अर्थमन्त्रीलाई ‘सेक्स डल’ उपहार दिएपछि हंगामा

राष्ट्रपतिले नै ट्वीटरमार्फत आलोचना गरिन्



चिलीमा अर्थमन्त्रीलाई ‘सेक्स डल’ उपहार दिइएपछि हंगामा मच्चिएको छ। चिलीका निर्यातकर्ताहरुको एसोसियसनका प्रमुख रोबर्टो फेन्टुजीले अर्थमन्त्री लुइस फिलिपे सेस्पेडेसलाई वार्षिक डिनरको अवसर पारेर मंगलबार राती सो सेक्स डल उपहार दिएका थिए।

अर्थमन्त्रीलाई दिइएको सो सेक्स डलको मुखमा पट्टी टाँसिएको थियो, जसमा लेखिएको थियोः ‘अर्थव्यवस्थालाई प्रोत्साहित गर्नका लागि।’

अर्थमन्त्रीले पूर्णतः नांगो सेक्स डल सार्वजनिक रुपमा हाँस्दै स्वीकार गरेपछि सामाजिक सञ्जालमा त्यसको व्यापक विरोध भयो। धेरैले मन्त्रीको प्रतिक्रिया ‘असुहाउँदो’ भएको जनाएका छन्। केहीले अर्थतन्त्रलाई प्रोत्साहित गर्नका लागि मन्त्रीलाई सेक्स डल दिने काम नै लज्जाजनक भएको बताएका छन्।

केहीले उच्च पदमा बसेका दुई पुरुषको सो कार्यबाट महिला हिंसालाई प्रश्रय पुग्ने प्रतिक्रिया दिएका छन्।

सो कार्यको आलोचना गर्नेहरुमा देशकै राष्ट्रपति पनि सामेल भइन्। राष्ट्रपति मिसेल बाचेलेतले ट्वीट गरेकी छन्, ‘राष्ट्रपतिको रुपमा मेरो दुई कार्यकालको मुख्य नीति महिलालाई सम्मान दिलाउनु थियो। त्यो डिनरमा जुन घटना भयो, यसलाई सहन सकिँदैन।’
धेरैले सामाजिक सञ्जालमार्फत राष्ट्रपतिलाई अर्थमन्त्रीको राजीनामा माग्न पनि अनुरोध गरेका छन्।

व्यापक आलोचना भएपछि अर्थमन्त्रीले उपहारका कारण आफू ‘अचम्मित’ भएको भन्दै माफी मागेका छन् भने फेन्टुजीले आफू पति, पिता र हजुरबुबा समेत भएकाले महिलाविरुद्ध हिंसाको कुनै अभिप्राय नभएको भन्दै माफी मागेका छन्। एजेन्सी

प्रकाशित १ पुस २०७३, शुक्रबार | 2016-12-16 17:57:42

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • यस्तो देखियो पत्रकारलाई चुनाव लागेपछि

    पत्रकार महासंघ महाधिवेशनबाट नयाँ नेतृत्व चुन्ने चटारोमा छ। काठमाडौं कमलादीको प्रज्ञा भवनमा चहपहल बाक्लिदो छ। हेरौं त्यहाँ देखिएका केही दृश्यः

  • २०६९ चैत २४ गते एमाओवादी प्रवेश गरेका झालाई स्वागत गर्दै बाबुराम भट्टराई (फाइल फोटो)

    दोस्रो र तेस्रो पटक माओवादीमा प्रवेश गरे रामद्वय

    रामद्वय अर्थात् रामचन्द्र झा र रामकुमार शर्मा पहिलो पटक होइन, क्रमश दोस्रो र तेस्रो पटक माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। पार्टी प्रवेशका...

  • किन पक्राउ पर्दैनन् गिरोह-नाइके मनोज पुन?

    ‘उसको सहयोगीको प्रारम्भिक बयानले मनोज पुनले यो बेल्टमा कसरी टेरर क्रिएट गरेको रहेछ भन्ने स्पष्ट पारेको छ’ अपराधिक समूहका नाइके पुनका एक सहयोगी...

  • खिम गन्धर्व

    उहिल्यै सारंगी लिएर चीनसम्म

    उनी पास भएर राज्यभिषेकमा सारंगी बजाउन दरबार त पुगे। तर खिमबहादुर गन्धर्व उसैगरी जिन्दगीका परीक्षाहरुमा सजिलै पास भएनन्। जीवनका थुप्रै परीक्षामा...