यी जुम्ल्याहाको एउटै पति



माथि तस्वीरका यी महिलाहरु किन खुसी देखिएका होलान्? सुन्दा चकित पर्नुहुन्छ, यिनीहरु एकै पुरुषलाई विहे गर्न पाएकोमा खुसी साटिरहेका छन्। हो, हामीले देखेसुनेका छौं, जो कोही महिला पनि सौता हुन मन गर्दैनन्। तर, यी यस्ता नमूना जुम्ल्याहा महिला हुन्, जो विगत पाँच वर्षदेखि एउटै पुरुषलाई पार्टनर बनाएर खुसी साटिरहेका थिए, त्यो पनि लुकीचोरी होइन। एउटै बेडमा।

पश्चिमी अस्टेलियाको पर्थमा बस्छन् यिनीहरु। उमेरले ३१ वर्ष लागेका अन्ना र ल्युसी डिसेनिक नामका यी जुम्ल्याहाले युट्युब भिडियोमार्फत् आफूहरुले वर्षौंदेखि एकैजना वयस्कसित लिभिङ टुगेदर गरिरहेका रहस्य सार्वजनिक गरेका थिए। फेसबुकको माध्यमबाट जोडिएको यो सम्बन्धको पाँचौं वर्षगाँठ मनाउने क्रममा यो सत्य खोलेका हुन्। ‘हामी ऊसितको सम्बन्धलाई जीवन्त र स्थायी बनाउन चाहन्छौं,’ पेशागत रुपमा इलेक्ट्रिक इन्जिनियर बेन बिरेनलाई औंल्याउँदै यी जुम्ल्याहाले खुसी साटे।

यता, सहमतिमै एउटै पति ‘सेयर’ गर्न पाएकोमा जुम्ल्याहा प्रेमिकाहरु पनि पुलकित छन्। उनीहरुले आफूलाई प्रेमीले समान रुपमा प्रेम गर्ने गरेको खुलासा गरेका छन्। ‘जब उसले अन्नालाई किस गर्छ, त्यसलगत्तै मलाई पनि किस गर्छ’ ल्युसी भन्छिन्, ‘डेटिङ जाँदा पनि हामीलाई दुबैतिर हातले समाएर हिंड्छन्। हामी उनको दायाँबायाँ हुन्छौं।’

यतिमात्र होइन, उनीहरुले छिट्टै नै बेनको सन्तान जन्माउने सोच बनाएका छन्। यी जुम्ल्याहा आफ्नो हरेक अंग आपसमा समान बनाउन कस्मेटिक सर्जरीको तयारीमा पुगेको बताउँछन्। ‘हामी आफ्ना बे्रस्ट र अन्य बाह्य अङ्गलाई समान र आकर्षक बनाउने भएका छौं,’अन्ना भन्छिन्, ‘किनकी, हामी दुबै प्रेमिका बेनको लागि शारीरिक रुपमा पनि समान लागून्।’

 

प्रकाशित १६ पुस २०७३, शनिबार | 2016-12-31 11:21:24

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • विकास र कामना

    बेलायतमा श्रीमतीको ज्यान लिनखोज्दा पूर्व गोर्खा पुगे जेल

    यो २९ डिसेम्बर २०१६ को घटना थियो। कामना दुई महिना अस्पताल बसेकी थिइन्। घटनाको दश महिनापछि पनि उनले आफू पूर्ण रुपमा स्वस्थ नभएको बताएकी छन्। हालै...

  • विलियार्ड हल, गोली लागेपछि राजा वीरेन्द ढलेको स्थान (रातो घेरामा)

    उस्तै बन्यो दरवार हत्याकाण्ड स्थल

    राजा वीरेन्द्रको वंश नास हुने गरी भएको दरवार हत्याकाण्डस्थल झण्डै उस्तै प्रारुपमा तयार भएको छ। पुनर्निर्माणसँगै राजा वीरेन्द्र ढलेको ठाउँपनि पहिचान...

  • उहियाको दुङ्ला गाउँका महिला।

    रोग लुकाउँदै पीडा खेप्दै दुर्गमका महिला

    गोरखाको धार्चे गाउँपालिका ३ उहिया गाउँका महिलाहरु रोग लुकाएर बस्ने गरेको पाइएको छ। गाउँमै स्वास्थ्य संस्था भए पनि उपचारका लागि नजाने र खर्च धेरै...

  • कांग्रेस बैठक

    कांग्रेस अग्रपंक्तिका नेता को प्रत्यक्षमा, को समानुपातिकमा?

    प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहने कांग्रेसका शीर्ष र केन्द्रीय नेताको सिट सुरक्षित भएको छ। कांग्रेसको संसदीय समितिले...