चीनमा शौचालय विस्फोट, १ को मृत्यु, ७ घाइते

सरकारले ल्यायो शौचालय क्रान्ति अभियान



उत्तरी चीनको शान्जी प्रान्तमा एउटा सार्वजनिक शौचालय पड्किँदा एकको मृत्यु र सातजना घाइते भएका छन्। शौचालयको ढलट्यांकीमा थुप्रिएको मलमूत्रबाट कडा ग्यास उत्सर्जन भई विस्फोट भएको स्थानीय अधिकारीहरुले बताएका छन्।

हेसान जिल्लाको युलिन सहरमा गत शनिवार यो विस्फोट भएको थियो। घटनाको अनुसन्धान प्रतिवेदन भने मंगलबार मात्र सार्वजनिक भएको हो। प्रारम्भिक अनुसन्धानमा सहभागीहरुका अनुसार, शौचालयको ढल ट्यांकीमा थुप्रिएका मलमूत्र र अन्य विभिन्न जैविक, अजैविक पदार्थवीच रासायनिक प्रतिक्रिया भई कडा ग्यास निस्किएको हो। यसमा मिथेन, एमोनिया र हाइड्रोजन सल्फाइडजस्ता ग्यास उत्सर्जन भई रासायनिक प्रतिक्रिया भएको बताइएको छ।

बढ्दो जनघनत्वको कारण अहिले चीनमा सार्वजनिक शौचालयको समस्या पनि बढ्दो छ। खासगरी, मध्यपश्चिमी चीनमा सार्वजनिक शौचालयमा पर्याप्त पानी नहालिंदा ढलजन्य वस्तु राम्ररी ‘डिकम्पोज’ नहुने समस्या रहेको बताइएको छ। स्थानीय सरकारी निकायले अब शौचालयको स्तरीकरणमा विभिन्न योजना थाल्ने भएका छन्। शौचालय क्रान्ति र सरसफाइ नाम दिई सभ्यता विकासको कार्यक्रम लागू गरिने स्थानीय अधिकारीहरुले जनाएका छन्। आर्थिक र सामाजिक क्रान्तिसँगै शौचालयजस्तो आधारभूत सभ्यताको लागि पनि ध्यान दिन थालिएको उनीहरुको भनाइ छ। चाइना डेलीबाट

प्रकाशित २० पुस २०७३, बुधबार | 2017-01-04 10:10:11

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • विकास र कामना

    बेलायतमा श्रीमतीको ज्यान लिनखोज्दा पूर्व गोर्खा पुगे जेल

    यो २९ डिसेम्बर २०१६ को घटना थियो। कामना दुई महिना अस्पताल बसेकी थिइन्। घटनाको दश महिनापछि पनि उनले आफू पूर्ण रुपमा स्वस्थ नभएको बताएकी छन्। हालै...

  • विलियार्ड हल, गोली लागेपछि राजा वीरेन्द ढलेको स्थान (रातो घेरामा)

    उस्तै बन्यो दरवार हत्याकाण्ड स्थल

    राजा वीरेन्द्रको वंश नास हुने गरी भएको दरवार हत्याकाण्डस्थल झण्डै उस्तै प्रारुपमा तयार भएको छ। पुनर्निर्माणसँगै राजा वीरेन्द्र ढलेको ठाउँपनि पहिचान...

  • उहियाको दुङ्ला गाउँका महिला।

    रोग लुकाउँदै पीडा खेप्दै दुर्गमका महिला

    गोरखाको धार्चे गाउँपालिका ३ उहिया गाउँका महिलाहरु रोग लुकाएर बस्ने गरेको पाइएको छ। गाउँमै स्वास्थ्य संस्था भए पनि उपचारका लागि नजाने र खर्च धेरै...

  • कांग्रेस बैठक

    कांग्रेस अग्रपंक्तिका नेता को प्रत्यक्षमा, को समानुपातिकमा?

    प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहने कांग्रेसका शीर्ष र केन्द्रीय नेताको सिट सुरक्षित भएको छ। कांग्रेसको संसदीय समितिले...