यस्तो छ विश्वको सबैभन्दा होचो जोडी



ब्राजिलका पाउलो गाब्रिएल डा सिल्भा बारोस र कत्युसा होसिन्होको जोडीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले संसारकै सबैभन्दा होचो विवाहित जोडीको मान्यता दिएको छ। दुवै जनाको उचाइको कूल योग ७१ इञ्च अर्थात् झण्डै १ सय ८१ सेन्टिमिटर मात्रै छ।

३१ वर्षका पाउलोे ३५.५४ इन्च अग्ला छन् भने उनकी २८ वर्षीया पत्नी कत्युसा ३५.८८ इन्च मात्रै। उनीहरुलाई गत साता गिनिज रेकर्ड दिवसका दिन लण्डनमा सबैभन्दा होचो जोडीको उपाधि दिइएको हो।

यो जोडीले गत सेप्टेम्बरमा आठ वर्ष लामो सम्बन्धपछि विवाह गरेका थिए। गिनिज रेकर्डमा नाम लेखाएपछि उक्त जोडीले आफ्नो रेकर्डले ‘अरुलाई पनि शारीरिक फरकपनलाई बिर्सिन र सबैलाई बराबर रुपमा बुझ्न तथा व्यवहार गर्न उत्प्रेरित गर्ने’ विश्वास व्यक्त गरेका छन्।

 

उक्त जोडीलाई विवाहको पहिरनमा मिडियासामु प्रस्तुत गर्दा रातो कार्पेट ओच्छ्याइएको थियो। सबैभन्दा पहिले उनीहरुको परिचय एमएसएन मेसेन्जरमा १० वर्षअघि भएको थियो। तर कत्युसाले पाउलोलाई ब्लक गरिदिएपछि दुवैको सम्बन्ध टुटेको थियो।

केही समयपछि कत्युसाले उनलाई अनब्लक गरिदिइन्। ‘जब उनले मलाई अनब्लक गरिन्, मैले उनलाई हेलो भन्न एक मिनेट पनि लागेन,’ पाउलो भन्छन्, ‘उनका अनुसार म एकदमै झर्कोलाग्दो केटो थिएँ।’

अन्ततः कत्युसासँग विवाह गर्ने पाउलोको सपना पूरा भयो र दुवैको जोडी संसारकै सबैभन्दा होचो जोडी बन्न सफल भयो। एजेन्सी 

 

प्रकाशित ९ मंसिर २०७३, बिहिबार | 2016-11-24 15:55:31

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • यस्तो देखियो पत्रकारलाई चुनाव लागेपछि

    पत्रकार महासंघ महाधिवेशनबाट नयाँ नेतृत्व चुन्ने चटारोमा छ। काठमाडौं कमलादीको प्रज्ञा भवनमा चहपहल बाक्लिदो छ। हेरौं त्यहाँ देखिएका केही दृश्यः

  • २०६९ चैत २४ गते एमाओवादी प्रवेश गरेका झालाई स्वागत गर्दै बाबुराम भट्टराई (फाइल फोटो)

    दोस्रो र तेस्रो पटक माओवादीमा प्रवेश गरे रामद्वय

    रामद्वय अर्थात् रामचन्द्र झा र रामकुमार शर्मा पहिलो पटक होइन, क्रमश दोस्रो र तेस्रो पटक माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। पार्टी प्रवेशका...

  • किन पक्राउ पर्दैनन् गिरोह-नाइके मनोज पुन?

    ‘उसको सहयोगीको प्रारम्भिक बयानले मनोज पुनले यो बेल्टमा कसरी टेरर क्रिएट गरेको रहेछ भन्ने स्पष्ट पारेको छ’ अपराधिक समूहका नाइके पुनका एक सहयोगी...

  • खिम गन्धर्व

    उहिल्यै सारंगी लिएर चीनसम्म

    उनी पास भएर राज्यभिषेकमा सारंगी बजाउन दरबार त पुगे। तर खिमबहादुर गन्धर्व उसैगरी जिन्दगीका परीक्षाहरुमा सजिलै पास भएनन्। जीवनका थुप्रै परीक्षामा...