बेइजिङमा पहिलो चुम्बकीय रेलको परीक्षण



चीनको राजधानी बेइजिङमा पहिलो पटक म्याग्लेभ (चुम्बकीय) रेलको परीक्षण गरिएको छ। राजधानीको पहिलो सुस्त–मध्य गतिको चुम्बकीय उत्तोलन ट्रयाकले बेइजिङको मन्थौकौ र शचिङशान जिल्लालाई ८ स्टेसन तथा २० मिनेटको दूरीले जोड्दछ।

यस वर्षको अन्त्यसम्ममा यो रेलवे पूर्ण रूपमा सञ्चालन गर्ने योजना छ।

१० किलोमिटर दूरीको यो ट्रेन राजधानीमा पहिलो पटक सार्वजनिक यातायातका लागि प्रयोगमा ल्याउन लागिएको हो। यसअघि चीनको व्यापारिक सहर शाङहाईमा मात्र यो सेवा अलिक लामो दूरीमा सञ्चालित छ।

संसारमा केही मुलुकले मात्रै इलेक्ट्रोम्याग्नेट फास्ट ट्रेन अर्थात् म्याग्लेभ ट्रेन प्रयोगमा ल्याएका छन्। यस्ता रेलहरू चुम्बकीय नियम बमोजिम चल्दछन्। यिनमा स्टीलको पाङ्ग्रा वा ट्रयाकको जरूरत पर्दैन।

प्रकाशित २३ साउन २०७४, सोमबार | 2017-08-07 17:44:41

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • बाढीले भारत पुर्‍याएको गैँडा नेपाल फर्काइयो

    'बाढीले निकुञ्जबाट बगाएको उक्त गैँडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको भारतीय पक्षको...

  • मंसिर ४ र २१ मा एकै पटक प्रदेश र केन्द्रको चुनाव

    शीर्ष नेताहरु र आयोगको पदाधिकारीहरुबीच मंसिर ४ गते हिमाली र पहाडी क्षेत्रका ३१ जिल्ला तथा २१ गते बाँकी जिल्लामा चुनाव गर्ने सहमति भएको बालुवाटार...

  • ‘माओवादीमा प्रवेश होइन, ध्रुविकृत हुँदैछौं’

    नयाँ शक्ति नेपालका सहसंयोजक देवेन्द्र पौडेलसहित झण्डै डेढ दर्जन नेताहरु संयोजक डा. बाबुराम भट्टराईको कार्यशैलीप्रति असन्तुष्ट छन्। यतिसम्म कि,...