सांघाइका स्मार्ट सुपरमार्केट



रोबोट र स्मार्ट टेक्नोलोजीले मानव जीवनलाई सहज र सस्तो बनाउँदै लगेको कुरा त जगजाहेर नै छ। त्यसैले भविष्यमा यी प्रविधिले मानिसको रोजगारी खोस्ने हो कि भन्ने चिन्ता एकातिर छ भने अर्कोतिर असंभव कामलाई सहज र चुस्त बनाउन यस्ता प्रविधिको उत्तिकै भूमिका पनि छ।

प्रविधिको प्रयोगमा चीन पनि अग्रसर हुँदै आएको छ। यसको अर्को उदाहरण हो, बिक्रेताबिना पनि किनमेल गर्न सकिने सुपरमार्केट। अन्तर्राष्ट्रिय व्यापारिक सहर सांघाइको याङफू जिल्लामा पिङ्को ह ज् अर्थात् बिङ्गोबक्स संचालनमा ल्याइएपछि धेरै चिनियाँ ग्राहकको ध्यानाकर्षण भएको छ।

चीनका विभिन्न ठाउँमा बिक्रेताबिना नै कफी र पेयपदार्थ किन्न सकिने पसल त थिए तर यो चाहिँ फलफूल लगायत अन्य खानेकुरा र पेयपदार्थहरू किन्न सकिने पसल हो।

यस पसलमा एकचोटीमा पाँच जनाले मात्रै किनमेल गर्न मिल्छ। खाद्य तथा पेय स्टोर नजिकै एउटा काउन्टर हुन्छ, त्यहाँ ग्राहकको पहिचान गरिन्छ। स्क्रिनमा अनुहार र आवाज रेकर्ड गरिन्छ। स्क्रिनले ग्राहक पहिचान निश्चित गरेको पपअप गरेपछि एउटा रिसिप्ट प्राप्त हुनेछ।

पेय तथा खाद्य क्षेत्रमा किनमेल प्रक्रिया एकदमै सरल छ। ग्राहकले चाहिएको सामग्री उठाउने छन्। सामान लिएर महसुल तिरी निस्किने ढोकापट्टि लाग्नेछन्। यस सुपरमार्केटमा प्रवेश गर्ने र निस्किने दुई फरकफरक ढोका हुन्छन्। दोश्रो ढोकाबाट मेशिनले तपाइँले लिएको सामान पहिचान गर्नेछ। केही सेकेण्डमा यो प्रक्रिया पूरा हुनेछ। स्टोरभित्र सामान राखिएका बाकसहरू पूर्ण वा अर्ध बन्द हुनेछन्।

ग्राहकको प्रमाणीकरण, स्क्यान कोड लिइएको हुन्छ। हरेक बाकसमा क्यामरा जडान हुने भएकाले क्यामराले अप्रमाणित ग्राहक भनेर चेतावनी दिनसक्छ। ग्राहक निस्कनुअघि पूर्णतया जाँच हुन्छ, पैसा नतिरेको सामान लिन खोजेमा चेतावनी पनि दिन्छ। जनशक्ति, सुलभ र झण्झटरहित हुँदै गएमा यस्तो प्रविधि चीनमा अन्य ठाउँमा पनि फैलिने व्यवसायीहरूको अपेक्षा छ।

प्रकाशित २४ साउन २०७४, मंगलबार | 2017-08-08 13:26:21

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली, देउवा र दाहाल

    ओली, दाहाल र देउवालाई सर्वसम्मत गराउने गृहकार्य

    एमाले र माओवादी केन्द्रबीच प्रतिनिधि सभा निर्वाचनमा शीर्ष नेतालाई सर्वसम्मत रुपमा निर्वाचित गर्ने गृहकार्य सुरु भएको छ। कम्तिमा तीन पार्टीका शीर्ष...

  • दुई मृत तारा टकराएको दृश्यको कलात्मक चित्रण

    दुई मृत ताराबीच ठक्कर, पृथ्वीबाट पहिलो पटक अवलोकन

    दुई मृत तारा आपसमा ठोक्किएको दृश्य र तरंग आफूहरुले पहिलो पटक अवलोकन गर्न सफल भएको खगोलविद्हरुले सोमबार जनाएका छन्। आपसमा ठोक्किएर विलय हुनुअघि ती...

  • शेरबहादुर देउवा

    माओवादीका मन्त्रीको जिम्मेवारी खोसियो,कमल थापाले पाए ऊर्जा मन्त्रालय

    प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी खोसेका छन्। जिम्मेवारी खोसिएसँगै माओवादी केन्द्रका सबै...

  • फूलैफूलको मौसम तिमिलाई

    काठमाडौंको इचंकुनारायण पुग्दा ठाउँ–ठाउँमा फूल–खेती देखियो। ढकमक्क फूलेका रंगीचङ्गी फूल देख्दा तिहारको गाढा झल्को मिल्यो। इचंकुनारायणमा देखिएका...