लेबनानमा पुरुषलाई महिला मन्त्री बनाइएपछि



झण्डै दुई वर्ष लामो राजनीतिक खिचातानीपछि लेबनानमा नयाँ सरकार गठन गरिएको छ। प्रधानमन्त्री साड हरिरीले ३० सदस्यीय नयाँ मन्त्रीमण्डल घोषणा गरेका छन्। र यही मन्त्रीमण्डलमा पहिलो पटक महिला मन्त्रालयलाई पनि समावेश गरिएको छ।

तर लेवनानको पहिलो महिला मन्त्रालयको नेतृत्व गर्दैछन्, एक पुरुषले। महिला मन्त्रालयको जिम्मा लिएका छन्, महिला राज्य मन्त्री जिन ओगासापियनले। 

राजनीतिमा महिलाको न्यून प्रतिनिधित्व भएको लेबनानमा पहिलो पटक महिला मन्त्रालय गठन हुनु सकारात्मक मानिए पनि पहिलो महिला मन्त्रालयको जिम्मेवारी एक पुरुषलाई दिइँदा लेबनानीहरु खुसी छैनन्। उनीहरुको यो असन्तुष्टि सामाजिक सञ्जालमार्फत पोखिएको छ।

पुरुषलाई महिला मन्त्रालयको जिम्मेवारी दिइएको विरोधमा महिला अधिकारकर्मीहरुले विरोध पनि जनाएका छन्।

ओगासापियन ‘फ्युचर मुभमेन्ट पार्टी’का ६२ वर्षीय राजनीतिज्ञ हुन्। सन् २००० सम्म उनी सैन्य पेशामा आबद्ध थिए। यसअघि पनि उनी दुई पटक मन्त्री बनिसकेका छन्।

लेबनानको १२८ सदस्यीय संसदमा मात्र ४ महिला प्रतिनिधि रहेका छन्। नयाँ घोषणा गरिएको मन्त्रीपरिषदमा एक मात्र महिला छिन्। इनाया एजेद्दिन प्रशासनिक विकास राज्य मन्त्री रहेकी छिन्। एजेन्सी

 

प्रकाशित ६ पुस २०७३, बुधबार | 2016-12-21 14:15:22

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • यस्तो देखियो पत्रकारलाई चुनाव लागेपछि

    पत्रकार महासंघ महाधिवेशनबाट नयाँ नेतृत्व चुन्ने चटारोमा छ। काठमाडौं कमलादीको प्रज्ञा भवनमा चहपहल बाक्लिदो छ। हेरौं त्यहाँ देखिएका केही दृश्यः

  • २०६९ चैत २४ गते एमाओवादी प्रवेश गरेका झालाई स्वागत गर्दै बाबुराम भट्टराई (फाइल फोटो)

    दोस्रो र तेस्रो पटक माओवादीमा प्रवेश गरे रामद्वय

    रामद्वय अर्थात् रामचन्द्र झा र रामकुमार शर्मा पहिलो पटक होइन, क्रमश दोस्रो र तेस्रो पटक माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। पार्टी प्रवेशका...

  • किन पक्राउ पर्दैनन् गिरोह-नाइके मनोज पुन?

    ‘उसको सहयोगीको प्रारम्भिक बयानले मनोज पुनले यो बेल्टमा कसरी टेरर क्रिएट गरेको रहेछ भन्ने स्पष्ट पारेको छ’ अपराधिक समूहका नाइके पुनका एक सहयोगी...

  • खिम गन्धर्व

    उहिल्यै सारंगी लिएर चीनसम्म

    उनी पास भएर राज्यभिषेकमा सारंगी बजाउन दरबार त पुगे। तर खिमबहादुर गन्धर्व उसैगरी जिन्दगीका परीक्षाहरुमा सजिलै पास भएनन्। जीवनका थुप्रै परीक्षामा...