अब मोबाइलबाटै भिसा आवेदन दिन सकिने



अध्यागमन विभागले ‘इमिग्रेसन मोबाइल एप’ सार्वजनिक गरेको छ। अब सेवाग्राहीले सोही एपको प्रयोग गरी भिसा लिनका लागि अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। एपमा अध्यागमनसम्बन्धी आवश्य सम्पूर्ण जानकारी उपलब्ध भएको जनाइएको छ।

सोमबारदेखि कार्यान्वयनमा ल्याइएको सो एपको विभागको सभा हलमा गृहमन्त्री जनार्दन शर्माले सार्वजानिक गरे।

विभागले अध्यागमन ऐन, २०४९, नियमावली २०५१, कार्यविधि २०६५ अनुसार देशभरका दसवटा अध्यागमन कार्यालयका सेवालाई अझ चुस्त बनाउन सहयोगीका रुपमा सो एप कार्यान्वयनमा ल्याएको हो।

सो एपमा विदेशमा रहेका नेपालीहरुलाई ध्यानमा राख्दै विभिन्न स्थानका नेपाली नियोगको ठेगाना पनि राखिएको छ। जहाँबाट अनलाइनमार्फत सेवाग्राहीले गुनासा र सुझाव पनि गर्न सक्नेछन्।

विभागका महानिर्देशक गङ्गाराम गेलालका अनुसार विदेश जाने र फर्कने नेपालीका लागि उपयोगी सूचनासमेत सो एपमा छ। पदयात्रा अनुमतिपत्रको जानकारी तथा यसका लागि अनलाइन फारम भर्ने सुविधासमेत यसमा रहेका छन्।

महानिर्देशक गेलालले एपमा विदेश जाने र फर्किने नेपालीका लागि उपयोगी तथा आवश्यक सूचना, प्रवेश र प्रस्थान विन्दुका अध्यागमन कार्यालयका स्थलगत नक्सा र विभागका सूचना समेत एपमा राखिएका छन्।

महानिर्देशक गेलालले नेपालीको विदेश प्रस्थान र आगमन तथा विदेशीलाई नेपाल प्रवेशका लागि भिसा उपलब्ध, स्वीकृति, भिसाको म्याद थप र अध्यागनमसम्बन्धी अपराध नियन्त्रणका लागि विभागले काम गर्दै आएको जानकारी दिए ।

प्रकाशित १९ असार २०७४, सोमबार | 2017-07-03 16:45:02


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • किम इल सुङ, किम जोङ इल र किम जोङ उन

    यसरी तुहिएको थियो किम इल सुङको हत्या योजना

    गत सेप्टेम्बरमा उत्तर कोरियाले शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेपछि दक्षिण कोरियाले किम जोङ उनको हत्या गर्ने उद्देश्यले एक सैनिक टुकडी गठन गरेको...

  • एमालेबाट को को बन्दैछन् मन्त्री?

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शपथग्रहणका दिन चलिरहेका चर्चाविपरीत लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएपछि अब मन्त्रिपरिषद्मा कोको...

  • प्रदेश २ को आकाशमा भारतीय विमानको रजाइँ (भिडियो)

    भारतको राजधानी नयाँ दिल्लीबाट इन्डिगो एयरको फ्लाइट नम्बर आईगो ३९८ लखनऊका लागि प्रस्थान गर्छ। लखनऊमा यात्रु ओराल्छ। नयाँ यात्रु चढाउँछ।

  • सन्दीप लामिछाने

    त्यसपछि सन्दीपका अाँखामा अाँसु छचल्किए

    पछिल्ला १५ दिन नेपाली क्रिकेट र सन्दीप लामिछानेका लागि निकै सुखद रहे।