यी डेनिश राजनीतिज्ञ, जसले पोर्न हबमा आफ्नो विज्ञापन दिए

ओल्सन
ओल्सन
डेनमार्कका एक राजनीतिज्ञले पोर्न साइटमा आफूले विज्ञापन दिएको स्वीकार गरेका छन्।

लिबिरल अलायन्स पार्टीका तर्फबाट सांसदसमेत रहेका जोयचिम बि. ओल्सनले पोर्न हब नामको साइटमा आफ्नो प्रचारको लागि विज्ञापन दिएको बताएका हुन्।

हाल डेनमार्कमा चुनाव हुँदैछ। आउँदो जुन ५ मा त्यहाँ आम निर्वाचन हुँदैछ। जहाँ उनले भाग लिदैछन्।

जोयचिमको छोटो नाम जोक हो। पोर्न हबमा देखिने विज्ञापनमा ‘भोट फर जोक’ भनेर विज्ञापन गरिएको जनाइएको छ।

फेसबुकमा स्टाटस लेख्दै जोयचिम बि. ओल्सनले आफूले पोर्न हबमा विज्ञापन गरेको स्वीकार गरेका हुन्।

उनले भने,‘पोर्न हबको विज्ञापन मेरो नै हो।’ उनले उक्त विज्ञापनले आफूले धेरै भोट पाउने पनि विश्वास गरेका छन्। उनले उक्त विज्ञापनले मनोरन्जन समेत दिएको हुनसक्ने बताए।

पोर्नहब डेनमार्कको २८ औं लोकप्रिय साइट हो। उनले यस साइटको विज्ञापनबाट आफूलाई लाभ मिल्ने बताएका छन्। एजेन्सी

प्रकाशित 2019-05-15 13:40:16