यात्रुको मुहारमा मुस्कान ल्याउने सुँगुर



लामो हवाई यात्रामा जोसुकै दिक्क लाग्न सक्छ। झनै विमानस्थलमै घन्टौँ कुर्नुपर्ने अवस्था आयो भने त तनावको पारो निकै माथि चढ्न सक्छ। यात्रुहरुको यस्तै समस्यालाई ध्यानमा राख्दै सान फ्रान्सिस्को इन्टरनेसनल एयरपोर्टले यही सातादेखि विश्वमै पहिलो थेरापी–पिग राखेको छ। लाइलाउ नामक जुलियाना जातिको सो सुँगुर मानिसहरुलाई मनोरञ्जन दिनका लागि विमानस्थलमा राखिएको हो।

यसअघि नै इन्स्टाग्राम एकाउन्ट भएको सुँगुरको रुपमा परिचित लाइलाउ अरु सैयौँ कुकुर, बिरालो र खरायोसँगै थेरापी–जनावरहरुको सूचीमा प्रवेश गरेको हो। डिसेम्बर १५ मा दुई वर्ष पुग्ने लाइलाउको मुख्य काम तनावग्रस्त यात्रुको मुहारमा मुस्कान ल्याउनु हो।

यसअघि नै विश्वका थुप्रै विमानस्थलहरुमा थेरापी–जनावर राखिँदै आएको छ। तर लाइलाउ अन्य तालिमप्राप्त घोडा, कुकुर र हाँसभन्दा फरक खेलौना पियानो बजाउने, थुतुनोले मानिसहरुलाई अभिवादन गर्ने, पछाडिको गोडामा उभिने र मुन्टो झुकाएर यात्रुलाई विदाई गर्ने कला पनि प्रदर्शन गर्दछ। उसो त लाइलाउको कपडा रंगीचंगी र खुरमा पनि नङपालिस लगाइएको छ।

अमेरिकामा मात्र ३० भन्दा बढी विमानस्थलमा थेरापी–डग कार्यक्रम सञ्चालन गरिँदै आएको छ। सिन्सिनाटी, केन्टुकी इन्टरनेसनल एयरपोर्ट, आदिमा घोडा पालिएको छ।

लाइलाउ केही महिनायता इन्स्टाग्राममा नर्स, पाइलट, पुतली, आदिको पहिरनमा देखिएको छ।

एजेन्सी

प्रकाशित २२ मंसिर २०७३, बुधबार | 2016-12-07 14:31:52

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • यस्तो देखियो पत्रकारलाई चुनाव लागेपछि

    पत्रकार महासंघ महाधिवेशनबाट नयाँ नेतृत्व चुन्ने चटारोमा छ। काठमाडौं कमलादीको प्रज्ञा भवनमा चहपहल बाक्लिदो छ। हेरौं त्यहाँ देखिएका केही दृश्यः

  • २०६९ चैत २४ गते एमाओवादी प्रवेश गरेका झालाई स्वागत गर्दै बाबुराम भट्टराई (फाइल फोटो)

    दोस्रो र तेस्रो पटक माओवादीमा प्रवेश गरे रामद्वय

    रामद्वय अर्थात् रामचन्द्र झा र रामकुमार शर्मा पहिलो पटक होइन, क्रमश दोस्रो र तेस्रो पटक माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। पार्टी प्रवेशका...

  • किन पक्राउ पर्दैनन् गिरोह-नाइके मनोज पुन?

    ‘उसको सहयोगीको प्रारम्भिक बयानले मनोज पुनले यो बेल्टमा कसरी टेरर क्रिएट गरेको रहेछ भन्ने स्पष्ट पारेको छ’ अपराधिक समूहका नाइके पुनका एक सहयोगी...

  • खिम गन्धर्व

    उहिल्यै सारंगी लिएर चीनसम्म

    उनी पास भएर राज्यभिषेकमा सारंगी बजाउन दरबार त पुगे। तर खिमबहादुर गन्धर्व उसैगरी जिन्दगीका परीक्षाहरुमा सजिलै पास भएनन्। जीवनका थुप्रै परीक्षामा...