार गुगलको कार्यक्रममा पिक्सेल बड्स लगाएका दुई फरकभाषी व्यक्तिले डेमो दिएका थिए। जसमध्ये एक अंग्रेजीभाषी र अर्को स्वीडिस थिए। दुवैले आआफ्नो भाषामा कुरा गरे र इयरफोनले तुरुन्तै त्यसलाई अनुवाद गरिदियो। पिक्सेल बड्सको नेपाली अनुवाद चाहिँ कस्तो हुनेछ, यसै भन्न सकिन्न।

भाषा अनुवादका अलावा पिक्सेल बड्सको माध्यमबाट प्रयोगकर्तालाई गुगल असिस्टेन्टले नोटिफिकेसन, मेसेज पनि दिन सक्छ। प्रयोगकर्ताले आफूलाई भाषा अनुवादको आवश्यकता परे दायाँतिरको इयर बडमा छोएर ‘मलाई फलाना भाषा बोल्न सहयोग गर’ भने मात्रै पुग्छ। अथवा पिक्सेल बड्सलाई छोएर वा बोलेर पनि निर्देशन दिन सकिन्छ। दायाँतिरको बड्समा यसको सम्पूर्ण नियन्त्रण राखिएको छ।

पिक्सेल बड्सलाई एक पटक चार्ज गरेर पाँच घण्टासम्म चलाउन सकिन्छ। अमेरिकामा यसको मूल्य १५९ डलर रहेको जनाइएको छ।

यदि अहिले भनिएझैँ वा स्टेजमा देखाइएझैँ सरल तरिकाले पिक्सेल बड्सले काम गर्ने हो भने यसले बजारमा तहल्का पिट्ने अनुमान गरिएको छ।

गुगलको स्मार्टफोनहरु पिक्सेल २ र पिक्सेल २ एक्सएलको मूल्य भने क्रमशः ६४९ तगा ८४९ डलर राखिएको छ। गुगलका यी उत्पादनहरुको प्रिअर्डर खुला गरिएको छ, जुन नोभेम्बरको सुरुदेखि बजारमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित १९ असोज २०७४, बिहिबार | 2017-10-05 13:51:24
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • विश्वकपले प्रमाणित गर्‍यो: मेस्सी ठूलो कि रोनाल्डो?

    क्रिस्टियानो रोनाल्डो स्वार्थी, घमन्डी, आफैँलाई मात्र माया गर्ने र सबैको ध्यान आफूमा मात्रै केन्द्रीत होस भन्ने स्वभावका छन्। लियोनल मेस्सीमा कुनै...

  • छिङ्हाइ–तिब्बत रेल

    अझै कति टाढा छ चिनियाँ रेल?

    चिनियाँ रेल नेपालमा गुडाउनका लागि नेपालले एउटा काम चाहिं हतारोमा गर्नुपर्छ, त्यो हो चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण।

  • त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल बाहिर बरामद साढे ३३ केजी सुन

    सुन तस्करी प्रकरणः अर्का हुण्डी कारोबारी इम्तियाज अली पक्राउ

    तीन हजार ८ सय केजी सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरण अनुसन्धान क्रममा अर्का हुण्डी कारोबारी डब्बु भनिने इम्तियाज अली पक्राउ परेका छन्।

  • नेपालमा वर्षिक १० लाख मेट्रिकटन धान आयात, सरकार भन्छ: भात मात्र खाना होइन

    नेपालको प्रमुख बाली धानको रोपार्इ सुरु भएसँगै नेपालमा धानसँग सम्बन्धित तितो तथ्यांक सार्वजनिक भएको छ। ९० प्रतिशतले नेपाली किसानले धान खेती गर्ने...